प्रभातफेरी अनलाइन११६० पटक पढिएको प्रकाशित मिति: २०६९ पौष ८, आईतबार(१३ साल अघि)
काभ्रे÷ सामुदायिक उत्थान मञ्च (सिफ नेपाल)ले सडक वालबालिकाको लागि लागू औषध बिरुद्ध इलाका स्तरिय अभिमुखीकरण कार्यक्रम गरेको छ । गृह मन्त्रालयको लागु औषध नियन्त्रण कार्यक्रमको सहयोगमा भएको अभिमुखीकरणमा सहायक प्रमुख जिल्ला अधिकारी नन्दिकेशर त्रिपाठी, लागु औषध नियन्त्रण कार्यक्रमका बरिष्ठ कार्यक्रम अधिकृत प्रमिला कुमारी गच्छदार, जिल्ला बाल कल्याण समितीका अध्यक्ष रामकुमार मुल्मी, बनेपा नगरपालिकाका यज्ञ प्र. बैद्य , बरिष्ठ राजस्व अधिकृत ध्रुब नेपाल , सामाजिक बिकास शाखा प्रमुख चिरञ्जिवी अर्याल , महिला तथा बालबालिका कार्यालय काभ्रेकी निर्मला कार्की , आई सी डि नेपालका माधब श्रेष्ठ, कम्प्याक एकेडेमीका नारायणबाबु पाल्पाली, संस्थाका अध्यक्ष समुन्द्रलाल श्रेष्ठ, सचिव बलराम अधिकारी लगायतले कार्यक्रमको प्रभावकारीता बारे चर्चा गरेका थिए ।