logo
२०८३ मंसिर १, मंगलबार |
☰
📰
🔍
✕

प्रधानमन्त्री बालेन शाह मंसिर ६ गते भारत भ्रमणमा जाने, मोदीसँग द्विपक्षीय वार्ता हुने

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | मंसिर १, २०८३ | मंगलबार
प्रधानमन्त्री बालेन शाह मंसिर ६ गते भारत भ्रमणमा जाने, मोदीसँग द्विपक्षीय वार्ता हुने

काठमाडौँ / प्रधानमन्त्री बालेन शाह आगामी मंसिर ६ गते (नोभेम्बर २२) भारत भ्रमणमा जानुहुने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उहाँ नयाँ दिल्ली जान लाग्नुभएको हो।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मंसिर ७ गते भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विशिष्ट व्यक्तित्वहरूसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ। सोही दिन नेपाल र भारतबीच द्विपक्षीय वार्तासमेत हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको मिति दुवै देशका परराष्ट्र मन्त्रालयबीचको समन्वयमा तय गरिएको हो।

भ्रमणका क्रममा नेपाल–भारत सीमा सुरक्षा, सीमा विवाद, ऊर्जा, व्यापार, पारवहन, कनेक्टिभिटी, खेलकुद तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने बताइएको छ। साथै, हवाई रुट विस्तार र युवा लक्षित कार्यक्रममा भारतीय सहयोगका विषयसमेत प्रधानमन्त्री शाहले उठाउने तयारी रहेको छ।

त्यसैगरी, भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि भारतले सहयोग गर्ने विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ। क्रिकेट क्षेत्रको विकासमा सहयोग गर्ने विषयसमेत भ्रमणको एजेन्डामा रहेको बताइएको छ।