Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बि.सं.२०७४ साल भदौ २२ गते बिहीवारको राशिफल

प्रभातफेरी अनलाइन ९४६० पटक पढिएको प्रकाशित मिति: २०७४ भाद्र २२, बिहिबार (८ साल अघि)
बि.सं.२०७४ साल भदौ २२ गते बिहीवारको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन अल्लि संघर्षकर रहेको देखिएको छ । साविकभन्दा बढी कोसिसले मात्रै ईच्छित कार्यमा केही सफलता मिल्नसक्ने छ । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ । बुद्धिमततापूर्वक फजुलका विषयबाट पन्छिनु आज यहाँको लागि उपयुक्त हुनेछ, अन्यथा खतिक्षति हुनसक्ने र पश्चाताप पर्ने सम्भावनालाई नकार्न सकिन्न । आवश्यकभन्दा बढी यात्रा हुनसक्ने सम्भावनालाई पनि गोचरले लक्षित गरेको देखिन्छ । संयमपूर्वक स्वकर्ममा लगनशील रहनाले केही लाभ हुनेछ । यहाँको लागि आज तीन अंक र पहेंलो रङ्गको प्रयोग एवम् माँ बगलामुखीको श्रद्धाभक्ति गर्नु शुभप्रद हुनेछ ।
वृष राशि :
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल रहेको देखिन्छ । आयआम्दानी बढ्ने तथा उद्यमव्यवसायको विकास हुनेछ । आफ्नो कामकार्य तथा पेशामा सकारात्मक विचारपूर्वक अघि बढ्नेको लागि दिन उपलब्धिमूलक रहनेछ । आफन्तीहरुसँग भेट्घाट हुन र व्यवहारिकता निर्वाह गर्न पर्नेछ । स्वजनको शुभसमाचार सुन्न पाइने छ । आज यहाँको लागि २ अङ्क, सेतो रङ्गको प्रयोग अनुकूल रहनेछ भने विद्यार्थीले माँ सरस्वतीको श्रद्धाभक्ति गर्नु कल्याणप्रद हुनेछ ।
मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन केही मानमर्यादा एवं अवसरको सम्भावना छ । आत्मबलमा ह्रास आउनाले प्राप्त हुने उपलब्धिलाई सम्हाल्न नसिकने हो कि भन्ने लक्षण देखिन्छ । राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी थपिनसक्ने लक्षण छ । व्यापार व्यवसायबाट लाभ गर्नसकिने छ भने उच्च आहोदाका व्यक्तित्त्वसँग भेटघाट हुनसकिने र आडभरोसाजन्य आश्वासन मिल्नसक्ने छ । यहाँलाई आज एक अंक, रातो रङ्ग शुभ रहने छ भने आत्मबल बढाउन ज्योतिषीय दृष्टिमा माँ बगलामुखीको सेवा आराधना गर्नु  उचित देखिन्छ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन अध्यात्मिक ज्ञान तर्फ मन उत्प्रेरित हुने र धार्मिक कार्य सम्पादन हुनसक्ने छ । समाजसेवाका कार्यमा पनि सहभागि हुने अवसर मिल्नेछ । व्यवसायमा लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ भने केही अगाडि बढ्ने छन् । जागिरबाट पनि सन्तोष भइनेछ । आज यहाँहरुलाई नौ अंक पहेलो रंग र माँ सरस्वती एवम् वगलामुखीको सेवाभक्ति शुभ हुनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन त्यति सहज छैन । स्वास्थ्यमा समस्या देखिने तथा ईज्जत–प्रतिष्ठामा चुनौती थपिने र खर्च बढ्नसक्ने छ । कार्यमा विघ्नबाधा आइपर्ने, शत्रु सल्बलाउने जस्तो प्रतिकूलता देखिन सक्नेछ । आफ्नै बुद्धिले दुःख पाइनसक्ने पनि हुनसक्ने छ । तसर्थ व्यवहारिक तरिकाबाट सजगता अप्नाउनाले नसोँचिएको तर्फबाट केही उपलब्धि हुनसक्ने छ भने अप्रत्यासित अर्थलाभ हुनसक्ने छ । आत्मबल बढाएर संघर्ष गर्नाले अन्तिममा सफलता मिल्नेछ । रोगी तथा दीनदुखीको सेवा सहयोगमा समयको सदुपयोग गर्नाले ग्रहको प्रतिकूलदोषलाई न्यूनिकरण गर्न मद्दत हुनेछ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन भौतिक एवं मनोरञ्जनपूर्ण कार्यमा सफलता मिल्ने खालको छ । जीवनसाथी वा प्रेमीको सहयोगले व्यवसायिक तथा पेशागत कार्य अघि बढ्न सक्नेछ भने अन्य क्षेत्रमा पनि मद्दत मिल्नेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद–प्रमोदपूर्ण दिन चर्या व्यतित हुने देखिन्छ । मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्नसकिने छ । गोचरले विशेष स्थानको यात्राको संयोगलाई पनि जुराइरहेको देखिएको छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ हातपार्न सकिनेछ । राजनीति तथा समाजसेवा आदि क्षेत्रमा पनि अनुकूलता देखिएको छ । यहाँले आज विपरित लिङ्गीलाई उपहार दिनाले विशेष अर्थ राख्नेछ ।
तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन पराक्रम बढ्ने छ । केही महत्त्वपूर्ण काम सम्पादन गरी पौरख देखाउन सकिनेछ । सही ढङ्गले समयको सदुपयोग गर्नाले प्रतिस्पर्धामा सफलता पनि हात लाग्नेछ । स्वकार्यबाट राम्रो उपलब्धि गर्न सकिने छ । व्यवसायिक क्षेत्रबाट राम्रो आर्थिक लाभ गर्न सकिने छ । आरोग्यता र कान्तिमा बृद्धि हुनाले अकर्षण पनि बढ्ने छ । रोकिएर रहेका काम पूरा गर्न सकिने छ । आज यहाँलाई हरियो रङ्ग, छ अङ्कको प्रयोग शुभ रहने छ भने माँ बगलामुखीको श्रद्धाभक्ति उपयुक्त हुनेछ ।
वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन विद्यार्थीको लागि बढी उपयोगी रहनसक्ने छ । बुद्धिविवेकमा बृद्धि हुने तथा त्यसको सदुयोग गर्न पाइने छ । सर्वसाधारणको हकमा पनि दिन स्वभाविक उपलब्धिकर नै रहनेछ । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्नसकिने र प्रशंसा पनि मिल्नेछ ।सैद्धान्तिक पक्षमा खरो उत्रन सकिने छ । कर्मक्षेत्र तथा व्यवसायमा प्रगति हुनाले आर्थिक लाभ गर्न पनि सकिने छ । सन्ततीको तर्फबाट सुख एवम् सन्तोष पाइनेछ । आज यहाँलाई पाँच अंक, रातो रङ्गको उपयोग शुभ हुनेछ भने विद्याक्षेत्रलाई सहयोग पुर्याउनु पूण्यकर हुनेछ ।
धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन कार्यक्षेत्रमा केही अड्चनको सामना गर्नपर्ने ग्रहगोचर परेको छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु बढ्ने छन् । आज शुभेच्छुक एवं सहयोगीको कमि महसूस हुनेछ । आफ्नै विचारमा पनि संकिर्णता आइदिनाले मानसिक द्वन्दको शिकार भइने छ । सल्लाह गर्न बस्ने तर झगडा गरेर उठ्ने जस्तो पर्नसक्ने सम्भावना भएकोले  बैठक आदिमा नया“ विषयमा चर्चा गर्दा संयम हुनु बुद्धिमानी हुनेछ । मनलाई सकारात्मक तरिकाले सम्हाल्ने र स्वकार्यमा प्रयत्नशिल रहनाले संघर्षबाट केही लाभ भने गर्नसकिने छ र सफलता पनि मिलनसक्ने छ । माँ बगलामुखीको श्रद्धाभक्ति आज यहाँको लागि उपयुक्त हुनेछ ।
मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन हिम्मतिलो रहनेछ । शरीरमा शक्ति तथा स्फुर्ति एवम् जोशजाँगर बढेर आउने रकाम गर्न मनग्य रुचि बढ्ने छ । रोकिएर रहेको महत्त्वपूर्ण काम पूरा गर्न सकिनेछ । तपाईँको पौखर देखेर मान्छेहरुले प्रशंसा पनि गर्नेछन् । मुख्य कार्य सम्पादन गर्न सहयोग पनि जुट्ने छ । दाजुभाईबीचको सहकार्य अघि बढ्नेछ । हैसियत अनुसारको आर्थिक लाभ गर्न सकिनेछ । समयको अनुकूल प्रभावले लाभ एवम् सफलता प्राप्त हुँदा उत्साह तथा उमङ्ग बढ्नेछ । प्रतिस्पर्धामा विजय भइने तथा पुरस्कार आदि आकस्मिक लाभ हातपार्न र सामाजिक प्रख्याति कमाउन सकिनेछ । आज तीन अङ्क, हरिया रङ्गको प्रयोग र माँ बगलामुखीको दर्शनभक्ति गर्नु शुभप्रद हुनेछ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन दिनलाई सकारात्मक नै मान्न सकिन्छ तथापि हुनपर्ने जति काम हुनलाई ग्रहको केही अबरोध देखिएको छ । जसले गर्दा मुख्यकाम कार्यमा अल्लि कठिनाई भने पर्नसक्ने छ । त्यसको लागि केही उपाय अबलम्बन गर्नु उपयुक्त हुनेछ । बोलीवचनको प्रभाव सकारात्मक नै पर्नेछ भने आर्थिक क्षेत्र पनि अनुकूल नै देखिएको छ । परोपकार एवम् समाजसेवाका कार्यमा पनि सरिक हुने मौका मिल्नसक्ने छ भने नाता–कुटुम्ब सम्बन्धमा सुधार आउनेछ । आज यहाँहरुको लागि दुई अंक, सेतो रङ्गको प्रयोग शुभ रहने छ भने भैरवदेवको श्रद्धाभक्ति गर्नु हितप्रद हुनेछ ।
मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन ग्रहको केही बाधाअबरोधको बाजुतपनि ईज्जत तथा मानप्रतिष्ठा बढ्ने खालको छ । भौतिक उन्नति हुने तथा सुखसन्तोष मिल्ने योग परेको छ । तथापि अपेक्षित मुख्य कार्यमा केही अड्चन आउनसक्ने देखिएको भने छ । बाँकी जनव्यवहारमा ग्रहगोचरको प्रभाव सामान्य नैै देखिएको छ । व्यवसायिक लाभ प्राप्त हुने र स्वजनहरुबाट प्रोत्साहन मिल्नसक्ने छ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग शुभ रहनेछ भने बाधा अड्चन निवारणको लागि इष्टदेवको श्रद्धाभक्ति तथा साधना बढाउनु उपयुक्त हुनेछ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
राशिफल सम्बन्धि थप
  • आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

  • दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

  • पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

  • आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0