प्रभातफेरी अनलाइन१८ पटक पढिएको | मंसिर ३, २०८३ | बिहिबार
ओखलढुङ्गा / ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–६ जन्तरखानीबाट प्रहरीले दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४३ वर्षीय बुद्धबहादुर मगर रहेका छन्।
अस्थायी प्रहरी पोस्ट ठाडे र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरी टोलीले मगरको घरमा खानतलासी गर्दा खाटमुनि लुकाएर राखिएको अवस्थामा दुई थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने फलामका टुक्रा तथा बारुदजस्तो देखिने दुईवटा डब्बा बरामद गरेको हो।
बरामद सामग्रीसहित मगरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।