Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नमोबुद्धलाई नमुना बनाउन सहयोग गर्छु : सांसद सुवेदी

प्रभातफेरी अनलाइन ७५०९ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ ११, आईतबार (८ साल अघि)
नमोबुद्धलाई नमुना बनाउन सहयोग गर्छु : सांसद सुवेदी

आयोजना लिन केन्द्र आउनुपदैनः अर्थ सचिव खनाल

धुलिखेल ÷ नमोबुद्ध नगरपालिकाले नगरलाई सुन्दर र समृद्ध बनाउनका लागि विज्ञहरु सँग संवाद तथा अन्र्तक्रिया शुरु गरेको छ । नगरको बासिन्दा भएर विभिन्न मन्त्रालय तथा अन्यमा रहेर काम गरिरहेका विज्ञहरुलाई बोलाएर नमोबुद्ध नगरपालिकाले अन्र्तक्रिया गरेको हो ।
कार्यक्रममा सांसद रामहरी सुवेदीले नमोबुद्ध नगरपालिकालाई नमुना बनाउन सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले पहिला पनि नगरको विकासका लागि सहयोग गरेको स्मरण गदै भविष्यमा पनि यसको विकासका लागि सहयोग गर्ने बताए । उनले नमोबुद्ध जस्तो धार्मिक स्थल भएको यस नगरलाई आर्थिक रुपमा समृद्ध बनाउ सहयोग गर्न तयार रहेको बताए ।
अर्थ मन्त्रालयका सचिव राजन खनालले स्थानीय निकायमा अधिकार सम्पन्न भएकाले अव केन्द्र सम्म धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । कार्यक्रममा बोल्दै अर्थ सचिव खनालले विकास निर्माणका लागि केन्द्र सम्म धाउनुपर्ने अवस्थाको अन्त्य स्थानीय निकायको चुनावले गराएको बताए ।
उनले स्थानीय निकाय बलियो बनेको बताए । अव तपाईहरु नगरको विकासका लागि केन्द्र सम्म जानुपदैन, सबै प्रदेशमा स्थानीय तहको चुनाव भएपछि स्थानीय सरकार बलियो बन्छ । उनले केही समय संक्रमणका कारण केन्द्रले स्थानीय निकायलाई निर्देशन दिएको भएपनि सबै स्थानीय निकायमा चुनाव भएपछि त्यसको अन्त्य हुने बताए । उनले स्थानीय निकायका लागि स्थानीय निकायमा उठेको राजस्व, केन्द्रबाट आउने अनुदान र केन्द्रिय सरकारले उठाएको राजस्वबाट बाँडफाड गर्ने बताए । कानुनहरु बन्ने क्रममा रहेकाले पनि गाँउ र नगरका जनप्रतिनिधिहरुमा कामको अस्पष्टता देखिएको छ । उनले भने ति सबै कानुन बनेपछि सथानीय सरकार बलियो हुन्छ ।
कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव गोपीकृष्णा मैनालीले नमोबुद्ध नगरलाई समृद्ध र सुन्दर बनाउनका लागि जलधार, जलविद्युत, धार्मीक पर्यटन, थान्का पेन्टिङ लगायतका कार्यक्रमलाई महत्वपुर्ण रुपमा गर्नुपर्ने बताए । अधिकार के आयो आएन महत्वपूणृ कुरा होइन, नगरले जनतालाई समृद्धि बनाउने योजना ल्याए की ल्याएन त्यो महत्वपूर्ण हो । उनले नगरका विकासका लागि नयाँ भिजन सहित काम गर्नुपर्ने बताए ।
नमोबुद्धका प्रमुख टिपी शर्माले नगरपालिकालाई समृद्ध बनाउन विज्ञहरु मार्फत सुझाव सल्लाह लिनका लागि कार्यक्रम गरिएको बताए । उनले नगरलाई नेपाल कै नमुना बनाउन यो आयोजना गरिएको बताए । उनले नगर विकासका लागि विभिन्न चुनौतीहरु रहेको बताए । हामी विभिन्न गाँउहरु मिलेर बनेको नगरपालिका हो, यहाँ पूर्वधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत यहाँको समस्या रहेको बताए ।
कार्यक्रममा डा. खिमलाल देवकोटा, युवराज सग्रौला, उद्योग मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालले स्थानीय सरकारलाई अधिकारबाट बञ्चित गराउने सडे्यन्त्र भएकाले जनप्तिनिधिहरु सचेत रहनुपर्नेमा जोड्दिए । कार्यक्रमको स्वागत नमोबुद्धका कार्यकारी अधिकृत भोलाप्रसाद चाँपागाईले नगरले शुन्य समयबाट काम शुरुवात गरिएकाले धेरै अवसरै अवसर रहेको बताए । कार्यक्रममा धुलिखेल नगरपालिका मेयर अशोक व्याञ्जू, उपमेयर विमला शर्मा। नमोवुद्ध नगर उममेयर राममाया तामाङ, सञ्चारकर्मी, वडा अध्यक्ष लगायतको उपस्थितिरहेको थियो ।
करेन्टलाग्दा १ को मृत्यु
काभ्रे समाचारदाता
काभ्रे, असार ९ । पनौती नगरपालिका वडा नं ४ दुधमिलको गेट अगाडि शुक्रवार दिउँसो १ बजे करेन्ट गालेर एक जनाको मृत्यु भएको छ ।
दुग्ध विकास संस्थानको मुलगेट अगाडि रहेको रुख काट्न लाग्दा हाँगाले विद्युतको मुख्य लाइनमा छोएपछि करेन्ट लागेको प्रहरीको भनाई छ । मृत्यु हुनेमा सिन्धुली अमलबास घर भई पनौती बस्दै आएका वर्ष ३५ का विकास ब्लोन रहेको प्रहरी चौकी पनौतीका ईञ्चार्ज शिवहरी कार्कीले जानकारी दिएका छन् ।
काभ्रेमा जेसीबीको डिलर

