प्रभातफेरी अनलाइन१८ पटक पढिएको | कार्तिक ३०, २०८३ | सोमबार
बझाङ / बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना सम्पर्कविहीन भएका छन्।
सोमबार बुंगल नगरपालिका–१० टुमेडा गाउँबाट बुंगल–११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर सडकबाट करिब ९ सय मिटर तल भिरमा खसेको हो।
दुर्घटनामा बुंगल नगरपालिका–१० की ४० वर्षीया राजमती महरा, १६ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
अटोमा चालकसहित ६ जना सवार रहेकोमा दुई जना सम्पर्कविहीन छन्। प्रहरीले अटो चालक २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिएर बेपत्ता यात्रुको खोजी गरिरहेको छ।