Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काठमाडौँ विश्वविद्यालय

प्रभातफेरी अनलाइन ३०७८ पटक पढिएको प्रकाशित मिति: २०६९ माघ २३, मंगलबार (१३ साल अघि)
Post Thumbnail

सम्मानका लागि चयन समिति गठन
बनेपा । शब्दयात्रा प्रकाशनले २०६९ सालका लागि विभिन्न सम्मान समपर्ण गर्न ५ सदस्यीय समिति गठन गरेको छ । देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, भीमभक्तमानसिंह बस्नेत अनुसन्धान सम्मान, वसन्त शर्मा कविता–काव्य सम्मान, नरबहादुर भारती विज्ञान–प्रविधि सम्मान र हंसराज–राजदास श्रेष्ठ सामाजिक जागरण सम्मान समपर्ण गर्नका लागि योग्य व्यक्तिहरूको चयन गर्न पाँच सदस्यीय समितिको गठन गरेको हो ।
डा. सञ्जयनाथ खनालको संयोजकत्वमा गठित उक्त समितिमा डा. निर्मलमणि अधिकारी, ब्रिजेश अधिकारी र दण्डपाणि उपाध्याय सदस्य छन् । चारैजना काठमाडौँ विश्वविद्यालयसँग आबद्ध छन् ।
फागुन महिनामा ती सम्मानहरु प्रदान गरिने शब्दयात्रा प्रकाशनले जनाएको छ ।

डा. सुरेशराज शर्मालाई सम्मान
बनेपा । काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा सुरेशराज शर्मालाई काठमाडौँ विश्वविद्यालयको स्कुल अफ आर्टस्ले सम्मान गरेको छ । हात्तीवनस्थित नयाँ कम्प्लेक्समा माघ १८ गते भएको सम्मान कार्यक्रममा स्कुल आर्टस्का डिन डा. अशोक बाँस्कोटालगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा उपकुलपति डा. रामकण्ठ माकजू श्रेष्ठलगायत अन्य संकायका डिन तथा शिक्षक–कर्मचारीहरूले शर्माले नेपालको शैक्षिक क्षेत्र र विशेष गरी काठमाडौँ विश्वविद्यालयको स्थापना र सञ्चालनमा पु¥याएको योगदानबारे चर्चा गरेका थिए । कार्यक्रममा सङ्गीत विधाका विद्यार्थीहरूले गीतगायन प्रस्तुत तथा  चित्रकला विधाका विद्यार्थीहरूले चित्रकला प्रदर्शनी गरेका थिए ।

केयुमा स्वास्थ्यसम्बन्धी प्रवचन
धुलिखेल । काठमाडौँ विश्वविद्यालयमा स्वास्थ्यसम्बन्धी चेतनामूलक प्रवचन गरिएको छ । ‘फिटनेस फर अल’ विषयमा फिजियोथेरापीलाई मुख्य विषय बनाएर गरिएको प्रवचनमा फिजियोथेरापिस्टद्वय इनोसा विमली र सुमना वैद्यले मानवस्वास्थ्य र फिजियोथेरापीका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा उपकुलपति डा. रामकण्ठ माकजू श्रेष्ठ, रजिस्ट्रार डा. भद्रमान तुलाधर, परीक्षा नियन्त्रक डा. पुष्पराज अधिकारी, डिन डा. भोला थापा, विद्यार्थी कल्याण निर्देशक डा. सुबोध शर्मा, सम्बन्धन निर्देशक डा. सञ्जयनाथ खनाल, प्रमुख प्रशासकीय अधिकृत मुकुन्दप्रसाद उपाध्यायसहित विश्वविद्यालयका कर्मचारी समेतकोे सहभागिता रहेको थियो ।
विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विश्वविद्यालयका आमन्त्रण गरी प्रवचन गराउने कार्यक्रमअन्तर्गत सो प्रवचन कार्यक्रमको आयोजना गरिएको हो । यसअघि गत पुस महिनामा ‘मूल्य–मान्यतामा आधारित शिक्षा’ विषयमा डा. चिन्तामणि योगीले प्रवचन दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0