Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विन्दवासिनी मन्दिर बनाउन कपालकोटमा श्रीमद्भागवत सप्ताह

प्रभातफेरी अनलाइन २९७४ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ २१, आईतबार (८ साल अघि)
विन्दवासिनी मन्दिर बनाउन कपालकोटमा श्रीमद्भागवत सप्ताह

पनौती / पोखराको नमूना बमोजिम विन्दवासिनी मन्दिर निर्माणानार्थ बृहत श्रीमद्भागवत महापुराण सप्ताह विहीवारबाट पनौतीको कपालकोटमा शुरु भएको छ । तिमल्सिना बन्धु समाजद्धारा आयोजित सप्ताह २६ गते सम्म संचालन हुने आयोजक समितिका उपाध्यक्ष बुद्धिकृष्ण तिमल्सिनाले जानकारी दिए ।
आचार्य युवा पण्डित श्री विष्णुहरि बडालले बाचन गर्ने कार्यक्रमको सभासद रामहरि सुवेदीले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै उनले पनौती त्रिवेणीघाट सँगै कपालकोट पनि धार्मिक महत्वको स्थान रहेको उल्लेख गर्दै यसको विकासमा सबै लाग्नु पर्ने बताए । उनले यस क्षेत्रको विकासका लागि संसदिय विकास कोषबाट काम भइरहेको जानकारी दिदै विन्धवासिनी मन्दिर निर्माणका लागि रु सात लाखदेखि १० लाखसम्म सहयोग गर्न आफु तयार रहेको बताए ।
पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले गुरु योजना सहित कपालकोटलाई पर्यटकीय क्षेत्र बनाउन लाागिएको बताए । उनले विन्दवासिनी मन्दिर निर्माणका लागि सक्दो सहयोग गर्न आफु तयार रहेको बताए । कार्यक्रममा उपमेयर गीता बञ्जाराले वडाबाट आएका योजनाहरुलाई प्राथमिकता दिदै जाने बताइन । हाल सम्म मन्दिर निर्माणका लागि तीन लाख भन्दा बढी चन्दा संकलन भएको आयोजक समितिका कोषाध्यक्ष तुल प्रसाद तिमल्सिनाले बताए । पनौती ८ का धु्रव तिमल्सिना र बनेपाका कैलास तिमल्सिनाले २५÷२५ हजार सहयोग गरेका छन ।
सप्ताहको आयोजकका रुपमा तिमल्सिना बन्धु समाज अन्र्तगत १०८ वर्षीय विश्वनाथ तिमल्सिना, ऋषेश्वर तिमल्सिना, बृद्धिकृष्ण तिमल्सिना, राम प्रसाद तिमल्सिना, काँगे्रस पूर्व सभापति इन्द्रमणि अधिकारी तथा सांसद रामहरि सुवेदी रहेका छन् । सप्ताहबाट उठेको रकमले पनौती ,७ मा रहेको कपालकोटमा विन्दवासिनी मन्दिर निमार्ण गरिने आयोजक समितिका अध्यक्ष ऋषेश्वर तिमल्सिनाले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0