प्रभातफेरी अनलाइन९ पटक पढिएको | मंसिर ८, २०८३ | मंगलबार
सुर्खेत / दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका केही खेल आजदेखि कर्णाली प्रदेशमा सुरु हुँदै छन्। कर्णाली प्रदेशले पहिलोपटक आयोजना गर्न लागेको प्रतियोगिताको सुरुवात पुरुष फुटबल खेलबाट हुन लागेको हो।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालका अनुसार आज दिउँसो १ बजे वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा पुरुष फुटबल प्रतियोगिता सुरु हुनेछ। पहिलो खेलमा नेपाल पुलिस क्लब र आयोजक कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको औपचारिक उद्घाटन भने मंसिर १६ गते हुनेछ। मंसिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न खेल विधामा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।