प्रभातफेरी अनलाइन२ पटक पढिएको | मंसिर ६, २०८३ | आईतबार
झापा / झापाको कमल गाउँपालिका–१, शुक्रबारेस्थित किस्ने खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लाग्दा स्थानीय गोपाल राईको मृत्यु भएको छ।
शनिबार माछा मार्न लगाएको करेन्ट आफैँलाई लाग्दा राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिएका छन्।
मृतक राईको शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।