Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आलु सुपरजोन कार्यक्रमलाई उदाहरणीय बनाउन जोड

प्रभातफेरी अनलाइन ७७३४ पटक पढिएको प्रकाशित मिति: २०७४ भाद्र ४, आईतबार (८ साल अघि)
आलु सुपरजोन कार्यक्रमलाई उदाहरणीय बनाउन जोड

बनेपा / प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजाने कार्यान्वयन इकाई (आलु)को ०७३÷०७४ को समीक्षा र ०७४÷०७५ मा सञ्चालन हुने कार्यक्रमहरुको बजेट प्रस्तुत गर्न सरोकारवालाहरुसँग अन्तक्र्रिया आइतबार सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व उद्योग राज्यमन्त्री एवं सांसद कञ्चनचन्द्र वादेले सुपरजानेको प्रगतिका बारेमा सम्बन्धित समितिमा राखी युवाहरुलाई कृषिमा लाग्न प्रोत्साहन गरी विदेशिनबाट कमि ल्याउने उल्लेख गरेका थिए । सरकारले राम्रोसँग अध्ययन गरेर काभ्रेमा आलु सुपरजोन लागू गरिएको चर्चा गर्दै कृषिलाई फाष्ट ट्रयाक प्रणालीमा अघि बढाउन बजार, लेबर र उद्योगका कुरा सम्बन्धित ठाउँमा राख्ने पनि उल्लेख गरेका थिए ।
पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले सुपरजोनमा कृषक समूहहरुलाई टपटप टिपेर नर्भे सम्बन्धित नगरमा कार्यक्रमबारे जनचेतना मूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने बताउँदै भूगोल हेरेर कार्यमा अगाडि बढ्न अनुरोध गरेकी थिइन् । पाँचखाल नगर कृषिको शहर भन्ने नारालाई सुपरजोनले सार्थकता दियोस् र पाँचखाललाई विषादीमुक्त अभियानलाई सुपरजोनले सघाउन पर्ने बताइन् ।
बनेपा नगरका उपप्रमुख रेखा दाहालले सुपरजोनले आलुको विउ विजन सहुलियत रुपमा उपलब्ध गराउन बजेटको व्यवस्था हुनुपर्ने भन्दै सुपरजोनले आलुका परिकार तयारी गर्ने उद्योगसम्म स्थापना गरी रोजगारी प्रदान गर्ने खालका कार्य गर्नुपर्नेमा जोड दिएकी थिइन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले जिल्ला वन कार्यालयलाई लक्षित गर्दै समितिसँग समन्वय नगरी आफैले समूहहरू बनाई कार्यक्रमलाई नै लक्ष्य अनुरुप नलिजाँदा अप्ठ्याराहरु आएको संकेत गर्दै सुपरजोनको लक्ष्य अनरुप समितिबाट छलफल गरी सम्बन्धित कार्यालयहरु अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।
पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले जिल्ला वन कार्यालयले आफ्नो सुपरजोन समितिसँग किन समन्वय नगरी कार्यक्रम गरेका हुन् भनी ध्यानाकर्षण गरेका थिए । अध्यक्ष तिमल्सिनाले आलुखेतीमा सुपरजोनले आलुको विउमा सुद्धिकरण, विउमा कृषकलाई सहुलियत र खेतीमा विषादी न्यूनीकरण गर्ने खालका कार्यक्रमहरु ल्याउन जरुरी रहेको बताए ।
कार्यक्रममा सुपरजोन लागू भएका जिल्ला सिँचाई कार्यालयका डि.ई. पूर्ण श्रेष्ठ, भूसंरक्षण कार्यालयका प्रमुख धिरेन्द्र प्रधान, वन कार्यालयका प्रमुख प्रेमप्रसाद खनालले आफूले ०७३÷०७४ मा पूरा गरेका कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रा.स. रामदरेस रायले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने धन्यवाद ज्ञापन प्रा.स. बलदेव के.सी.ले व्यक्त गरेको कार्यक्रमको सभापतित्व सुपरजोन समितिका अध्यक्ष हरिराम खतिवडाले गरेका थिए ।
सुपराजोन कार्यान्वयन इकाईका प्रमुख दिपक पौडेलले ०७३÷०७४ को कार्यक्रमको बारेमा जानकारी गराउँदै सुपरजोनमा १५ कृषक समूह, ३२ कृषि सहकारी, ३ कृषि फर्म, ३ जलउपभोक्ता समूह गरी ८ सय ३० हे. जमिन बराबरको सुचिकृत भएको र तेस्रो चौमासिकबाट आफ्नो कार्यालयबाट कार्य शुरु भएको बताए ।
कार्यक्रमबाट टिस्यु कल्चर ल्याब तथा ग्रिनहाउसको निर्माण गरी वार्षिक १ लाख पि.वि.एस. आलुको दाना उत्पादन भई गुणस्तरीय विउ उत्पादन गर्न सहज, २ वटा माटो परिक्षण गर्ने मिनिल्याब स्थापना, १० मेट्रिक टनको रष्टिक ल्याब स्थापना, २ वटा जैविक विषादी प्रयोगशाला स्थापना, कष्टम हायरिङ तरिकाबाट कृषि यन्त्र प्रयोग गर्न पाउने र आलुखेतीतर्फ यान्त्रिक प्रयोगले खर्च लागत घट्ने प्रविधि र प्राविधिक क्षमता बृद्धि गरिएको जानकारी प्रमुख पौडेलले दिएका थिए ।
त्यसैगरी कार्यालय प्रमुख पौडेलले २०७४÷०७५ मा सञ्चालन हुने २४ शीर्षकमा बजेट बाँडफाँड गरी कुल ४ करोड ४१ लाख २३ हजारको बजेट समेत सार्वजनिक गरेका थिए । समितिका सदस्य जगन्नाथ गिरीले वन कार्यालयका प्रमुख प्रेम खनाल प्रगति आपत्ति जनाउँदै उम्कने र भड्किला कुरा गरेर मात्र सुपरजोनको परिभाषा पुरा गर्न सकिँदैन, सुपरजोनको लाखौं रकम खर्च गरेको २ वटा पुस्तिका प्रकाशन गर्न कसले अधिकार दियो ? के वन कार्यालयका प्रमुखले अध्ययन गर्न सक्दैनथे कि बनेपा पनौती लिची र कटरका बिरुवा वितरण गरेको प्रगति विवरण प्रस्तुत गर्दा कृषि कार्यालयसँग समन्वय गरेको भए हुने थियो कि भन्ने जिज्ञासा राखेका थिए ।
उपस्थित सरोकारवालाहरुले सुपरजोन कार्यक्रममा काभ्रेमा उदाहरणीय हुनुपर्नेमा जोड दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0