प्रभातफेरी अनलाइन२ पटक पढिएको | ५१ मिनेट अघि
श्रीमतीको मृ’त्युको पी’डामा एक्लैले पहाड फोरेर बाटो बनाएका ‘माउन्टेन म्यान’!का पिडाका कथा
बिहार / भारतको बिहारस्थित गेहलौर गाउँमा सन् १९२९ मा मुसहर परिवारमा जन्मिएका थिए दशरथ माझी । उनी सानै उमेरमा घर छाडेर धनबादको कोइला खानीमा काम गर्न थाले । उनले घर फर्किएसँगै गाउँकै फाल्गुनी देवीसँग बिहे गरे। उनको गाउँसँगै ठूलो पहाड थियो, जसले हिँडडुल गरेर अन्य ठाउँमा जान अ’वरोध गरेको थियो।
जब उनीलाई खाना लिएर जाँदै गर्दा त्यस पहाडमा पत्नी ल’डिन् र उनको मृ’त्यु भयो। उनलाई यदि अस्पताल पुर्याउन सकेको भए उनको उपचार हुन्थ्यो र उनले अकालमा ज्या’न गु’माउनु पर्दैनथ्यो।
तसर्थ दशरथ माझीले एक्लै आफ्नो बलले पहाडको बीचबाट बाटो निकाल्ने सङ्कल्प गरे। उनले एक्लै केवल हथौडा र गलको भरमा पहाड फोर्न सुरु गरे।
करिब २२ वर्ष लगाएर उनी सफल बने। उनलाई काम सुरु गर्दा सबैले पा’गल भन्ने गर्थे। कसैले विश्वास गरेनन् कि केवल एक व्यक्तिले हथौडा र गलको भरमा पहाड फु’टाएर बाटो बनाउन सक्छ। उनले ३६० फुट लामो, ३० फुट चौडाइ र २५ फुट उचाइ रहेको पहाडलाई फोरेर एक सडक निर्माण गरे।
उनले पहाड फोरेर गयाको अतरी र वजीरगञ्जको ८० किलोमिटरको दूरीलाई केवल १३ किलोमिटरको दूरी बनाए।
सन् २००७ मा उनको मृ’त्यु भयो। तर उनको नाम सधैँभरि रहन गयो। उक्त बाटोमा ‘माझी पथ’ भनी लेखिएको छ। उनको जीवनीमा आधारित रहेर थुप्रै डकुमेन्ट्री पनि बनेका छन्।
यसैगरी उनकै जीवनीमा आधारित ‘माझी द माउन्टेन म्यान’ नामक बलिउड फिल्म निर्माण भएको छ।