प्रभातफेरी अनलाइन५०७२ पटक पढिएको | २०६९ आश्विन २२, सोमबार
पनौती÷पनौती नगरपालिकाले सामािजक विकास शाखा अन्तर्गत दुई वर्ष अघि वितरण गरेका डस्टविनको फोहोर नउठेको कुरा नगरवासीहरुले बताउँदै आएका छन् ।
डस्टविन पनौती पर्यठन विकास केन्द्र, विद्यालय र समुदायको माग अनुरुप १ सय २५ वटा डस्टविन वितरण गरिएको कुरा पनौती नगरपालिकाले जनाएको छ । शहरी तथा वातावरणीय सुधार परियोजना मार्फत प्लाष्टिकका डस्टविनहरु वितरण गर्दा पर्यटन विकास केन्द्र पनौती मार्फत ५० वटा डस्टविन वितरण गरिएको थियो भने पनौती नगरपालिकाले खासै चासो नदिएकाले फोहारहरु गाउँका प्रायः वडाहरुमा नउठेको हुन सक्छ, अध्यक्ष सुरेश संैजू बताउनुहुन्छ । उहाँका अनुसार समुदाउका अगुवाहरुले माग गरेर डस्टविन लगेपनि त्यसको सही उपयोग भने हुन सकेको छैन ।
यस सम्बन्धी पनौती नगरपालिकाका सामाजिक समन्वय शाखाका प्रमुख केशवप्रसाद बन्जारासँग सम्पर्क राख्दा डस्टविनको फोहोर उठाउन चाँँडै नै अनुगमन गरी एकएक हप्तामा डस्टविन खाली गरी फोहोर फाल्ने व्यवस्था मिलाईने जानकारी दिनुभयो ।