जिल्लाको उत्तरी भेग चण्डेनीमण्डनमा रहेको ऐतिहासिक गन्तव्य कोटथुम्का अहिले ओझेलमा छ । प्रचार–प्रसार तथा यातायात लगायत अन्य कारणले वर्षाैं देखि ऐतिहासिक महत्व बोकेर पनि यो ठाउँ ओझेलमा रहँदै आएको छ ।
जिल्ला सदरमुकाम धुलिखेलबाट २५ किलोमिटरको दुरीमा रहेको कोटथुम्का पर्यटकहरुको मुख्य गन्तव्य स्थान बन्न सक्ने ठाँउ हो । यहाँँबाट सर्वोच्च शिखर सगरमाथा लगायत गणेश, जुगल, गौरीशंकर, लाङ्गटाङ्ग तथा अन्य हिमश्रृंखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । थुम्का र आसपासका क्षेत्रमा ऐतिहासिक उमादेवी मन्दिर, कश्यपेश्वर महादेव मन्दिर, गुप्तेश्वर महादेव गुफा, खर्कको पोखरी लगायतका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु छन् । काभे्र र सिन्धुपाल्चोकको सिमाना भएर बग्ने इन्द्रावती नदीको मनमोहक दृष्यले त त्यहाँ पुग्ने जो कसैको मन पनि लोभ्याउने गर्छ ।
वि.सं. १९९० सालको भुकम्प जानु भन्दा पहिले यहाँ बाट राजधानीमा रहेको १८ तले धरहराको पनि अवलोकन गर्न सकिने भएकाले त्यतिखेर यसकै लागि दैनिक सयौं मानिसहरु यहाँ पुग्थे । मण्डनभेगमा रहेको चार वटा गाविसहरु चण्डेनीमण्डन, महादेवस्थान, जैशिथोक तथा ज्याम्दीको मुख्य गन्तव्य कोटथुम्काको महत्व उजागर हुन सकेको छैन । सरोकारवालाहरुको वेवस्था र स्थानीयको कम चासोको कारण यो क्षेत्र पछाडी पर्दै आएको छ ।
धार्मिक दृष्ट्रिकोणबाट पनि महत्व रहेको कोटथुम्कामा अवस्थित उमादेवीको मन्दिर र केहि तल रहेको कश्यपेश्वर महादेवको मन्दिरको पनि आफ्नै किंवदन्ति छ । सत्य युगमा महादेवले आफ्नी पत्नी सतिदेवीको मृत्यु पछि उनको शव बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा यस ठाउँमा पुगेपछि सतिदेवीको मुटु पतन भएको र यहाँ उमादेवी र कश्यपेश्वर महादेवको उत्पति भएको कुरा स्वस्थानीमा वर्णन गरिएको छ । यहाँको मन्दिरमा वलि चढाईएको पशुहरुको रगत ६० मिटर तल रहेको जंगलमा भएको अर्को मन्दिरमा पुग्ने जनश्रुती पनि रहेको छ ।
कोटथुम्का र आसपासका पर्यटकीय क्षेत्रलाई समेटेर यहाँ पर्यटनको विकास गर्न सकिन्छ । इन्द्रावती नदी, कोटथुम्का, उमादेवी मन्दिर, कश्यपेश्वर महादेव लगायत पर्यटनको सम्भावना बोकेका क्षेत्रहरु समेटेर गुरुयोजना बन्नु आवश्यक छ । यसको लागि स्थानीयको पहल कदमी, सरोकारवालाहरुले बेलैमा पहल थाल्नु आवश्यक छ । त्यसो गरी यो उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |