स्वतन्त्रता विश्वमा निकै लोकप्रिय शब्द हो । यो शब्दको उत्पत्ति सन् १९८९ तिर फ्रान्सको राज्य क्रान्ति भएको समयमा देखा परेको हो । नेपाली वृहत शव्दकोषका अनुसार स्व र तन्त्र मिलेर स्वतन्त्र शब्दको निर्माण भएको हो र यसमा ता प्रत्यय जोडिइ स्वन्त्रता भन्ने शब्दको उत्पत्ति हुन्छ । यसको सामान्य अर्थ खुलापन हो । कुनै पनि बन्धनबाट मुक्ति पाउनु भन्ने यसको वास्तविक अर्थ हुन्छ । स्वतन्त्रता शब्द वर्तमानमा प्रजातन्त्रका आत्माका रुपमा फैलिएको पाईन्छ । स्वतन्त्रता आजको विश्वमा अति आवश्यक भईसकेको छ । सबै मानिसहरुले बिना रोकतोक आफ्ना कामहरु गर्न पाउन् र कसैले पनि कसैको बिचार माथि अङ्कुस नलगाओस भन्ने बुझीन्छ । त्यस्तै आफ्ना क्रियाकलापहरु सञ्चालन गर्दा अरुलाई हानी नोक्सानी र अरुले पनि आफुलाई कुनै किसिमको नोक्सानी नपु¥याओस भन्ने भाव यस शब्दले गरेको पाईन्छ । हरेक नागरिकलाई दैनिक जिवन यापन गर्नका लागी आर्थिक स्वतन्त्रताको अति नै आवश्यक पर्छ । आर्थिक स्वतन्त्रता बिना प्रजातान्त्रीक समाजवाद अधुरो नै रहन्छ । आर्थिक स्वतन्त्रता भन्नाले आफुले उद्योग, कलकारखाना, व्यापार व्याबसाय सञ्चालन र श्रम गरि कमाएको सम्पत्ति स्वईच्छाले उपभोग गर्न पाउनु नै आर्थिक स्वतन्त्रता हो । यस्तो आर्थिक स्वतन्त्रता प्रजातान्त्रिक समाजवादमा मात्र सम्भव छ । स्वतन्त्रताले मानव जिवन सुखमय यापन गर्न सहयोग गदर्छ । स्वतन्त्रता धेरै किसिमका हुन्छन् । स्वतन्त्रतालाई निम्नानुसार वर्गिकरण गरिएको पाइन्छ प्राकृतिक स्वतन्त्रता , नागरिक स्वतन्त्रा वा समाजिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, राजनैतिक स्वतन्त्रता, व्यक्तिगत स्वतन्त्रता र धार्मिक स्वतन्त्रता लगायत विविध स्तन्त्रता समाजवादमा रहन्छ ।
प्राकृतिक स्वतन्त्रताः प्राकृतिक स्वतन्त्रता भनेको मान्छेको जन्मसिद्ध स्वतन्त्रता हो । मान्छे स्वतन्त्र जन्मन्छ र जन्मिसकेपछि सर्ववेदाङ्ग सामाजिक तरिकाले अनि कानुनी रुपमा ऊ बन्धनमा पर्छ । प्राकृतिक अवस्थामा मानिस आफ्नो इच्छानुसारको जुनसुकै काम गर्न पनि सक्थयो । त्यसैले उसलाई प्राकृतिक स्वतन्त्रता थियो । नागरिक स्वतन्त्रताः नागरिक वा समाजिक स्वतन्त्रता व्यक्तिले समाजको सदस्यको नाताले पाउने स्वतन्त्रता हो । यसमा व्यक्तिलाई शाररिक सम्पत्ति, विचार अभिव्यक्ति, न्याय तथा समानता आदिको स्वतन्त्रता पर्दछन । व्यक्ति जुन देशको नागरिक हो सोहि देशको कानुन र नियमानुसार स्वतन्त्रताको उपभोग गर्छ । आफु सन्तुष्ट नभएसम्म व्यक्तिगत र सामुहिक रुपमा आवाज उठाउनु पाउछ । राज्यको शासक विरुद्ध संघर्ष पनि गर्न पाउनुपर्छ ।
आर्थिक स्वतन्त्रताः मानव समाजका लागी दैनिक उपभोग गर्न चाहिने गाँस, बास, कपास, शिक्षा, स्वस्थ र रोजगारको लागी आवश्यक स्रोत अर्थ नै हो । कुनै पनि देशका नागरिकहरु आर्थिकरुपमा समान रहनु नै आर्थिक समानता हो । आर्थिक समानताको अर्काे अर्थ सम्पत्तीको समान र समयोचित वितरण गर्नु हो । हरेक मानवलाई बाँच्नको लागी आर्थिक समानता प्रमुख हो । देशका विपन्न तथा गरिब वर्गलाई भोक, रोग र अशिक्षाका साथै नाङ्गो आङलाई ढाक्नु पहिलो प्राथमिकता हो । विश्वका चर्चित सिद्धान्तहरु प्रजातान्त्रिक समाजवाद र माकर््सावादी साम्यवाद सिद्धान्तप्रति बिश्वास राख्ने जो सुकै नागरिकलाई पनि अर्थको पहिलो आवश्यक पर्दछ । सिद्धान्त र आर्दश भन्दा पनि हरेक नागरिकलाई बाँच्नको लागी आवासको साथै पेट भरि खान पाउनु र एक सरो कपडा लगाउन पाउनु महत्वपूर्ण कुरा हो । त्यसैले राज्यले हरेक नागरिकलाई सम्पत्तीको समान वितरण र आर्थिक उपार्जन गर्न पाउने अधिकार उद्योग कल कारखाना व्यबसाय गर्न पाउने अधिकार आय आर्जन र सम्पत्तीको उपभोग गर्न पाउनु नै आर्थिक समानता हो । यो बिना अन्य समाानताको अर्थ हुदैन । महामानव विपि कोइरालाका अनुसार समाजमा अर्थिक क्रान्ति ल्याउनु नै समाजवाद हो । समाज परिवर्तनको मुख्य आधार पनि आर्थिक परिवर्तन नै हो ।
राजनैतिक स्वतन्त्रता ः सबै नागरिकहरुले राजनैतिक रुपमा समान अवशर पाउनुपर्छ भन्ने हो । राज्य सञ्चालनमा सबै नागरिकले समानरुपले भाग लिन पाउनु र आफ्नो प्रतिनिधि छान्ने स्वतन्त्रता हुनु नै राजनैतिक समानता हो । त्यस्तै उम्मेदवार बन्ने, मतदान गर्ने निवार्चन पक्रियाबाट राज्य सञ्चालनमा प्रतक्ष्य सशभागी हुने अवशर पनि सबै नागरिकहरुले समानरुपले पाउनुपर्छ । यहि नै राजनैतिक स्वतन्त्रता हो । बहुदलिय प्रजातन्त्रको एउटा अभिन्न अङ्ग राजनैतिक स्वतन्त्रता पनि हो । यसले मानिसलाई पूर्ण स्वतन्त्र बनाउन सहयोग गर्छ । आफ्नो अधिकारका बारेमा सोच्न र अधिकारको सहि उपयोग गर्न पनि राजनैतिक समानताले सहयोग गर्छ । राजनैतिक स्वतन्त्रता पनि प्रजातन्त्रको अभिन्न अङ्ग हो । आफ्नो राज्यमा बस्ने सबै नागरिकहरुले वालिक मतअधिकारका भाग लिन पाउनु र राजनितिमा कुनै न कुनै रुपले भाग लिन पाउनु नै राजनैतिक स्वतन्त्रता हो । यसबाट नागरिकले आफुले रोजेको दल र सो दलको व्यक्तिलाई आफ्नो प्रतिनिधिको रुपमा छनोट गर्न पाउनु निर्वाचित प्रतिनिधिले निश्चित समयको लागी संविधानमा व्यबस्था भए बमोजिम राज्य शासन सञ्चालन गर्न पाउछन् । राजनैतिक स्वतन्त्रताबाट नै सबै किसिमका स्वतन्त्रता प्राप्त हुन सक्छ । यस अन्तर्गत दल वा पार्टी संघ सस्था वा संगठन खोल्न पाउने अधिकार रहन्छ । आफ्नो बिचार सम्प्रेसण गर्न हरेक नागरिकलाई स्वतन्त्रता रहन्छ । यस्तो स्वतन्त्रता बहुदलिय प्रजातन्त्र ब्यबस्थामा मात्र सम्भव छ । निरंकुश राजतन्त्र, शैनिक शासन, एकदलिय साम्यवादी शासनमा स्वतन्त्रता र समानता पाईदैन । त्यसैले आज विश्वका अधिकांश मुलुकहरु बहुदलिय प्रजातान्त्रीक ब्यबस्थाप्रति आकर्षित भएका छन् । बहुदलिय प्रजातान्त्रीक ब्यबस्थामा मात्र मानव अधिकारको ग्यारेन्टी रहन्छ । त्यसैले हामी सबै नागरिकले स्वतन्त्रता र समानताको रक्षाका लागी बहुदलिय प्रजातान्त्रीक ब्यबस्था नै रोज्नु पर्छ । यसैगरि राजनैतिक स्वतन्त्रताको सन्दभैमा विपिको भनाइ यस्तो छ कि “दल विहिन वा एकदलिय ब्यबस्था स्वइच्छाचारी हुन्छ निरंकुश प्रवृति वा शासकले नागरिकलाई यातना दिन्छ र मौलिक हक अधिकारको उपेक्षा गरेको हुन्छ त्यसैले हरेक नागरिकको कल्याण बहुदलिय प्रजातन्त्रमा मात्र सम्भव छ ।”
धार्मिक स्वतन्त्रता ः मानिस जन्मने बित्तिकै आफ्नो कुल, धर्म, संस्कृति, परम्परा र संस्कार अनुसार कुनै न कुनै धर्मसंग सम्बन्धित हुन्छ । हरेक मानिसलाई आफ्नो विश्वास र कुल परम्पराको आधारमा धर्म गर्न कानुनले छुट दिनुपर्छ । यहि नै धार्मिक स्वतन्त्रता र समानता हो । धार्मिक समानता नभएको अबस्थामा समाजमा अशान्ति, हत्या, हिंसा, उत्पन्न हुन्छ । युद्ध हुन्छ । त्यसैले राज्यको शासकवर्गंले कुनै पनि धर्मलाई हतोत्साहित गर्न हुदैन । जनताको धार्मिक स्वतन्त्रता माथि आघात पुग्ने काम सरकारले गर्नु हुदैन । त्यसैले धार्मिक समानता निकै महत्वपुर्ण मानिन्छ ।
धर्मिक स्वतन्त्रता मानव समाजमा अनिवार्य छ । राज्यको शासकले धर्ममा प्रतिबन्ध लगाउछ भने मुलुकमा अशान्ति फैलिन सक्छ । त्यसैले शान्तमय समाजको सिर्जनाको लागी धार्मिक स्वतन्त्रता अनिवार्य छ । हरेक नागरिकले आफ्नो कुल परम्परा अनुसारको धर्मको प्रचार प्रसार अध्ययन अनुसन्धान र स्वतन्त्र रुपमा धर्म संस्कृतिको प्रचार गर्न पाउनु नै धार्मिक स्वतन्त्रता हो । राज्यले वा कोही कसैले पनि कुनै धर्म र संस्कृतिप्रति जवरजस्ती थोर्पन पाउदैन । त्यसैले हरेक नागरिकलाई धार्मिक आधारमा भेदभाव गर्न पाईदैन ।
नैतिक स्वतन्त्रताः नैतिक स्वतन्त्रता पनि मानव समाजमा अनिवार्य नै हुन्छ । नैतिक स्वतन्त्रताले मानवसमाजमा नैतिकताको बिकास गराउछ । नैतिकताको प्रभाव सामाजिक र राजनैतिक दुबै क्षेत्रमा पदर्छ । नागरिकलाई यसले समाज र राष्ट्रिको नैतिक जिम्मेवारी लिन सिकाउछ । आदर्श र समाज राष्ट्रको कल्पना नागरिकको समुचित नैतिक स्वतन्त्रतामाथि आधारित छ । यो पनि व्यक्तिगत स्वतन्त्रताभित्र पर्छ । नैतिकता भन्ने कुरा देशका हरेक नागरिकमा हुनु अनिवार्य छ । तर एउटा व्यक्तिको स्वतन्त्रताले अर्काे व्यक्तिको स्वतन्त्रतामा हानी पु¥याउनु भने हुैदन । मानव चेतनाले स्वतन्त्रताको माग गर्दा स्वतन्त्रताको रक्षा राज्यबाटै हुनुपर्छ । राज्यले कानुन बनाई यस्तो परिस्थति निर्माण गदर्छ जहाँ स्वतन्त्रताको रक्ष सम्भव छ ।
व्यक्तिगत स्वतन्त्रताः व्यक्तिको चौतर्फी बिकास गर्नु कानुनको उद्देश्य हो । कानुनी राज्यले मात्रै हरेक व्यक्तिको स्वतन्त्रताको अनुभुति गर्न सक्छ । कानुने सदा स्वतन्त्रताको रक्षा गर्छ । जहाँ स्वतन्त्रता छैन त्यहाँ कानुन पनि छैन । स्वतन्त्रता र कानुन एक अर्काका परिपुरक हुन् । यी दुबै एकअर्कामा आधारित पनि हुन्छन् ।
बहुदलीय प्रजातान्त्रीक मुलुकमा नागरिकका प्रतिनिधिहरुबाट ऐन नियमको निर्माण गरिन्छ । जनताको प्रतिनिधिले बनाएको संबिधान, ऐन,नियमले मात्र जनताको भलो गर्छ । जनतालाई आघात पर्ने कानुन जनताका प्रतिनिधिले बनाउदैनन् । नागरिकलाई कानुनी स्वतन्त्रता प्राप्त हुन्छ । त्यसैले आज विश्वका अधिकांश मुलुकहरु ब्हुदलीय प्रजातान्त्रिक संससदिय व्यवस्थाप्रति आकर्षित भएका छन् । यहि प्रजातान्त्रिक व्यवस्थामा मानव अधिकारको रक्षा ग्यारेन्टी हुन्छ । कानुनी राज्यमा सार्वभौमसत्ता जनतामा निहित भई प्राकृतिक स्वतन्त्रता ,नागरिक स्वतन्त्रा वा समाजिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, राजनैतिक स्वतन्त्रता, धार्मिक स्वतन्त्रता,नैतिक स्वतन्त्रता र व्यक्तिगत लगायतका स्वतन्त्रता व्यक्तिले प्राप्त गर्दछ । यी कुरा बहुदलीय प्रजातान्कि शासन व्यवस्थामा मात्र सम्धव भएकाले हामीले आफ्नो स्वतन्त्रताको रक्षको लागी यहि व्यवस्था नै रोज्नुपर्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |