
प्रभातफेरी अनलाइन ८८५९ पटक पढिएको प्रकाशित मिति: २०७४ आश्विन २५, बुधबार (८ साल अघि)
काठमाडौं– आधुनिक तथा लोक पप गायक डिल्पु मोक्तान पुनः दोस्रो एल्वम ‘बेस्ट अफ लक’ लिएर आएका छन् । लामो समयदेखी गायन क्षेत्रमा रहेर दर्जनौं गितहरूमा आफ्नो सुमधुर स्वर भएरका मोक्तन लोक पप, आधुनिक तथा सेलो गितहरूमा आफ्नो स्वर भरेका छन् ।

२०६६ सालमा पहिलो सांगितिक कोसेली लिएर सांगितिक क्षेत्रमा प्रवेश गरेका काभ्रेली युवा मोक्तान सांगितिक क्षेत्र आफ्नो रहर भएको बताउँछन् । ठूलो पर्सेल आवाजमा सुनकोशी नदीको तिरैमा बोलको गितमा समेत स्वर दिएका उनले पहिलो कोसेलीमा आठवटा गित गाएका थिए । हालै सार्वजनिक गरिएको लोक पप गितिएल्वम बेस्टअफ लकमा ६ वटा गितहरू समावेश गरिएको छ । सङ््स नेपालले ल्याएको उक्त एल्वमको गित तिमी बाहेक कोही रोज्या छैनको भिडियो समेत सार्वजनिक भइसकेको छ ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |