Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

के भूल भयो र सानु !

प्रभातफेरी अनलाइन २५६५ पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख ७, शनिबार (१२ साल अघि)
Post Thumbnail

के भूल भयो र सानु !
तिमीलाई माया कति गर्छु म आफैलाई थाह छैन ।
जीवनभरलाई तिमीलाई रोजें अन्य कुनै चाह छैन ।।
रहर भन्नु एउटै नै छ मेरो अब भर्ने तिम्रो सिउँदो ।
तिमी बिनाको जीवन सून्य लाग्छ एक्लै रहेर जिउँदो ।।
तिमीलाई त ज्यानै दिन्छु भनी वाचा कसम खाइदिँदा ।
बसेथें कुरी तिम्रो बाटो हुनुप¥यो निरास तिमी नआइदिदा ।।
भनाइ र गराइमा रैछ फरक धेरै यहाँ ।
मायालाई माया ठान्नेको कमी भेटिनेछ जहाँ ।।

“यो कुनै नाटक हैन छोरी । म वास्तविकता भन्दैछु । तेरी आमा यहिँ काठमाण्डौ कै अस्पतालमा छे । तिमीलाई मैले घर हिँड भनेर भनेको हैन । पहिलाका तीता मीठा कुराहरुलाई बिर्सिएर केवल एक पल्ट त मलाई विस्वास गरेर अस्पतालसम्म गएर तिम्री आमालाई अनुहार देखाइदेउ । यतिभन्दा अरु म केहि भन्दिन तिमीलाई बाँकी तिमै्र इच्छा ।” यसरी रेखाको बुबाले आफूले झूठो कुरा नगरेको तथा साँच्चै नै रेखाकी आमा बिमारी नै भएको बताए ।
आखिर रेखाले पनि आफ्नो बुबाको कुरालाई पत्याउन करै लाग्यो । रेखा उनको बुबा र भदैनीसँग आमालाई भेट्न अस्पतालतर्फ लागे । प्रवीणलाई पनि रेखाले सँगै जान आग्रह गरेकी थिइन् तर प्रवीणको अन्तै इमरजेन्सी काम छ भनेर अफिसतिर लाग्यो ।
अस्पतालमा पुगेर उनीहरुले रेखाको आमालाई भेटे । उनकी आमालाई धेरै सुधार भैसकेको उनको सहयोगीहरुले बताए । उनका सहयोगीहरुसँग बसिरहेका रेखाकी आमा रेखालाई देख्नासाथ यति खुसी भइन् की खुसीको कुनै सीमा नै भएन । उनकी आमा धेरै पछि आफ्नी छोरीलाई भेट्न पाउँदा सारा संसार नै जिते झैं अनुभूति गर्दैथिइन् । आमालाई  भेटेर उनीहरु सबै पुन आफ्नै कोठामा फर्किए । उनको बुबा भने अस्पतालमा नै बसेका थिए ।
केहि दिन पछि रेखा आफ्नी आमालाई घर सम्म पु¥याएर तुरुन्तै फर्कन्छु भनेर अएकी फर्केर नै आइनन् । के रेखाको प्रवीण प्रतिको माया दुई दिनको नाटक मात्र थियो त ? के उनीहरुको मायाको डोरी साँच्चै नै चुडिएकै थियो त ? आखिर के कारण उनीहरुको परेवाको जोडी झैं मायामा दरार आयो ? सुखमा त सबैले सजिलै जीवन जीउन सकछ तर पीडै पीडामा रुमल्लिएर जीवन जीउन कति सहज होला त्यो त सायद प्रवीण जस्ता पिडितलाई मात्र थाह होला । अनि चोखो माया गरी मायाको संसारमा डुब्नेलाई नै थाह होला । आफन्तबाट नै घात उपहार पाउनेलाई थाह होला मायाको पीडा सहन कति सहज कति असहज हुन्छ भन्ने । माया जस्तो पवित्र शब्दलाई आफ्नो स्वार्थ अनुकुल बनाउन खोज्नहरुलाई के थाह के हो मायाको मीठास ?
उता प्रवीण भने अतितमा डुब्दै थियो । हरियालीले ढाकिएको सुन्दर प्राकृतिक सुन्दरतामा रम्दै रेखाकोे काखमा आफ्नो शीर राख्दै मायाको संसारमा हराउँदै थिए । मीठा मीठा मायाका कुराहरु गर्दै मायाको संसारमा आफूलाई डुबाउँदै थिए । “रेखा, माया प्रेमलाई किन आफ्नो स्वार्थ पूर्तिको साधन बनाउँछन् मानिसहरु …………………… ? मलाई……. धोका दिने त छैनौ नि तिमीले ? आजभोलीका यूवतीहरु सुन्दर तन, धन दौलतलाई हेरेर माया गर्छन् रे !” साजनको कुरा नसकिँदै सजनाले भनी– “के मेरो विश्वास छैन तिमीलाई ? के थाह तिमीलाई म तिमीलाई कति माया गर्छु भन्ने कुरा ? तिमी बिनाको जीवन त म कल्पना पनि गर्न सक्दिन । जिन्दगी जीउन त माया चाहिन्छ सम्पत्ति हैन । म तिमी बिना बाँच्न सक्दिन साजन । मलाई जुनी भरको लागि, यो जन्म मात्र हैन सयौं जन्म तिम्रो बनाऊ । म केबल तिम्रै हुन चाहन्छु ।” एक्कासी प्रवीण अतितबाट वर्तमानमा फर्कियो ।
फेरी एकपल्ट उसले रेखाको मोबाइलमा सम्पर्क गर्न खोज्यो तर ………. तर फेरि उस्तै नियति “माफ गर्नुहोला…………..” आखिर के हुँदैछ यहाँ ? के भो रेखालार्ई ? किन उनको मोबाइल स्वीच अफ छ त ? उस्तै यस्तै प्रश्न उब्जियो उसको मनमा । “ के रेखाले मेरो जीवन अनि भावनासँग खेलवाड मात्र गरेकी हुन् त ? के मलाई उनले धोका दिएकै हुन् त ?” यस्ता अनगिन्ती प्रश्नहरु उब्जिरह्यो उसको मन मस्तिष्कमा ।
“होईन ऽऽ होईन यो सब मेरो भ्रम मात्र हो । उनले मलाई धोका दिन सक्दिनन् । उनी त मेरो मुटुको धड्कन हुन ् । यदि रेखा तिमीले मलाई धोका दिएकै हौ भने तिम्रा ती बाचा कसम सारा झुठा हुन् त ? किन यति झुठो बाचा कसम खायौ त ? किन ? आखिर धोका दिनु नै थियो त किन झुठा वाचा कसम खायौ ? आखिर किन ? पल पल तड्पाएर मार्नु भन्दा एकै चोटि बिष पिलाएर मारेको भए पनि त हुन्थ्यो । हाँसी हाँसी मरिदिन्थें तिम्रो खुसीको लागि केवल तिम्रै खुसीको लागि । जसलाई आफ्नो ठानें । जसलाई आफ्नो सबथोक सम्झें ऊ नै पराई भए पछि अब बाँच्नुको के नै अर्थ रह्यो र ? अब ममा कुनै जिउने चाह छैन । तिमीबिना म बिल्कुल एक्लो छु । मेरा सबै खुसीहरु रित्तिए । मलाई अब उस स्वार्थी संसारमा बाँच्नु छैन ।” एक्कासी साजनले आफूलाई सम्हाल्नै सकेन र भित्तामा आफ्नो टाउको ठोक्काउन थाल्यो । टाउको ठोक्काउँदा ठोक्काउँदै अर्धचेत बन्यो ऊ । डङ्रङ्ङ भुईंमा ढल्न पुग्यो साजन ।
बेहासीमा नै बर्बराउन थाल्यो ऊ– “ रेखा                                     क्ष् ीयखभ ग्, म तिमीबिना बाँच्न सक्दिन । मलाई छाडेर नजाऊ । सयौं जन्मको साथ दिन्छु भन्ने । तर … तर ठीक छ, तिमी खुशी छौ नी ? म बाट के भूल भयो ? मेरो सबथोक नै तिमीलाई सुम्पीसकेथें मैले त । म बाट केहि गल्ति भए माफ गर ल । सायद तिमीलाई खुसी राख्न तिमीलाई दिने मसँग केहि थिएन र त तिमीले मलाई आफ्नो हृदयबाट निकाली फोहोरको नालीमा फालिदियौ । ठीकै छ………, ठीकै छ सधैं तिमी खुसी रहनु ल म पीडामा जले पनि, मरे पनि । म तिमी बिना न त खुसी हुन नै सक्छु न त अरुलाई नै खुसी दिन सक्छु । मात्र तिमी खुसी रहनु …………. । तिमीले किन मलाई पराया बनायौ रेखा…………… ?

क्रमशः
( घटना सत्य भए पनि पात्रहरु प्mेरिएका छन् )
अजबलमबmबचद्दण्ण्छ२नmबष्।िअयm

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0