Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २०, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

माओवादीले असत्यको खेती गर्दैछः पौडेल

प्रभातफेरी अनलाइन २०८० पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन २२, सोमबार (१३ साल अघि)
Post Thumbnail

बनेपा÷सरकारमा माओवादीले मधेसवादी दलहरुसँग मिलेर व्यापक रुपमा भ्रष्टाचार गरेको छ ।
उक्त कुरा बिहिबार नेपाली कांग्रेस बनेपा नगर समितिको दोस्रो नगर सम्मेलनको उद्घाटनको क्रममा कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताउनुभएको हो ।
कम्युनिष्टहरु लुटेराको संजाल हो भन्दै माओवादीले युवा स्वरोजगार, सहकारी र गरिबी निवारण कोषमा व्यापक भ्रष्टाचार गरी राज्य कब्जा गर्ने नीति लिएको आरोप लगाउँदै नेता पौडेलले माओवादी पाटीले संविधान सभामा अत्याधिक मत ल्याएको भए देशको लोकतन्त्रलाई परिवर्तन गरी अधिनायकवाद लाड्ने थियो, भन्नुभयो ।
जसले लोकतन्त्र मान्दैन त्यो अधिनायकवादी हो र अधिनायकवादी– हरुलाई अघि बढ्न दिनुहुँदैन भन्दै नेता पौडेलले राष्ट्रिय स्वाभिमानको रक्षा कांग्रेसले मात्र गर्न सक्छ ।
अहिले माओवादीले देशमा पूर्ण सत्ता नपाउञ्जेल संघियताको नारा दिन्छु र एकलौटी व्यवस्था पाउनासाथ लोकतन्त्रको हत्या गर्ने छ यो कुरा नेपाली जनताले बुझ्नुपर्ने छ भन्दै माओवादी सत्यको मुख थुनेर असत्यको खेती गरेको आरोप समेत लगाउनुभयो ।
नेपाली कांग्रेस एउटै सिद्धान्तमा अढ्ने पार्टी हो भने
कम्युनिष्टहरु समय अनुसार काँचुली फेरेर आउने पार्टी हो भन्दै उपसभापति पौडेलले अब कम्युनिष्टका झुट्टा नारा नेपाली जनताले पत्याउने छैन, भन्नुभयो ।
नेपाली कांग्रेस सच्चा संघियतावादी पार्टी हो, उसँग दर्शन छ भन्दै कांग्रेसले केन्द्रीय शक्तिलाई विकेन्द्रीकरण गरिनुपर्छ भन्ने उद्देश्य बोकेको पार्टी हो भन्नुभयो ।
कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले तानाशाही र अधिनायकवादी माओवादीलाई परास्त गर्न कांग्रेसका साथीहरु एक भएर लाग्न अनुरोध गर्दै कांग्रेस पहिचानलाई सम्मान गर्ने पार्टी हो तर सबै जाति धर्मलाई सम्हालेर लाने पार्टी हो भने माओवादी झुट्टा नारा दिई पिठोलाई चामल बनाउन खोज्ने पार्टी मात्र हो भन्नुभयो । माओवादीले संघियताको नाममा देशलाई मुडभेडमा लगेर सत्ता कब्जा गर्ने रणनीतिक चाल चालेको आरोप लगाउँदै अबको २१ औं शताब्दीमा जनताहरुले धेरै बुझिसकेका छन् भन्दै नेता रिजालले कांग्रेसले माओवादी छापको संविधान चाहिँदैन भन्नुभयो ।
माओवादी जनतालाई मारी झुट्टा नारा दिई सत्ता पाएको हो भन्दै नेता रिजालले स्वतन्त्र जनचाहना पुरा गर्न कांग्रेसको नेतृत्वमा चुनावी सरकार चाहिने ठोकुवा गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति शिवप्रसाद हुमागाईं, क्षेत्रीय सदस्य त्रय कञ्चनचन्द्र वादे, रमेश हुमागार्इं र सुन्दरमणि आचार्य, जिल्ला सचिवद्वय शंखबुद्ध लामा र अच्युत पौडेल, जिल्ला सदस्य उद्धवप्रसाद नेपाल, पूर्व पार्टी सचिव रामकुमार मुल्मी, धुलिखेल नगर समितिका सभापति जितकृष्ण धिनांजू, कांग्रेस बनेपाका संस्थापक सभापति हरिभक्त भोछिभोया, पूर्वसभापति जिवना वादे, कृष्णगोपाल भैल, बनेपा नगर समितिका सचिव मेहश कर्माचार्य, बयोबृद्ध नेताद्वय गोपालदास वादे र राजेन्द्र मोहन जोशी लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो भने सो कार्यक्रममा सभापतित्व नगर सभापति राम जोशीले गर्नुभएको थियो ।
कार्यक्रममा १० जना बनेपा नगरका अगुवा कांग्रेस नेताहरु गोपालदास वादे, राजेन्द्रमोहन जोशी, नातिभाई तौजले, बालकृष्ण कायस्थ, आशाकाजी खिं मानन्धर, बालकृष्ण खिं मानन्धर, दानकाजी मानन्धर, न्हुच्छेराज मकै, सुर्यभक्त राजवाहक, हरिनारायण भक्कु मानन्धर, बद्रिनाथ नापि लगायतलाई कदरपत्र सहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा बनेपा नगरका विभिन्न पार्टी परित्याग गरी नरेशराज कायस्थ, आशिकराज कायस्थ, रामशरण हुमागाईं, मणि तुम्सुक, निधान जोशी, सम्बोधन जोशी, जिसार लामा, निरन्कर घले, पुरेन्द्र आलेमगर, बुद्धरत्न मानन्धर, बुद्धकाजी मानन्धर लगायत २ सय ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका  थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0