logo
२०८३ आश्विन १, बिहिबार |
📰
🔍

कृष्णभीरको बाटो खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो

प्रभातफेरी अनलाइन७ पटक पढिएको | १ घण्टा अघि
कृष्णभीरको बाटो खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो

काठमाडौं / कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध भएपछि बढेको खाना पकाउने एलपी ग्यासको मूल्य पुनः घटेको छ।

बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक बाटोबाट ग्यास ढुवानी गर्दा लागत बढेकाले व्यवसायीहरूले प्रतिसिलिन्डर मूल्य बढाएका थिए। कृष्णभीरमा सडक सञ्चालनमा आएसँगै ग्यासका बुलेटहरू नियमित आउन थालेपछि मूल्य पुरानै दरमा झरेको हो।

नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार नेपाल आयल निगमले काठमाडौं र धादिङका लागि पिएडओ जारी गरेसँगै ग्यासको मूल्य घटाइएको हो।

वैकल्पिक मार्ग प्रयोग गर्दा प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसासम्म ढुवानी लागत समायोजन गरिएको थियो। अब भने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम भएको छ।