प्रभातफेरी अनलाइन१३ पटक पढिएको | मंसिर १, २०८३ | मंगलबार
काठमाडौँ / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङको बेँसीसहर नगरपालिका–७, सहजीस्थित त्रिवेणी रङ्गशालाको स्थलगत अवलोकन गर्नुभएको छ।
सोमबार रङ्गशालाको अवलोकनका क्रममा मुख्यमन्त्री पाण्डेले पूर्वाधार विकासका लागि तत्काल १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभएको हो।
खेलमैदानको स्तरोन्नति तथा आवश्यक पूर्वाधार विकास गर्न सके खेलाडी उत्पादन र युवाको खेलकुदप्रतिको आकर्षण बढाउन सकिने उहाँले बताउनुभयो।
खेलकुदले खेलाडीको प्रतिभा पहिचान तथा विकास गर्नुका साथै नागरिकको स्वास्थ्यमा समेत सकारात्मक योगदान पुर्याउने भएकाले प्रदेश सरकारले यस क्षेत्रलाई प्राथमिकता दिएको उहाँको भनाइ थियो।