logo
२०८३ आश्विन १, बिहिबार |
📰
🔍

ग्यास अभावविरुद्ध विद्यार्थीको प्रतीकात्मक विरोध, दाउरा बालेर पकाए भात

प्रभातफेरी अनलाइन३ पटक पढिएको | ४७ मिनेट अघि
ग्यास अभावविरुद्ध विद्यार्थीको प्रतीकात्मक विरोध, दाउरा बालेर पकाए भात

काठमाडौं / खाना पकाउने ग्यासको अभाव र बढ्दो महँगीप्रति ध्यानाकर्षण गराउँदै आन्दोलनमा रहेका विद्यार्थीहरूले दाउरा बालेर भात पकाई प्रतीकात्मक विरोध जनाएका छन्।

यस अघि खाली ग्यास सिलिन्डर बोकेर विरोध प्रदर्शनमा सहभागी विद्यार्थीलाई सामाजिक सञ्जालमा केही व्यक्तिले ग्यास नपाए दाउरा बालेर खाना पकाउन सुझाव दिएका थिए। त्यसैको प्रतिक्रियास्वरूप विद्यार्थीहरूले क्याम्पस परिसरमा दाउरा बालेर भात पकाई खाएका हुन्।

विद्यार्थीहरूले यस गतिविधिमार्फत ग्यासको अभावका कारण सर्वसाधारणले भोगिरहेको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि तथा खाना पकाउने ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न मागसमेत गरेका छन्।

विद्यार्थीहरूले ग्यासको अभावलाई सामान्य रूपमा नलिई दीर्घकालीन समाधानका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका छन्।

उनीहरूको दाउरा बालेर खाना पकाएको तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएका छन्।