बनेपा । काभ्रेको बनेपामा पनि जेसीबीको डिलर सञ्चालनमा आएको छ । युवा ब्यवसायि दिपेन्द्र मानन्धर लगायतका ब्यवसायिहरुले सञ्चालनमा ल्याएको उक्त डिलरको राष्ट्रिय उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यद्धय सुरकृष्ण वैद्य र दिलसुन्दर श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै पहिलो पटक जिल्लामा हेभि ईक्वीप्मेण्टको डिलर भित्र्याएकोमा खुशि ब्यक्त गरे । वैद्यले भने जिल्लामा अहिलेसम्म यस्तो ईक्वीप्मेण्टको डिलर खोलेको छैन, युवा साथिहरुले सञ्चालनमा ल्याएकोमा खुशि छु । उनले अहिलेसम्ममा जिल्लामा विकास निर्माणको नाममा भित्रिएका जेसीबी धेरै भउपनि यकिन रुपमा यति नै छ भन्ने कुराको जानकारी नभएको भन्दै त्यसको लागि निर्माण ब्यवसायिहरुले विवरण लिनु पर्ने बताए । ‘त्यसरी जिल्लामा भित्रिएका जेसीबीहरु निर्माण ब्यवसायिको नाममा कर छुटको लागि लयाउने तर चलाउने वेलामा अर्कैले चलाउँदै आएको पाएको छु, त्यसो नगरी ल्याएको ब्यक्तिले नै चलाउन आग्रह पनि गर्दछु ।’ उनले भने ।
यस्तै अर्का राष्ट्रिय उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दिलसुन्दर श्रेष्ठले जिल्लामा भएको विकास निर्माणको काममा धेरै जेसीबीहरु सञ्चालनमा आएकोले अब विक्रीका लागि पार्टपूर्जा मात्रैन भई ममर्तको लागि पनि काम शुरु गर्नुपर्ने बताए । अब विक्रीको लागि मात्रै नभई ममर्त केन्द्र सञ्चालनको लागि पनि उतिकै आवश्यक छ ।’ श्रेष्ठले भने, ‘त्यसको लागि मेशिन खरिदमा धेरै रकम लाग्ने भएकाले बैकबाट कम ब्याजमा ऋण उपलब्ध गराउने बातावरण समेत तयार गर्न आवश्यक छ ।’
कार्यक्रममा पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा र काभ्रे मिनिबस सेवा समितिका अध्यक्ष राजेश सुन्दर सैजु लगायतले जेसीबीको आवश्यक्ता र यसको बजारीकरणको लागि सञ्चालनमा ल्याएको डिलरले पु¥याउनु पर्ने सुविधाको वारेमा बोलेका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0