तिमीसँग भेट नहुँद पुरै दिन लाग्छ किन खल्लोे खल्लो ।
बिर्सुं भन्छुु दिनरात आउँछ उनकै किन झ–झल्को ।।
डुबीरहन्छु हरेक पल उनकै यादमा तड्पीरहन्छु ।
देउ बरु विष मलाई पिइदिन्छु सारा पीडा सहन्छु ।।
तिम्रा ती रुपको जालमा फसि गर्न थालें तिमीलाई माया ।
डर लाग्छ किन किन आजकल त देख्दा पनि आफ्नै छायाँ ।।
सँगै जिउने वाचा कसम खाई हरेक पल हाँसीदिन्थिन् ।
तिमी बिनाको जीवन त खब सक्दिन जिउन भन्थिन् ।।
किन आज पराइ भई दोष लगाईन् मेरो मायामा ।
उनीसागको अतित सबै बनी पीडा पछ्याउँदैछ मेरै छाँयामा ।।
अब उनीहरु सुत्ने तरखरमा थिए । सागरको कोठा साँघुरो थियो । त्यस माथि पनि एउटै मात्र खाट थियो । उनीहरु दुबै जना एउटै खाटमा सुत्ने निर्णयमा पुगे । बत्री निभाएर उनीहरु खाटमा पल्टिए । भित्र भित्रै उनीहरुमा रोमान्चकता पैदा भएको थियो । नौलो अनुभूति गर्दै थिए । दुबैको विपरित लिङ्गीसँगको पहिलो सामिप्यता थियो । निन्द्रादेवीले पनि उनीहरुलाई साथ दिइरहेको थिएन ।जति नै निदाउने प्रयास गरे पनि दुबै जना निदाउन सकेको थिएन । रातको दुई बजिसकेको थियो तर दुबै निदाउन सकेको थिएन ।
अनिता सागर पट्टी फर्किएर सुस्तरी बोल्यो–‘सागर, निन्द्रा लागेन ?’‘अहँ निन्द्रा नै लागेन भन्या हेर न अनिता । तिमी पनि त निदाएकी छैनौ नि ।’ सागरले जवाफ दियो । उनीहरु फेरि एक अर्काको अँगालोमा बेरिए । आगोको छेउमा घिउ पग्लिनु स्वभाविकै थियो । उनीहरु पनि बिस्तारै पग्लिदै थियो । सागर बोल्यो–‘अनिता माइण्ड मगर है । आज हामी एक अर्कामा समर्पित बनौं न हुन्न ।’ यति भन्दै सागरले अकिताको अंग प्रत्यङ्गमा आफ्नो हात सल्बलाउन थाल्यो । अनिताले न त कुनै प्रतिकार नै गरिनन् ………….
प्रतिकार बिना नै नै उनीहरुको पल सुखद हुँदै जाँदै थियो । सागरले अनितालाई केराको बोक्रा कलाए झैं केलाउँदै गइरहेको थियो । त्यो रात उनीहरुको लागि अविस्मरणीय बन्दै गइरहेको थियो । उनीहरु स्वर्गिय आनन्दको आभास गरिरहेका थिए । एक अर्कामा समर्पित भइरहेका थिए । साथै उनीहरुमा कौतुहलता समेत बढ्रदै गइरहेको आभास उनीहरुम भईरहेको थियो । एक अर्कामा समर्पित भएर उनीहरुले पूरै रात बिताए ।
रातभर एक अर्काको अंगालोमा कसिएर एक पल पनि ननिदाई उनीहरुले रात कटाए । एक अर्काको सुख, दुःखमा जीवनभर साथ दिने वाचा कसम पनि उनीहरुले एक अर्कामा व्यक्त गरे । शारिरीक तृष्णालाई मेटाउँदै उनीहरुले सुखद भविष्यको कल्पना गर्दै सुन्दर भविष्यको मायाको संसारको योजना समेत बुन्न भ्याए त्यस रात । एक अर्काको समिपमा रहेर आफ्ना खुसीहरु साटासाट गरे । आफ्ना तीता मीठा भावहरु साटासाट गरे । लाग्थ्यो उनीहरु जस्तो सुखी र भाग्यमानी यो संसारमा कोहि छैन । जीवनमा आइपर्ने हर मोडमा दुबै एक भई समस्याहरुको हल गर्ने प्रबिद्धता समेत गर्न भ्याए ।
भोलिपल्ट बिहानै अनिताले चिया बनाइन् र दुबै मिली सँगै चिया पिए । रातभर अनिदो भए पनि उनीहरु दुबैमा अनिदोको कुनै आभास नै गर्न सकिदैनथ्यो । दुबैमा छुट्टै किसिमको सन्तुष्टीको झलक देखिन्थ्यो । अनिताले नै नास्ता र खाना तयार गरिन् । दुबैले खाना खाइवरी उनीहरु घुम्नलाई निस्किए । दिनभरी विभिन्न रमणीय स्थानमा घुमेर विताए । लगभग एक हप्ता सागरसँग बिताएर अनिता धरान फर्किइन् । उनी धरान फर्कदा उनीहरु दुबैले चाँडै भेट्ने वाचाका साथ छुट्टिएका थिए ।
उनीहरु दुबै जना जुन दिनदेखि छुट्टिएका थिए त्यसदिन देखि सामाजिक संजाल फेसबुक तथा मोबाइलको मार्फत एक अर्काको निरन्तर सम्पर्कमा रहिरहेका थिए । दिनहु तीन चार घण्टा उनीहरु सम्पर्कमा नै रहिरहेका थिए । एक अर्कामा सपनाहरु बुन्दै योजनाहरु बनाउँथे । यस प्रकारको उनीहरुको निरन्तर
क्रमशः. (घटना सत्य भए पनि पात्रहरु फेरिएका छन्)
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |