Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पहिलाको व्यस्त बजार अहिले सुनसान

प्रभातफेरी अनलाइन ३१६९ पटक पढिएको प्रकाशित मिति: २०६९ कार्तिक १९, आईतबार (१३ साल अघि)
पहिलाको व्यस्त बजार अहिले सुनसान

-नगेन्द्र अधिकारी ÷ दाप्चा कुनै बेला पुर्वको व्यापारीक ढोका मानिने दाप्चा बजार अहिले प्राय सुनसान जस्तै बनेको छ । पुर्वका जिल्लाहरु भोजपुर, ओखलढुंगा, सिन्धुली, रामेछाप लगायतका जिल्लाका बासिन्दाको मुख्य व्यापारिक केन्द्र नै मानिने दाप्चा बजारमा अहिले कुनै चहलपहल छैन । दुई दशक अघिसम्म यो दाप्चा बजारमा निकै चहलपहल हुने गर्दथ्यो । दैनिक दुई तीन हजार सर्वसाधारणले यही दाप्चा हुँदै ओहोरदोहोर पनि गर्दथ्ये । पुराना पुरातात्विक घर, सयौ पसलहरु, सेवा दिनका लागि बसेका सरकारी कार्यालयहरु र त्यहाँ आउने सर्वसाधारणहरु लर्को, गाउँ गाउँका व्यापारका लागि दाप्चा बजार आउनेहरुको घुँइचो, यातायातका सवारी साधनहरु पहिला दाप्चाको परिचय नै बनेको थियो । फूलबारी, श्यामपाटी, छत्रेबाँझ, पुरानागाउँ, डराउनेपोखरी र खनालथोक लगायत ६ गाविसलाई दाप्चा क्षेत्रको रुपमा चिनिन्छ । विश्वकै चर्चित मानिने नमोवुद्ध आएर दाप्चा घुम्नेहरुदेखि दाप्चा बजारहुँदै ओहोरदोहोर गर्ने र विभिन्न व्यापार व्यवसाय गर्नेहरुको कारण पुरै व्यस्त हुन्थ्यो दाप्चा । पुर्व तराई र पहाडका धेरै जिल्लाका बासिन्दाहरु ओहोर दोहोर गर्ने दाप्चा बजारबारे थाहा नपाउने वृद्धवृद्धा पुर्व क्षेत्रका कमै छन् । अहिले पनि काभ्रे जिल्लाको कुरा गर्दा पुर्व भेगका अधिकांश वृद्धवृद्धाले दाप्चाको नाम लिन्छन् । यसरी देशभरि चर्चा कमाएको दाप्चा क्षेत्र वीपी राजमार्गको निर्माणपछि यातायात भकुण्डेवेशीहुँदै जान थालेपछि अहिले दाप्चा बजारको पहिचान र परिचय विलाउँदै जान थालेको छ । ‘पहिला ३ हजार भन्दाबढी ओहोरदोहोर गर्ने दाप्चा बजारमा अहिले २÷४ सयको पनि चहल पहल छैन, खाली दाप्चा आसपासका क्षेत्रका बासिन्दाको मात्र चहलपहल छ ।’– स्थानीय दाप्चा कृष्ण बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख राजन अधिकारीले भने । अहिले पनि दाप्चा क्षेत्र ऐतिहासिक, धार्मिक, पर्यटकीय रुपमा धनी छ । यहाँको गौतमवुद्धको पहिलो जन्मस्थलको रुपमा लिइने नमोवुद्ध, कोटकालिका मन्दिरदेखि पुराना कलाकृतिले सजाएर बनाइएका पुराना घरहरु, सबैलाई लोभ्याउने सांस्कृतिक महत्व बोकेका जात्रा र चाडपर्व बाँकी छन् । यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथादेखि गणेश, अन्नपुर्ण, जुगल, गौरीशंखर लगायतका सुन्दर हिमाली श्रृखंलाहरु देख्न पनि सकिन्छ । तर वीपी राजमार्गको यातायात सञ्चालनपछि दाप्चा आउने र ओहोर दोहोर गर्नेहरु छैनन् । पहिलाका जस्तो पसल छैनन्, बरु यहाँका धेरै बासिन्दा व्यापार व्यवसायबाट विस्थापित भएर बनेपा, धुलिखेल, काठमाण्डौ, वीपी राजमार्ग क्षेत्रमा पुगेका छन् । बजार विस्थापित भएसँगै पुरातात्विक दृष्टिले बनाएका पुराना घरहरु पनि धमाधम बिग्रदै गएका छन् । पहिलाजस्ता यहाँ आएर बस्नेहरुका लागि राम्रो होटेल पनि छैनन् । २००२ सालमा मोटरबाटो बनेर पनि आजसम्म कालोपत्रे हुन नसकेको दाप्चा बजारको पहिचान गुम्दै जानुमा कच्ची सडक पनि कारण मान्छन् यहाँका बासिन्दा । ‘ऐतिहासिक नगरी पनौतीबाट नमोवुद्ध हुँदै तथा पर्यटकीय नगरी धुलिखेलबाट काभ्रे भञ्ज्याङ र नमोवुद्धहुँदै दाप्चाबाट वीपी राजमार्गको कटुञ्जेवेशीसम्म सडक जोड्न सके यहाँका आन्तरिक तथा वाह्य पर्यटक पनि बढ्न सक्छन्, दाप्चा बजारको चहलपहल पनि बढ्ने निश्चित छ ।’–दाप्चालाई पर्यटकीय क्षेत्र बनाउनका लागि कस्सिएका स्थानीय कोटकालिका संरक्षण समितिका अध्यक्ष समेत रहेका अरुण श्रेष्ठ भन्छन् । पुर्वमन्त्री सत्यमान लामा, पुर्वसभासद हर्षजीत लामा, राप्रपा नेपालका केन्द्रिय सदस्य रेशम लामा, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का केन्द्रिय सदस्य गणेश लामा सहित थुप्रै राजनीतिक नेताहरु, प्रशासकहरु, व्यापारी, व्यवसायीहरु लगायत विशिष्ठ व्य
क्तिहरुको जन्मभुमि भएपनि उनीहरुले दाप्चा क्षेत्रको विकासका लागि चासो नदिएको गुनासो समेत स्थानीय गर्छन् । स्थानीय समुदाय, सरकारी निकाय र युवावर्गले विशेष चासो दिएर पछिल्लो समयमा पहिचान गुमाउने अवस्थामा पुगेको दाप्चा क्षेत्रलाई पहिलाकै जस्तो चर्चित क्षेत्र बनाउन सक्ने उनीहरुको अठोट रहेको र पछिल्लो समयमा यसका लागि अघि बढेको स्थानीय कोटकालिका संरक्षण समितिका अध्यक्ष श्रेष्ठ बताउँछन् ।

