प्रभातफेरी अनलाइन१२ पटक पढिएको | मंसिर ३, २०८३ | बिहिबार
काठमाडौं / नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो ४ः३० बजे सुरु हुने खेलमा दुवै टोली फाइनल प्रवेशका लागि मैदानमा उत्रिनेछन् ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले २० बल अगावै ४ विकेट गुमाएर पूरा गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
आजको खेलमा विजयी हुने टोलीले फाइनलमा लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।