धुलिखेल ÷ काभ्रे जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा ऋषिराम ढकाल सरुवा भएर आएका छन् । तत्कालिन सिडिओ तुलसीप्रसाद गौतम राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रमा सरुवा भएपछि ढकाल नयाँ सिडियोको रुपमा काभ्रे आएका हुन् ।
जिल्ला ५ सातादेखि प्रमुख जिल्ला अधिकारी विहिन थियो । सिडिओ नहुँदा जिल्ला प्रशासान कार्यलयका दैनिक कामकाजमा समेत समस्या परिरहेको थियो । सिडिओ नहु“दा राहत वितरण, सरकारी कार्यालयको सुपरिवेक्षण, महत्वपूर्ण निर्णयहरु, न्यायिक तथा आर्थिक प्रशासनका काममा समेत समस्या भइरहेको थियो । सरकारी जग्गा मिचेर भक्तपुर र काभ्रेको सिमाना नगरकोटमा सञ्चालन भइरहेका अवैध टहरा हटाउने काम समेत अगाडी बढ्न सकेको थिएन ।
ढकाल काभ्रे आउन लागेका चौथो सिडियो हुन् । काभ्रेजिल्लामा २०६६ साल देखि सहसचिव तहको कर्मचारी सिडिओ हुने व्यवस्था गृह मन्त्रालयले गरेको थियो । त्यसअघि उपसचिव तहका कर्मचारी सिडिओ हुन्थे । २०६६ चैत्र १५ गते सुधिर कुमार शाह , रुद्रनाथ बस्याल र गौतम सहित ३ जना सहसचिव तहका कर्मचारीले सिडिओका जिम्मेवारी निर्वाह गरिसकेका छन् । राजधानी र छिमेकी मुलुक चीन नजिकैको जिल्ला भएकाले यहा“ सिडिओ भई आउनको लागि गृह मन्त्रालयमा कर्मचारीको तछाडमछाड हुने गरेको छ । तस्करीको नाका समेत भएकाले कमाईको दृष्ट्रिकोणमा समेत काभ्रे राम्रो जिल्ला भएको चर्चा हुने गरेको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |