Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सन्दर्भ ः– ५६ औं राष्ट्रिय सहकारी दिवस सहकारी अभियानको स्वर्णयुग

प्रभातफेरी अनलाइन १०२४ पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र १८, आईतबार (१२ साल अघि)
Post Thumbnail

सन्तोष तिमल्सिना

नेपाली इतिहासको कठिन मोडहरुलाई पार गर्दै नेपालको सहकारी अभियानले एउटा स्वर्णयुगलाई छलाङ्ग मारेको छ । यस कालखण्डमा सहकारी अभियानले अनेकांै आरोह अवरोहहरुलाई पार गर्दै ५६ औ बर्षमा आईपुग्दा समग्र देशको आर्थिक तथा सामाजिक रुपान्तरण गर्दै  राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बन्न पुगेको छ । यस्तै राज्यको तीन खम्बे अर्थनीति अन्तर्गत सहकारी संस्था पनि एक बलियो आधार स्तम्भ रुपमा राज्यद्वारा घोषणा भई सकेको छ । वि.स २०१३ साल चैत्र २० गते शारदानगर गाविस चित्तवन बखानपुरका बखान बहादुर सिंह गुरुङ्गको संरक्षणमा स्थापना भएको बखानपूर बचत ऋण समितिको स्थापनाबाट नै नेपालमा  सहकारी अभियानको जग बसेको पाईन्छ । सहकारी अभियानको प्रादुभाव भएको ऐतिहासिक दिनको स्मरण स्वरुप चैत २० गते नेपालका आम सहकारीकर्मीहरु हर्ष उल्लासका साथ राष्ट्रिय पर्वकै रुपमा सहकारी दिवस मनाउने गर्छन ।  “स्वाधिन अर्थतन्त्रका लागि सहकारी”  भन्ने मुल नाराका यस बर्ष पनि नेपाल अधिराज्य भरीका सहकारीकर्मीहरु सहकारी नारा लेखिएका प्ले– कार्ड झाँकी सहितको र्याली, रक्तदान, स्वास्थ्य शिविर, जस्ता सामाजिक तथा अन्य सामुदायिक कार्यक्रमहरु गरी भव्यताका साथ सहकारी दिवस मनाउने तयारीमा जुटेका छन । सहकारी अभियानको ५६ औं बर्षको दोडानमा सहकारी निकै फड्को मारिसकेको छ ।
सबै वर्ग, जाती, धर्म र संस्कृतिका मानिसहरुलाई एउटै मालामा गाँसेर आर्थिक सामाजिक र सांस्कृतिक रुपले उनीहरुको जीवनस्तर अभिवृद्धि गर्नु सहकारी मुल धर्म हो । वि.स २०१० सालमा सहकारी विभागको स्थापना पश्च्यात बामे सार्न सुरु गरेको सहकारी अभियान वि.स २०१६ मा आईपुग्दा सहकारी संस्था ऐन २०१६ जारी पाईन्छ भने  वि.स २०२० सालमा सहकारी बैंकको स्थापना भएको पाईन्छ । यो अवधिमा राजनैतिक अस्थिरताका कारण सहकारी अभियानले राम्रोसंग जरा गाड्न नसकेता पनि वि.स २०४६ सालमा प्रजातन्त्रको पुनः स्थापना पश्चात मात्र सहकारी अभियानले गति लिन थालेको पाईन्छ । वि. २०४८ सालमा सहकारी ऐन र वि.स २०४९ सालमा सहकारी नियमावली जारी भए पछि यही ऐन र नियमावलीमा रहेर तिव्र गतिमा सहकारी संस्थाहरुको स्थापना हुने क्रम बढेको पाईन्छ ।
५६ औं बर्षको दौडानमा सहकारीले ठूलै फड्को मारी सकेको छ । यो अवधिमा राष्ट्रिय सहकारी संघ, राष्ट्रिय सहकारी बैंङ्क र २ सय चालिस जिल्ला सहकारी संघ, १६ वटा विषयगत केन्द्रिय संघहरुको स्थापना भई सकेको छ । हालसम्म नेपालमा हालसम्म २६ हजार ६ सय ६० प्रारम्भिक सहकारी संस्थाहरु स्थापना भई संचालनमा आएका छन् । सहकारी क्षेत्रबाट करीब ५० हजार मानिसहरुले प्रत्यक्ष तथा ५ लाख भन्दा बढीले अप्रत्यक्ष रुपमा रोजगार पाएका छन  भने नेपाल भरीका करिब २८ लाख भन्दा बढी मानिसहरु सहकारी संस्थाहरुमा आवद्ध भएका छन । सहकारीले हालसम्म १ खर्ब ५० अर्ब निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब ऋण प्रवाह गरी सकेको अवस्था छ । राज्यको आर्थिक विकासमा समेत सहकारी अभियानले आफ्नो छुट्टै पहिचान बनाई तीन खम्बे अर्थनीति अनतर्गत सहकारी संस्था पनि एक बलियो आधार स्तम्भ रुपमा राज्यद्वारा घोषणा भई सकेको छ ।
यो अवधिमा नेपालका पाँच सहकारी संस्थाहरु एशियाली स्टाण्डर्डमा पुग्न सफल भएका छन्  । काभ्रेको खोपासीमा रहेको विन्धवासिनी बचत सहकारी संस्था लि, पनौतीकै सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि, बनेपाको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि यस्तै दोलखामा रहेको  जनसचेनत बचत तथा ऋण सहकारी संस्था लि र भक्तपुरको सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्था गरी नेपालका पाँच सहकारी संस्थाहरुले एक्सेस ब्रोन्च अवार्ड (चिन्ह्र) प्राप्त गरेका हुन । एक प्रतिस्पर्धी उत्कृष्ट सेवा र वित्तिय स्वस्थताको प्रतिक प्रदान गर्ने अन्तराष्ट्रिय स्तरको मापन गर्ने आधार “ए–वान कम्पिटेटिभ च्वाईस फर एक्सेलिन्स ईन सर्भिस एण्ड साउन्डनेस”

(ब्ऋऋभ्क्क् द्यचष्लमष्लन)

कार्यक्रममा विगत ३ बर्षदेखी सहभागिता जनाई सन् २०११ नेभेम्बर २६ गरेको

ँष्लब िब्गमष्त

बाट प्राप्त नतिजाको आधारमा यी संस्थाहरुले । एसियाली ऋण महासंघले निर्धारण गरेको ८६ वटा सूचकाकंहरुलाई पार गरी सो मापदण्डको परिधि भित्र रही संस्थाले कार्य गर्दै आएको छ  । एक्सेस ब्राण्डिंग कार्यक्रमको पहिलो चरण नेपालका ७ वटा सहकारी संस्थाहरुको सहभागिता रहेको थियो भने दोस्रो र तेस्रो चरणमा क्रमश ः ११ र १३ वटा गरी नेपालका ३१ वटा सहकारी संस्थाहरुले सहभागिता जनाई एशियाली स्तरमा पुग्न प्रयासरत रहेका छन । यस्तै सहकारी अभियान मार्फत ग्रामिण क्षेत्रका जनताको आर्थिक र सामाजिक विकास गर्न  महत्वपूर्ण भूमिका खेले वापत नेपालका दुई सहकारी संस्था अन्तराष्ट्रिय स्तरको क्युमी अवार्ड पाउन सफल भएका छन ।
सहकारी अभियानले कोरेका दिपशिखा अशिक्षा, अन्धविश्वास र अन्य सामाजिक विकृतिले मात्र नभई गरीबी र बेरोजगारले अन्धकार ग्रामिण भेगसम्म फैलिन थालिसकेको छ । सहकारी अभियानले आर्थिक कारोवारका अलवा, सामाजिक जागराण, महिला सशक्तिकरण, गरीबी निवारण, रोजगारकिो सिर्जना गर्नुका साथै ग्रामिण एवं दुर्गम क्षेत्रका विपन्न समुदायको जीवनस्तर उकास्ने खालका विभिन्न रचनात्म भूमिका खेल्दै आईरहेको छ । सहकारी सेवा सबैको घरदैलो पुग्न सफल भएको छ । सुगम देखी दुर्गम र बालकदेखी वृद्धहरुलाई समेत समेट्ने गरी समयसापेक्ष नविन कार्यहरु गर्दै साना किसान, मजदुर, व्यावसायी, दलित, जनजाति, पिछडिएको वर्ग लगायत सबैको मन जित्न सफल भएको छ । दिनप्रति दिन सहकारी प्रति सबेको आकर्षण बढ्दै गईरहेको छ । संख्यात्मक रुपमा सहकारी अभियानको विकासमा अभ्यास हुनु, न्युन आयस्रोत भएका व्यक्ति तथा दुर्गम बस्तीसम्म पहुँच विस्तार हुनु, सर्वसुलभ रुपमा घरदैलोबाट नै सदस्यहरुलाई सेवा प्रदान गर्नुका साथै सदस्यहरुको हितमा विभिन्न जनचेतनामुलक सामाजिक, सामुदायिक कार्यक्रमहरु संचालन गर्ने भएकाले नै पछिल्लो समयमा सहकारी प्रति सबैको ध्यान केन्द्रित हुन थालेको छ ।

पछिल्लो समयमा सहकारी ऐन, कानुन, सहकारी मूल्य मान्यता र अन्र्राष्ट्रिय सहकारी सिद्धान्तको मर्म र भावना विपरित केही केही व्यक्तिहरुले सहकारलिाई ठगि खाने भाँडो बनाए पनि सहकारी मार्फत देशको आर्थिक तथा सामाजिक रुपान्तरणमा यसले ठुलो योगदान पुर्याउदै आएको छ । व्यापारिक सोच एवं राजनैतिक स्वार्थपूर्तिका रुपमा सहकारीलाई नहेरी सहकारीकर्मीहरु युवा जोश, जाँगर र भित्री उत्साह, उमङ्गबाट कहिल्यै विश्राम नलिई निरन्तर रुपमा सहकारी अभियानमा लाग्नु जरुरी छ ।

(कर्मचारी, विन्धवासिनी बचत सहकारी संस्था लि., पनौती–१२, खोपासी, काभ्रे)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0