प्रभातफेरी अनलाइन१ पटक पढिएको | मंसिर ८, २०८३ | मंगलबार
काठमाडौँ / देशभर चिसो बढ्दै जाँदा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पनि घटेको छ। मंगलबार बिहान ५:४५ बजेको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियसमा झरेको हो।
यसअघि आइतबार ८.३ र सोमबार ८ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको थियो।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार यो प्रारम्भिक मापन हो। आजको आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजे मापन हुनेछ। त्यसबेलासम्म तापक्रम थप घट्न सक्ने सम्भावना रहेको छ।
यसैबीच, सोमबार जुम्लाको न्यूनतम तापक्रम माइनस ७.६ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ।