Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ठेकेदार भागेपछि घर निर्माण अलपत्र

प्रभातफेरी अनलाइन ७०३१ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ ६, मंगलबार (८ साल अघि)
ठेकेदार भागेपछि घर निर्माण अलपत्र

ज्ञानमणि नेपाल कालोटोपी

चण्डेनीमण्डन / विनासकारी भूकम्पले सबैभन्दा धेरै मानवीय क्षती वेहोरोको जिल्लाको मण्डनदेउपुर १० मा भर्खरै मात्र पूर्ननिर्माण शुरु भएपनि घर बनाउने ठेकेदार भागेपछी पीडितहरु झन पीडामा परेका छन् ।

गतवर्षको साउनदेखि यहाँका घरहरु बनाउने जिम्मा लिएका बारा जिल्ला घर बताउने ठेकेदार रामप्रित राम गत फागुनमा होली मनाउन भनेर घर गएका थिए । त्यस यता उनी अहिले सम्म सम्पर्कमा आएका छैनन् । उनले यसक्षेत्रका १३ वटा पक्कि घर बनाउने ठेक्का लिएका थिए । जसमध्ये २ वटा मात्र सम्पन्न भएका छन् । बाँकी घर निर्माण कार्य अहिले सम्म अलपत्र परेको स्थानियवासिहरुले गुनासो गरे ।

“विश्वासमा परेर कामको जिम्मा दियौं । अहिले धोका दिएर भाग्यो ।” पीडित उमेश नेपाल भन्छन् । सबै जसोसँग होली मनाउन भनेर पैसा मागेर लग्यो तर काम गर्न आएन । अब अरु कामदार खोजेर लगाउँदा खर्च झण्डै दोब्बर लाग्ने भएपछि यहाँका भूकम्पपीडितहरु निराश भएका छन् । ठेकेदार भागेपछि उनीहरुकै समुहका केहि कामदारहरुले काम त गरिरहेका छन् र तर उनीहरुले छुट्टै ज्याला मागेपछि समस्या परेको बताइएको छ । ठेकेदारले धोका दिएका कारण यहाँ एउटा घर बनाउन डेढ देखि २ लाख सम्म वढी लागत पर्ने पीडितहरुले गुनासो गरेका छन् ।

उसले जिम्मा लिएका धेरैजसो घरहरुमा पहिलो तल्लाको गारो निर्माण समेत सकिएको छ । ढलान, प्लाष्टर लगायतका भित्री कामहरु बाँकी नै छ । पैसा पनि काम गरेको भन्दा धेरै लगिसक्यो । अब ठेकेदार आउँदैन रे । समस्या पार्ने भयो, पीडित मध्येकै बद्री प्रसाद नेपालले चिन्ता व्यक्त गरे । राम्ररी काम गरेको भए अहिले सम्म त्यो ठेकेदारले अरु १५ वटा जति घर बनाउने काम पाउँथ्यो । विश्वासमा परियो, अहिले समस्या परेको छ । ठेकेदार सम्पर्कमा आएन, खोज्न जाउँ उसको घर पनि कहाँ हो थाहा छैन । समस्यामा परियो ।

स्थानियस्तरमा दक्ष कामदार नभएकाले यसरी बाहिरबाट घर बनाउने मान्छे खोजेर ल्याउनु परेका कारण धोका खाएको यहाँका स्थानियहरु बताउँछन् । हामीले त धोका पायौं, अरुले घर बनाउने जिम्मा दिंदा मान्छे चिनेर मात्र काममा लगाउन पीडितहरुले सुझाव दिएका छन् । यस भेगमा अहिले सम्म ९८४ जनाले पहिलो किस्ताको रकम लिएका छन् । जस मध्ये १५७ वटा घर निर्माण शुरु गरिएको र ४४ जनाले दोस्रो किस्ताको रकम समेत पाएको यहाँको पूर्ननिर्माणमा सहयोग गरिरहेको संस्था कारितास नेपालले जनाएको छ ।

फोटोः ठेकेदार भागेपछि निर्माण अलपत्र परेका चण्डेनीमण्डनमा निर्माण हुँदै गरेका घरहरु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0