Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

महांसंघको तेश्रो पुर्ण बैठक सम्पन्न, धुलिखेलमा भएको निर्णयलाई कार्यान्वयन गर्न सहमत

प्रभातफेरी अनलाइन ४८५९ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन २९, मंगलबार (७ साल अघि)
महांसंघको तेश्रो पुर्ण बैठक सम्पन्न, धुलिखेलमा भएको निर्णयलाई कार्यान्वयन गर्न सहमत

495प्रल्हाद शर्मा हुमागाई
काठमाडौं-नेपाल पत्रकार महांसंघ केन्द्रको तेश्रो पुर्ण बैठक प्रदेश नं २ को राजधानी जनकपुरमा सम्पन्न भएको छ । २१ र २२ गते केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
जनकपुरमा सम्पन्न तेश्रो पूर्ण बैठकले लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मौलिक हकप्रति पूर्ण प्रतिवद्धता व्यक्त गर्दै श्रमजीवी पत्रकारको हकहितको पक्षमा रहेर अघि बढ्नको लागि बिभिन्न निर्यय सहित बैठक सम्पन्न भएको थियो ।

जसमा श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयनमा सरकारी उदासिनताप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई तत्काल कार्यान्वयनका लागि सशक्त आन्दोलनका कार्यक्रमसहित चार महिने कार्ययोजना तय गर्ने भएको छ । नेपाल पत्रकार महासंघको सुझाव र न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिस बमोजिम पत्रकारहरुको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय भएको छ । बैशाख २२ गते नेपाल पत्रकार महासंघको सबै प्रदेशमा प्रादेशिक निर्वाचन सम्पन्न गर्ने भएको छ ।

पत्रकार महासंघको पहलमा पत्रकारको दुर्घटना विमा सञ्चालन भइरहेको छ । स्वास्थ्य वीमाको थप योजना अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै थप प्रभावकरी बनाउन सहयोग गर्न सम्बन्धित सबैमा आग्रह गर्ने भएको छ । पत्रकार महासंघले यसअघिको बैठकवाट सुरुआत गरेको सदस्यता शुद्धीकरणको अभियानलाई प्रभावकारीरुपमा अघि बढाउने निर्णय गरेको छ । पत्रकारको पेशागत सुरक्षा, सम्पादकीय स्वतन्त्रता र पत्रकार आचारसंहिताको पालनामा पूर्ण प्रतिवद्धता व्यक्त गरेको छ । आमसंचारसम्वन्धी छाता ऐन निर्माण गर्ने सन्दर्भमा नेपाल पत्रकार महासंघले मस्यौदा तय गरी सरोकारवालासँग छलफलमार्फत सरकारलाई पेश गर्ने निर्णय भएको छ । संचारमाध्यमले मिडिया गाइडलाईन तय गरी अघि बढ्न आवश्यक रहेकाले श्रमजीवी पत्रकार ऐनको भावना र मर्मलाई आत्मसात गर्नेगरी कार्यान्वयन हुने दिशामा महासंघ सहजीकरण गर्ने भएको छ ।

महासंघले लोकतन्त्र, न्याय र स्वतन्त्रताका लागि आजीवन संघर्ष गरिरहेका जेष्ठ पत्रकारहरुको सम्मान आरम्भ गरिसकेको छ । प्रेस स्वतन्त्रता सेनानी तथा जेष्ठ पत्रकारहरुको सम्मानका लागि सरकारसमक्ष कार्ययोजना प्रस्तुत गर्ने निर्णय गरेको छ । आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनको प्रक्रिया रोकिएकोप्रति सरकारको गम्भीर ध्यानकर्षण गराउँदै केन्द्र तथा सबै प्रदेशमा प्रतिष्ठान स्थापनाको प्रक्रिया अगाडि बढाउन सरकार समक्ष माग गर्ने भएको छ । “आफै श्रमजीवी, आफै सञ्चालक’ रहेका साना लगानीका संचारमाध्यमलाई बचाउन समानुपातिक विज्ञापन वितरणलगायत सञ्चार सामग्रीमा कर छुटसँगै बृत्ति विकास तथा तालिम सञ्चालनका लागि ‘साना लगानी मिडिया विकास कोष’ स्थापना गर्न सरकारसँग यो बैठक माग गर्दछ ।