 

सकृय हुन थाले युवाहरु

महत्व घट्न थालेको थाहा पाएका यहाँका बासिन्दा भने अब दाप्चालाई चर्चित बनाउन सक्रिय हुनुपर्छ भनेर अग्रसर हुन थालिसकेका छन् । दाप्चा क्षेत्र बुझ्नेहरु दाप्चाको चहलपहल बढाउनका लागि सबै अग्रसर भए दाप्चालाई पुरानो बजारको रुपमा लिई यसलाई पर्यटकीय, धार्मिक र सांस्कृतिक बजारको रुपमा विकास गर्न सकिने बताउँछन् । ‘दाप्चाको पहिचान गुम्दै जान लागेको हो तर पहिला व्यापारका लागि पुर्वको सबैभन्दा ठूलो ढोका मानिने यसलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्छ, ।’– दाप्चाली युवा समुहका अध्यक्ष जीवन श्रेष्ठले भने । यो समुह विभिन्न पेशा व्यवसायको लागि बनेपा, काठमाण्डौँ लगायत अन्य शहरमा बसिरहेका युवाहरुको समुह हो । दाप्चाको ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्वको उजागर गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न उनीहरु कस्सिएका छन् । विश्व प्रसिद्ध नमोवुद्धका साथै सपनेश्वर महादेव, कोटकालिका भगवती लगायतका धार्मिक क्षेत्रका साथै कलाकौशलले भरिएको पुरानो बजार दाप्चालाई पर्यटकीय क्षेत्र बनाउन युवा कस्सिएका हुन् । उनीहरुले दाप्चा क्षेत्रको विकासका लागि दाप्चाका विशेष पाँच जात्रासहितको दाप्चाको वृत्तचित्र समेत निर्माण पनि गरेका छन् ।

अझै द्धन्द हटेन दाप्चामा

शान्ती प्रकृया टुङगिनै लाग्दा पनि दाप्चामा भने द्धन्द हटिसकेको छैन । द्धन्दको क्रममा विस्थापित यहाँका कतिपय संरचना अझै पुननिर्माण र पुर्नस्थापित हुन सकेका छ्रैनन् ।
द्धन्द शुरु हुनु अघि कृषि विकास बैँक र राष्ट्रिय वाणिज्य बैँकको दाप्चामा उपशाखा थियो । २०५९ सालमा तत्कालिन विद्रोही माओवादीले बैँकका कागजपत्र जलाएर केही रकम लुटेपछि सुरक्षाको कारण भन्दै ती बैँकहरु जिल्ला सदरमुकाम धुलिखेल सरेका थिए । कृषि विकास बैँकको अहिले धुलिखेलमा रहेको उपशाखा नै पहिलाको दाप्चामा रहेको उपशाखा हो । १० बर्ष अघि विश्थापित बैँकले अझै जिल्ला सदरमुकामबाट सेवा दिइरहेको छ । वाणिज्य बैँकले पनि धुलिखेलबाट नै आफ्नो सेवा दिइरहेको छ ।
द्धन्दकै समयमा माओवादीले ध्वस्त पारेको हुलाक, गाँउ विकास समितिको कार्यलय, रेञ्जपोष्टको भवन अझै बन्न सकिरहेको छैन । डराउनेपोखरी, खनालथोक, छत्रेबाँझ, श्यामपाटी गाउँ विकास समितिको आफ्नो कार्यलय भवन छैन । पुरानोगाँउ विकास समितिले मात्रै गाविसको भवन बनाएको छ । डराउनेपोखरीमा रहेको इलाका रेञ्जपोष्ट कार्यलयले भकुण्डेमा रहेको भाडाको घरबाट सेवा दिइरहको छ । डराउनेपोखरीको हुलाक कार्यलय बन्न सकेको छैन । खनालथोक हुलाकले स्वास्थ्य चौकीको भवनबाट सेवा दिइरहेको छ । छत्रेबाँझले भने टेलिसेन्टर सहितको हुलाक सञ्चालनमा ल्याएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0