logo
२०८३ मंसिर ३, बिहिबार |
☰
📰
🔍
✕

नेप्सेमा सामान्य वृद्धि, ३.८७ अर्बको कारोबार

प्रभातफेरी अनलाइन१६ पटक पढिएको | मंसिर ३, २०८३ | बिहिबार
नेप्सेमा सामान्य वृद्धि, ३.८७ अर्बको कारोबार

काठमाडौँ / सेयर बजार परिसूचक नेप्से बिहीबार सामान्य अंकले बढेको छ। यस दिन नेप्से ३.६२ अंकले वृद्धि हुँदै २६२८.६७ विन्दुमा पुगेको हो।

बिहीबार कुल ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबारमा आएका ३४७ कम्पनीमध्ये १३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, १० कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन।