Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बर्षा शुरु भयो तर अझै टहराकै बास

प्रभातफेरी अनलाइन २७७२ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ ६, मंगलबार (८ साल अघि)
बर्षा शुरु भयो तर अझै टहराकै बास

काभ्रेमा ७ प्रतिशत मात्र घर बने

बनेपा ÷ दुई वर्ष अघि भूकम्पमा परि आफ्नो परिवारका पाचँ जना सदस्य सहित घर गुमाएका काभ्रेको माहाभारत गाँउपालिका बनखुचौरका ४२ वर्षे गजबहादुर मुक्तानको बास अहिले पनि टहरा मै छ । भूकम्प गएको दुई वर्ष नाघिसक्दा पनि आर्थिक अवस्था कमजोर भएकै कारण घर बनाउन नसक्दा उनि टहरा मै आफ्नो दैनिक गुजारदै आएका हुन । तस्रो बर्ष बर्षा शुरु भयो तर अझै घर बनाउन रकमको अभावले नसकेको उनले गुनासो गरे ।

‘टहरामा घाम पानी हावा संग संघर्ष गरेर बसेको नि दुई वर्ष वित्यो अझै अवस्था उस्तै छ ।’ मुक्तानले दुखसो पोख्दै भने ‘न आफ्नो आर्थिक अवस्था राम्रो छ न सरकारले सहयोग नै गर्छ घर निर्माण कार्य अलपत्र छ ।, उनले दुखसो पोख्दै भने ‘विहान वेलुकाको छाक टार्न मुस्किल भएको गुनासो पोखे । ‘साहुसंग ऋण काटेर घर बनाउने कुरा त परै जाओस विहान बेलुकाको छाक टार्न हम्मे हम्मे पर्न थालेको छ ।’ भुकम्पकमा परि मुक्तानको बुवा, छोरा र भाईको ३ जना बच्चाको मृत्यु भएको थियो । भने घाईते भएका आमा र नातिनिको उपचार गर्न कठिन हुने गरेको गुनासो पोखे ।

मुक्तान जस्तै दुई वटा वर्षा टहरामै काटेका बन्खुकै कान्छा मगरलाई पनि बर्खा नजिकिएसंगै चिन्ता हुने गरेको बताउछन् । ‘पोहोर सालको बर्खा त्रिपाल मै रात कटायौ तर यो वर्ष भने छिमिकीसँग एक लाख रुपैया ऋण गरेर घर बनाए, अझै पुर्ण गर्न सकेको छैन ।’ उनले गुनासो पोख्दै भने ‘तिन लाख अनुदान कुर्दा कुदै अस्थायी टहरामा बिजोग हुने भएसंगै ऋण गरेर घर बनाए ।, सरकारले पैसा दिने भनेपछि अहिलेसम्म जस्ताको छाप्रोमै आश्रय लिइरहेको थिए ।, उनले थपे ‘२५ महिना बितसक्यो सरकारको अनुदान आउँदैन ऋण घरेर घर बनाए ।’ उनले जग्गा बन्धकी राखेर एक लाख रुपैया ऋण लिएर घर बनाए ।

मगर र मुक्तान त प्रतिनिधि पात्र हुन दुई वर्ष वितिसक्दा पनि जिल्लामा ७ प्रतिशत मात्र आवास पुर्ननिर्माणको काम भएको छ । राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख धु्रव गैडाका अनुसार ६९ हजार ४ सय ४६ परिवारका भुकम्प पीडित मध्ये १७ सय ७९ ले मात्र घर बनाएको बताए । ‘सम्झौता भएका ६२ हजार ९ सय ९१ मध्य ६० हजार ४ सय २१ ले पहिलो किस्ता लगे भने दोस्रो किस्ता लाने १७ सय रहेका छन् ।’ उनले थपे ‘१ सय २८ ले तेस्रो किस्ताका लागि निवेदन दिएका छन् ।, दोस्रो किस्ताका लागि योग्य भइसकेका थुप्रै गाउपालिका नगरपालिकामा भएको सिमाना हेरफेर, कर्मचारीको सरुवा तथा अप्रयाप्ततका कारण पुर्न निर्माणले गति लिन नसकेको पीडितहरुको गुनासो छ । करिव चार हजार घर निर्माणका लागि स्विकृती लिएका गैर सरकारी संस्थाले एक सय ४० मात्र घर निर्माण गरेका प्राधिकरणका प्रमुख गैडाले जानकारी दिए ।

बर्षायाम नजिकिएसंगै सरकारले दास्रो किस्ता रकम समयमै नदिदा अवास पुर्न निर्माणले गति लिन सकेको छैन । जिल्लामा दोस्रो किस्ताका लागि ५ हजार भन्दा बढी लाभग्राहीले निवेदन दिएको शहरी विकास भवन डिभिजन कार्यालयका प्रमुख अष्टलाल सुवालले जानकारी दिए । ‘घर बन्नेक्रम बढेको छ तर गाविस नगरपालिका संरचना फेरवदलले काममा ढिलाइ भइरहेको छ ।’ सुवालले भने मुलुक नयाँ संरचनामा गएसँगै गाविसहरु फेरबदल र कर्मचारी अपुग हुदाँ दोस्रो किस्ताको रकमको पखाईमा रहेका भूकम्पपीडितहरु मारमा परेका हुन । भुकम्प गएको दुई वर्ष वितिसक्दा पनि आवास पुर्न ःनिर्माणले भने अझै गति लिन सकेको छैन । पहिलो किस्ता लगेको सात महिना वितिसक्दा पनि सात प्रतिशम मात्र घर बन्न सुरु गरेका छन् ।