प्रेस स्वतन्त्रता विरोधी अनलाइन निर्देशिका फिर्ता लिन आग्रह गर्दछ । साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र प्रत्याभूतिको प्रभावकारी व्यवस्था गर्न राज्यका सबै निकायमा बैठक आग्रह गर्दछ । प्रादेशिक संरचनाको अनुभूति हुने किसिमले राज्यका हरेक निकायमा सम्मान, पुरस्कार र अवसरलाई समावेशी र समानुपातिक किसिमले प्रदान गर्न बैठक माग गर्दछ । विभिन्न संचारमाध्यममा लामो समयदेखि कार्यरत स्टीङगर पत्रकारलाई प्रक्रिया पु¥याएर चाँडो स्थायी गर्नका लागि महासंघ सम्बन्धित संचारमाध्यको ध्यानाकर्षण गराउँदछ ।
धुलिखेलको बैठकको निर्णय अनुरुप महासंघलाई ट्रेड युनियन संस्थाको रुपमा विकास गर्नका लागि प्रतिष्ठान शाखालाई ट्रेडयुनियनमा दर्ता प्रकृया अगाडी बढाइनेछ । प्रेस काउन्सिलबाट हुने पत्रपत्रिका वर्गिकरणमा कसैमाथि विभेद तथा पूर्वाग्रही नहुने गरी प्रकृयासम्मत ढंगले गर्न गराउन महासंघले जोडदार माग गर्दछ । तराई मधेशमा आएको बाढीबाट प्रभावित पत्रकारका लागि राहतको तत्काल व्यवस्था गर्न लागि सरकारसँग जोडदार माग गर्दछ । साथै, यस विषयमा सरकारलाई दवावका लागि महासंघले पहलकदमी लिने निर्णय गर्दछ । नेपाल पत्रकार महासंघको केन्द्रमा तत्कालै तथा जिल्ला शाखा र प्रदेशहरुमा क्रमशः इल्याब्रेरीको स्थापना गर्ने निर्णय गरिएको छ । ऐतिहासिक, धार्मिक, साँस्कृतिक धरोहरको रुपमा रहेको राजर्षि जनकको पवित्रभूमि जनकपुरधाममा रहेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउनुका साथै यहाँका विभिन्न ऐतिहासिक सम्पदाको विकास तथा प्रवद्र्धनका लागि समाचार सामाग्री प्रकाशन, प्रकाशनको प्राथमिकतामा राख्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय गर्दछ छ ।

जनकपुरधाम क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि जनकपुर–अयोध्या सर्किट निर्माण गर्नुका साथै आवश्यक भौतिक संरचनाको निर्माणमा सरकारको ध्यानाकर्षण गराउदछौं । पत्रकार महासंघ केन्द्रीय समितिको यो बैठक सम्पन्न गर्न आतिथ्यता प्रदान गर्नेधनुषा शाखालाई बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ । बैठकलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्नढंगले सहयोग गर्नुहुने जनकपुरधामका नागरिक समाज, उद्योगी, व्यवसायी, सञ्चारकर्मी, बुद्धिजिवि, राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकाय र संस्थाहरुप्रती महासंघ आभार व्यक्त गर्दछ भन्दै पत्रकारहरुको हक हितको पक्षमा निर्णय गरेको छ ।

  • धुलिखेलमा भएको निर्णयलाई कार्यान्वयन गर्न सहमत
  • महांसंघको तेश्रो पुर्ण बैठक सम्पन्न
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0