Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ओझेलमा प्रसिद्ध पर्यटकीय क्षेत्र नमोबुद्ध

प्रभातफेरी अनलाइन २६८६ पटक पढिएको प्रकाशित मिति: २०६९ मंसिर १८, सोमबार (१३ साल अघि)
ओझेलमा प्रसिद्ध पर्यटकीय क्षेत्र नमोबुद्ध

नगेन्द्र अधिकारी ÷ नमोबुद्ध
पर्यटनको प्रचुर सम्भावना बोकेको पर्यटकीय क्षेत्र नमोबुद्ध यतिखेर ओझेलमा छ । पर्याप्त सम्भावना भएर पनि प्रचारप्रसारको अभावमा पर्यटकीय क्षेत्र नमोवुद्ध ओझेलमा परेको हो । बौद्ध धर्मावलम्बीको प्रमुख तीर्थस्थल समेत रहेको यो क्षेत्र धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि ओझेलमा परिरहेको छ ।
जिल्ला सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर र राजधानी ५० किलोमिटरको दुरीमा रहेको पर्यटकीय क्षेत्र नमोबुद्धमा थोरै पर्यटक मात्र पुग्ने गरेका छन् । प्रचारप्रसारको अभावमा धार्मिक पर्यटकीय महत्व बोकेको यो क्षेत्रबारे धेरै जना अनविभ छन् । यातायातको असुविधाका कारण त यो क्षेत्रमा पुग्ने पर्यटकको संख्या त आधा घटेको छ ।
सरकारले घोषणा गरेको पर्यटन बर्ष २०११ मा समेत यो क्षेत्रमा पर्याप्त मात्रमा पर्यटकहरु पुगेनन् । केही बौद्ध धर्मावलम्मी र पिकनिक मनाउन आउने केही आन्तरीक पर्यटकहरुलाई मात्र यो पर्यटकीय क्षेत्रले पर्यटन बर्षमा स्वागत गर्न पायो ।
पर्यटकीय यो क्षेत्रको धार्मिक महत्व पनि छ । बौद्ध धर्मवालम्वीहरुले यसलाई प्रमुख धार्मिक तीर्थस्थलको रुपमा लिन्छन् । गौतम बुद्धको जन्म यहाँ भएको धार्मिक किन्वदन्ती छ । राजकुमार महासत्व (गौतम बुद्ध )ले भोकाएकी सुत्केरी बघिनीलाई आफ्नो शरिरको मासु काटेर खान दिएको र उनलाई बचाएको किन्वदन्ती पनि छ । सोहीको सम्झनामा कार्तिक पुर्णिमाको दिनमा यहाँ मेला समेत लाग्ने गरेको छ । उक्त दिन पर्यटकको यहाँ भीड लाग्ने गरेको छ ।
पनौतीबाट शंखु उपत्यका हुँदै र धुलिखेलबाट हाईकिङ गर्दै पुग्न सकिने यो ठाँउबाट मनोरम हिम शृखंलाहरु देख्न सकिन्छन् तर यातायातको असुविधाको कारण थोरै मात्र पर्यटक यो क्षेत्रमा पुग्ने गरेका छन् । कच्ची सडक र चौडाई पनि कम हुँदा यहाँ पुग्ने केही सवारी साधन र पर्यटकहरुले समेत सास्ती बेहोर्ने गरेका छन् । नमोबुद्धमा भेटिएका नमोबुद्धका निवास श्रेष्ठ प्रचारप्रसारकै अभावमा यो क्षेत्र पछाडी परेको बताउँछन् । नमोबुद्धमा नै भेटिएका भारतबाट आएका पर्यटक मंगेश लिम्चे यहाँ आएपछि मनको शान्ती मिल्ने भएकाले सबै देशका पर्यटकलाई यहाँ आउन आग्रह गर्छन् । “यहाँको वातावरणमा मैले मनको शान्ती पाँए । यहाँ छुट्टै खालको आनन्द प्राप्त हुन्छ । ” उनले भने ।
पर्यटकहरुको स्वागतको लागि यहाँ पर्याप्त होटल र लजहरु पनि खुलेका छन् तर ती अझै पर्यटकहरुको पर्खाईमा छन् । होटल व्यवसायीहरु ताइवान, थाईलाण्ड लगायतका बौद्धधर्मावलम्वी पर्यटकहरु आउने भएपनि पर्याप्त मात्रामा नआउने बताउँछन् ।
स्थानीयहरु नेताहरुको कमजोरीको कारण यो क्षेत्र पछाडी परेको आरोप पनि लगाउँछन् । यो देशका नेताहरु उच्च ओहोदामा पुगेपनि आफ्नो क्षेत्रलाई फर्केर नहेरेकाले यो स्थीति आएको उनीहरुको आरोप छ । यही क्षेत्रका सत्यमान लामा सुचना तथा सञ्चार राज्यमन्त्री भए जिल्लाका राजेन्द्र खरेल शिक्षा राज्यमन्त्री भए,सुर्यमान दोङ उर्जाराज्य मन्त्री भए, यही क्षेत्रका हर्षजित लामा, अक्कल बहादुर थिङ। कमला थापा सभासद् थिए तर उनीहरुले यो क्षेत्रको विकासको लागि पहल नगरेको गुनासो स्थानीयहरुको छ । पुर्वसभासद् हर्षजित लामा पुर्वाधार विकास गरेर यो क्षेत्रको विकासको लागि गुरुयोजना नै बनाएर अघि बढ्नुपर्ने बताउँछन् । “यसको विकासको लागि राज्यले नै केही गर्नुपर्छ, पर्याप्त बजेट विनियोजन गरेर गुरुयोजना नै बनाएर यसको विकास गर्नुपर्छ । ” उनले भने ।
पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको यो क्षेत्र यतिखेर पर्यटकको पर्खाईमा छ ।

सकियो नमोवुद्ध जात्रा

गौतमवुद्धको पहिलो जन्मस्थानको रुपमा लिइने काभ्रेको नमोवुद्ध लाग्ने नमोवुद्ध जात्रा बुधवार सकिएको छ ।
प्रत्येक बर्षको कार्तिक पुर्णिमाको दिन लाग्ने उक्त जात्रामा हजारौ दर्शनार्थीहरु सहभागी भएका थिए । जात्रामा विशेष गरी नेवारी समुदायले अघिल्लो दिन राती जाग्राम बसी आफ्ना मृत आत्माहरुको स्मृतिमा दीप प्रज्वलित गर्ने गर्दछन् भने पुर्णिमाको दिन बिहानदेखि दिउँसोभर नमोवुद्ध रहेका गुम्बामा पुजाआजा गर्ने गरिन्छ । सोहि दिन रातभर विशेष गरी तामाङ समुदायले दीप प्रज्वलित गर्ने गरेका छन् ।
जात्रामा दर्शनार्थीहरु भीड लाग्ने गरेको छ । काभ्रेका साथै सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाण्डौ, भक्तपुर, ललितपुर लगायतका क्षेत्रबाट २० हजारभन्दा बढी दर्शनार्थी आई दीप प्रज्वलितसहित पुजाआजा गर्ने गरेका छन् ।
सत्ययुगमा इट्टेका राजाका तीन छोरामध्ये महासत्वले नमोवुद्ध जंगलमा बाघको शिकार गर्ने क्रममा खाना नपाएर मर्ने अवस्थामा पुगेकी वघिनी र उनका पाँच डमरुलाई बचाउनका लागि महासत्सवले आफ्नो दिएर बघिनी र डमरुलाई बचाएको धार्मिक किवदन्तीको आधारमा नमोवुद्ध जात्रा हुने गरेको छ । यीनै महासत्व २५ सय बर्ष पछाडी लुम्बिनीमा जन्मिएकोले गौतमवुद्धको पहिलो जन्मस्थान नमोवुद्धलाई भनिने गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

  • दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

  • पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

  • आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0