विद्यालय पुर्न निर्माण सुस्त गतिमा

भूकम्प पछि क्षतिग्रस्त जिल्लाका अधिकास विद्यालयको पुननिर्माण हुन सकेको छैन । दुई वर्ष देखि घाम पानी हावाहुरी समस्यामा पर्दै आएका विद्यार्थी विद्यालयको समयमै पुर्न निर्माण नहुदा समस्यामा पर्दै आएका छन् ।

जिल्ला शिक्षा कार्यलयका अनुसार भुकम्पबाट क्षति भएका ४ सय दश विद्यालय मध्य २० वटा बनिसकेको र ७१ वटा बन्ने क्रममा रहेको जिल्ला शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार २० विद्यालय एडिवीको सहयोगमा बनेको हो भने अन्य भने विभिन्न संघसंस्था र केन्द्रीय कार्यलयको सहयोगमा निर्माण हु्न लागेको बताए । पाचँ विद्यालयले भने कामदारको अभावमा विद्यालय भवन बनाउन नसक्ने भन्दै स्थिकीत गरेको जिल्ला शिक्षा कार्यलयका गोविन्द सेडाईले जानकारी दिए ।

जिल्लाका ५ सय ९९ सामुदायिक विद्यालय मध्ये ३ सय ५३ पूर्ण रुपमा र एक सय ७४ विद्यालयमा अधिक क्षति पुगेको थियो । गैरसरकारी संस्था र शिक्षा कार्यलयको बजेटमा बनेका अस्थायी सिकाई केन्द्रले नै जिल्लाका ५ सय ९९ सामुदायिक विद्यालयको शिक्षण सिकाइ कृयाकलाप धानिरहेका छन् । शिक्षा कार्यलयले पनि क्षतिग्रस्त संरचना हटाउन, अस्थायी व्यवस्थापन गर्न, खानेपानी, शौचालय लगायतको व्यवस्था गर्न जिल्लाका ५ सय २७ विद्यालयलाई ७ करोड ३४ लाख ५५ हजार रुपैया बिनियोजन गरेको थियो ।

दुई वर्ष देखी त्रिपालमुनी स्वास्थ्य सेवा

विनासकारी भुकम्पले स्वास्थ्य संस्था पुर्ण रुपमा क्षेत्री भएसंगै काभ्रेको बनखु स्वास्थ्य चौकीले दुई वर्षदेखी त्रिपालमुनी बाट सेवा दिदै आएको छ । भूकम्पले क्षेति भएको भवन समयमै उचित मर्मत सुधार र पुर्न निर्माण नभएसंगै जिल्लाका कतिपय ग्रामीण भेगका स्वास्थ्य संस्था पालमुनीबाटै सेवा दिदै आएका हुन । ‘दुई वर्ष भयो पालबाट सेवा दिदै आएको ।’ जिल्ला स्वास्थ्य कार्यलयका सुचना अधिकृत नारायण केसी भन्छन् । स्रोत साधनको अभावमा टेन्टबाटै स्वास्थ्य सेवा दिन बाध्य छौ ।उनले थपे स्वास्थ्य संस्थामा पुर्न निर्माणले गति लिन सकेको छैन ।

घाम पानीले सोझै असर गर्ने भएकाले औषधी तथा अन्य स्वाथ्य सामाग्री समेत भण्डारण गर्न सेवा दिन कठिन हुने गरेको स्वास्थ्यकर्मीको गुनासो छ । जिल्लामा भुकम्प बाट पुर्ण रुपमा क्षेत्री भएका ४३ स्वाथ्स्य संस्था मध्य ९ वटामो मात्र पर्नु निर्माण भएपनि अझै अरु बन्न नसकेको जिल्ला स्वाथ्स्य कार्यलयका अधिकृत नारायण केसीले जानकारी दिए ।

आवास निर्माणमा स्रोत साधनको अभाव

सरकारले पुर्न निर्माणलाई तिव्र गतिमा लैजाने बताएपनि भुकम्प पिडितहरु आवास निर्माणमा स्रोत साधनको अभाव भएको गुनासो गर्छन । घर बनाउनका लागि अति आवश्यक पानि,काठ,गिटि बालुवा र सिकर्मी, डकर्मी, पुर्वाधार र जनशक्तिको अभाव भएसंग घर बनाउन समस्या भएको चण्डेनीमण्डन गाविसका रामगोपाल पराजुली बताउछन् । ‘घर बनाउन पानीको हाहाकार छ ।, झ्याल ढोकाका लागि आफ्नो भएको काठ मिलसम्म चिराउन लैजान समस्या छ ।,उनले थपे ‘रोढा बालुवा र सिकर्मी डकर्मीको समेत अभाव छ । भनेको समयमा काम गरे महंगो मुल्य तिर्छु भन्दा समेत पाईदैन ।’ पछिल्लो समय समानको अभाव भएसंगै निर्माण व्यवसायीहरुले गिटी बालुला ईटामा चर्को मुल्य वृद्धि गरेको पिडितहरुको गुनासो छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0