logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

काठमाण्डौ विश्वविद्यालयले नयाँ उपकुलपती पाउने

प्रभातफेरी अनलाइन१७३७ पटक पढिएको प्रकाशित मिति: २०६९ कार्तिक २६, आईतबार(१३ साल अघि)
Post Thumbnail

-धुलिखेल ÷ काठमाण्डौ विश्वविद्यालय (केयु)ले नयाँ उपकुलपति पाउने भएको छ । केयुको स्थापनाकाल वि. सं २०४८ साल देखि उपकुलपति पदमा रहँदै आएका डा. शुरेसराज शर्माले स्वास्थ्य लगायतका कारणले पदमा रहन असमर्थता व्यक्त गरेपछि सिनेट सभाले सहकुलपति शिक्षामन्त्री दिनानाथ शर्माको संयोजकत्वमा नयाँ उपकुलपति बनाउन समिति बनाएको छ । समितिमा डा. दमननाथ ढुङगाना र डा. लोकविक्रम थापा सदस्य छन् ।
शर्माले स्वास्थ्यको कारण देखाउँदै कुलपति भट्टराईलाई आफु पदमा बस्न नसक्ने जानकारी गराएपछि उनकै प्रस्तावले ६१ औँ सिनेट बैठकले नयाँ उपकुलपति छान्न समिति बनाएको हो । प्रधानमन्त्री भट्टराईले पनि एकै व्यक्ति पदमा बसिरहदा राम्रो समेत नदेखिने भन्दै उनकै आग्रहमा बैठकमा प्रस्ताव राखेका थिए ।
शर्मा २२ बर्ष देखि केयुको उपकुलपति छन् । उनी छ्र्रटौँ कार्यकालका लागि १ बर्ष अघि उपकुलपतिमा नियुक्त भएका थिए । कार्यकाल पुरा हुन अझै २ बर्ष बाँकी छ । स्रोतका अनुुसार, पाँचौ कार्यकाल पुरा भएपछि नै शर्माले पदमा रहन अनिच्छा प्रकट गरेका थिए । शिक्षामन्त्री दिनानाथ शर्माको दवावकै कारण उनी छ्रैठौँ पटक पनि उपकुलपति नियुक्त भएका थिए । विश्वविद्यालयका प्राध्यापकहरुले पनि एकै व्यक्ति पदमा बसिरहन नहुने भन्दै पटक पटक आन्दोलन गर्दै आएका थिए ।

६ “ज ” बाट देश विकास ः प्रधानमन्त्री

प्रधानमन्त्री डा. बावुराम भट्टराईले ६ “ज” को विकास गर्न सके मुलुक सम्वृद्धि तर्फ जाने बताएका छन् । देशमा प्रचुर सम्भावना भएको जल, जमिन, जलबायु, जंगल, जलविद्युत्त र जडिवुटीबाट मुलुकले लाभ लिन सक्ने उनको तर्क थियोे ।
शुक्रवार चौकोटमा काठमाण्डौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको अठारौँ दिक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्रीले यी क्षेत्रको विकास हुन सके नेपालीको प्रति व्यक्ति आम्दानी ३ हजार अमेरिकी डलर पुग्न सक्ने विश्वास व्यक्त गरे । यहाँ उत्पादित दक्ष जनशक्तिलाई देशमा नै बसेर काम गर्न आग्रह गरे । थोरै राजनैतिक प्रसंग कोट्याएका उनले जनआन्दोलनको उपलव्धीलाई संस्थागत गर्न नसक्दा प्राप्त उपलव्धी गुम्ने खतरा भएको पनि बताए । दिक्षान्त समारोहमा मेडिकल संकाय अन्तर्गत एमबिबिएस र बिस्सी नर्सिङका गरी ६ सय ३३ जना विद्यार्थीहरु दीक्षीत भएका छन् । एमबिबिएसमा ३ सय ६२ जना नेपाली २ सय १३ विदेशी विद्यार्थीहरु जना रहेका छन् । बिएस्सी नर्सिङ्गर्तफ ५८ जना छात्राहरु दिक्षित भएका छन् । कार्यक्रममा थाइल्याण्डको महिडोल विश्वविद्यालयका प्रेसिडेन्ट प्रोफेसर रजता रजतानविन प्रमुख अतिथि भएर आएका थिए । काठमाडौं विश्वविद्यालयले मेडिकल विधाको छुट्टै दीक्षान्त र्गन लागेको यो तेस्रो बर्ष हो ।