logo
२०८३ मंसिर ९, बुधबार |
☰
📰
🔍
✕

पूर्व प्रहरी सहायक निरीक्षक नारायण प्रसाद कुर्मीलाई बिदाइ तथा सम्मान

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | मंसिर ९, २०८३ | बुधबार
पूर्व प्रहरी सहायक निरीक्षक नारायण प्रसाद कुर्मीलाई बिदाइ तथा सम्मान

हेटौँडा / नेपाल प्रहरीमा लामो समय सेवा पुर्‍याउनुभएका पूर्व प्रहरी सहायक निरीक्षक नारायण प्रसाद कुर्मी सेवा निवृत्त हुनुभएको अवसरमा बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

२०५५ साल भदौ १ गते प्रहरी जवान पदबाट नेपाल प्रहरी संगठनमा प्रवेश गर्नुभएका कुर्मी २०८३ मंसिर ८ गतेदेखि सेवा निवृत्त हुनुभएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक रेग्मीले उहाँलाई फूलको गुच्छा, खादा तथा मायाको चिनो प्रदान गर्दै सम्मान गर्नुभएको थियो । सो अवसरमा रेग्मीले कुर्मीले सेवा अवधिमा हासिल गर्नुभएको अनुभव, ज्ञान तथा सीप आगामी दिनमा समाज, राष्ट्र र परिवारको हितमा उपयोगी हुने विश्वास व्यक्त गर्दै सुख, सुस्वास्थ्य, दीर्घायु तथा सफल जीवनको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद धमला, प्रहरी उपरीक्षक खड्गबहादुर खत्रीलगायत वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।