Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपालमा विमान दुर्घटना र चुनौती

प्रभातफेरी अनलाइन २६३३ पटक पढिएको प्रकाशित मिति: २०७० फागुन १२, सोमबार (१२ साल अघि)
Post Thumbnail

ज्ञानमणि कालोटोपी
नेपाली आकाशमा फेरी एकपटक विमान दुर्घटनाको अर्को श्रृंखला थपिएको छ । भर्खरै मात्र थपिएको यो ७७ औं श्रृंखला हो । नेपालमा हवाई यात्राको शुरुवात देखि अहिले सम्म करिव ७ सय ४० जनाले यसकै कारण ज्यान गुमाएका छन् । यो पक्कै पनि दुःख लाग्दो अवस्था हो । नेपालको भौगोलिक अवस्थाका कारण धेरै जसो हवाई दुर्घटनाहरु हुने गरेका भए पनि पछिल्ला दिनहरुमा यसको कारण खराव मौसम, विमान चरा सँग ठोक्किनु र प्राविधीक कारण लगायतबाट एक पछि अर्को दुर्घटनाहरु थपिने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । यी विविध कारणले दुर्घटनाहरु वढ्दै गएको भएपनि चालकको लार्पबाहिका कारण दुर्घटना भएको भने कमै मात्र देखिएको छ ।

नेपालमा पहिलो विमान दुर्घटना वि.सं. २०१३ साल जेठ १३ मा भएको थियो । इन्डियन एयरलाइन्सको यस विमान दुर्घटनामा १४ जना यात्रीको दुःखद निधन भएको थियो । त्यस पछि साना–ठूला दुर्घटनाहरु थपिंदै गए । सडक दुर्घटना जस्तो विमान दुर्घटनामा यात्रीहरुलाई घाइते अवस्थामा उद्धार गरिएका उदाहरणहरु ज्यादै कम मात्रामा आउने भएपनि केहि मात्रामा घाइते भएका घट्नाहरु पनि नभएका होइनन् । जे भए पनि विमान दुर्घटना आफैंमा एउटा कहाली लाग्दो अवस्था त हो नै त्यसमा पनि पछिल्लो पाँच वर्ष यता वर्षेनी झण्डै २ वटाको दरमा भएका दुर्घटनाहरुलाई फर्केर हेर्दा नेपालमा हवाईयात्रा साँच्चिकै जोखिमयुक्त रहेकै हो कि भन्ने अनुमान गर्न थालिएको छ ।

नेपालको विमान दुर्घटनाको इतिहास केलाउने हो भने सबै भन्दा ठूलो र वढी मानविय क्षति भएको दुर्घटना आजभन्दा २२ वर्ष अगाडि २०४९ साल असोज महिनाको १२ गते ललितपुरको भट्टेडाँडामा भएको दुर्घटनालाई लिन सकिन्छ । पाकिस्तानबाट नेपाल आउँदै गरेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको उक्त विमान दुर्घटनामा ३६ जना नेपाली नागरिक सहित विमानमा सवार सबै १ सय ६७ जना यात्रीहरुको दुःखद् निधन भएको थियो । संयोग नै हो, पछिल्लो पटक भक्तपुरको मनोहरा फाँटमा भएको सीता एयरलाइन्सको विमान पनि ०६९ असोज १२ गते नै दुर्घटना भयो । यस अर्थमा त्यो दिनलाई विमान दुर्घटनाको इतिहासमै कालोदिनका रुपमा लिन सकिन्छ । वि.सं. २०४८ सालमा रसुवा र नुवाकोट जिल्लाको घोप्टेभिरमा थाई एयरवेजको विमान दुर्घटना हुँदा १ सय १३ जनाको मृत्यु भएको थियो । यो पनि हवाई दुर्घटनाको इतिहासमा धेरै मानविय क्षति हुन पूगेको दुर्घटनाको रुपमा रहेको छ ।

विगत पाँच वर्ष यता नेपाली आकासमा भएका विमान दुर्घटनाहरुलाई सर्सती हेर्ने हो भने २०६५ साल असोज २२ गते सोलुखुम्बु जिल्लाको लुक्लामा यति एयरलाइन्सको विमान दुर्घटना भयो । यसमा १८ जनाको मृत्यु भएको थियो । त्यसै गरि २०६७ सालको भदौ ८ गते मकवानपुर जिल्लाको शिखरपुर स्थित तोरीबारीमा अग्नी एयरको विमान दुर्घटना हुँदा १४ जना यात्रीहरुको निधन भयो । ०६७ कै मंशिर २९ गते ओखलढुङ्गामा तारा एयरको विमान दुर्घटना भयो । यसमा २२ जना यात्रीहरुले ज्यान गुमाउनु प¥यो । यस्तै विमान दुर्घटनाको श्रृंखला ०६८ असोज ८ गते पनि दोहोरियो । बुद्ध एयरको सेवा शुरुको १४ वर्षको इतिहासमा यो उसको पहिलो विमान दुर्घटना थियो । ललितपुरको कोटडाँडामा भएको यस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो । ०६८ सालकै कार्तिक १ गते नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । २०६९ जेठ १ गते अग्नी एयरको विमान जोमसोममा दुर्घटना भयो । १५ जनाले यसमा ज्यान गुमाए । पछिल्लो पटक सीता एयरको विमान दुर्घटना काठमाडौं उपत्यका भित्रै मनोहरा खोला किनारमा भएको र १९ जनाको निधन भएको उपत्यकावासि र सम्पूर्ण नेपालीहरुको लागि अविष्मरणिय घट्ना हुन पुगेको छ । यस पछि पनि पटक–पटक दुर्घटनाको श्रृंखला दोहोरिइरहे । हालै मात्र गएको आइतबार (फागुन– ४ मा ) भएको नेपाल वायुसेवा निगमको विमान दुर्घटनाले नेपालको हवाई यातायातमा ठूलै चुनौती थपिदिएको छ । अर्घाखाँची जिल्लामा भएको यस दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । यसरी विगतलाई हेर्दा करिव ३५ प्रतिशत हवाई दुर्घटनाहरु दशैं, तिहार लगायतका ठूला चार्डपर्वहरुको मुखमै हुने गरेको देखिए पनि पछिल्लो दुर्घटना खराव मौसमका कारण भएको हुनसक्ने अनुमान गरिएको छ ।

यो कहाली लाग्दो श्रृंखलाका पछाडी कहिले विमानमा प्राविधिक समस्या त कहिले चरा सँग विमान ठोकिनु अनि खराव मौसम नै मुख्य कारण रहेको खुल्न आएको छ । यसरी सबै भन्दा छिटो र सुरक्षित मानिएको हवाई यात्रा नेपालमा भने दिनदिनै असुरक्षित बन्दै जानु पक्कै पनि राम्रो कुरा होइन । यसरी वढ्दै रहेको हवाई दुर्घटनालाई न्युनिकरण गर्न सरकारले खासै पहल गरेको देखिंदैन । दुर्घटना भईसके पछि घटनाको वास्तविकता पत्ता लगाउन छानविन समिती गठन गर्ने र घटना सेलाउदै गएपछि समितीले दिएको प्रतिवेदनलाई दराजमा थन्क्याएर राख्ने सरकारी कार्यले पनि विमान दुर्घटना वढाएको धेरैको अनुमान छ । अघिल्लो दुर्घटना भएको प्रतिवेदन पछि त्यस तर्फ सर्तकता अपनाउने हो भने पनि केहि हद सम्म यस्ता विनासकारी दुर्घटनाहरु रोक्न सकिने विज्ञहरु बताउँछन् ।

हुन त अन्र्तराष्ट्रिय निकायबाट नेपालको एक मात्र ठूलो र बाह्य देश सँगको सम्पर्क वढाउने त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थल उपत्यका वरिपरि भएका जंगल र त्यहाँ रहेका विभिन्न ३० प्रजातीका चराहरुका कारण असुरक्षित भएको निश्कर्ष निकालि सकिएको छ । त्यसमा पनि राजधानीमा दिनहुँ थुप्रिने गरेको फोहोरका कारण चिल, बाज, गिद्ध, हुचिल लगायतका चराहरु वढ्दै गएको र यीनीहरुकै कारण दुर्घटनाहरु हुने गरेको पनि प्रष्ट छ । नेपालको भौगोलिक अवस्था र मौसम खरावी जस्ता कारण पनि हवाईयात्राका मुख्य चुनौतीहरु हुन् । पुराना र धेरै वर्ष प्रयोगमा आईसकेका विमानहरुलाई समय–समयमा मर्मत नगरिंदा पनि दुर्घटना वढ्दै गएको तथ्यलाई पनि नकार्न सकिंदैन । दक्ष प्राविधिक र चालकहरुको अभावले पनि यस्तो त्रास वढाएको छ । यी र यस्तै विषयहरुलाई ध्यानमा राखेर सम्बन्धित निकायले काम गर्दै जाने हो भने आगामी दिनहरुमा पक्कै पनि यस्ता कहाली लाग्दा हवाई दुर्घटनाहरुलाई रोक्न सकिनेमा दुई मत छैन ।

ज्ञानमणि कालोटोपी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

  • पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

  • आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको LY२६/२७‘क्याबिनेट अफिसर्स स्कुलिङ’ गोदावरीमा सम्पन्न

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको LY२६/२७‘क्याबिनेट अफिसर्स स्कुलिङ’ गोदावरीमा सम्पन्न

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको LY२६/२७‘क्याबिनेट अफिसर्स स्कुलिङ’ गोदावरीमा सम्पन्न

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको LY२६/२७‘क्याबिनेट अफिसर्स स्कुलिङ’ गोदावरीमा सम्पन्न

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0