Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मगरले मनाए ‘माघ्या सकराटी

प्रभातफेरी अनलाइन ७२९३ पटक पढिएको प्रकाशित मिति: २०७५ माघ २, बुधबार (७ साल अघि)
मगरले मनाए ‘माघ्या सकराटी

 

धुलिखेल/ नेपाल मगर संघ धुलिखेल नगर समितिले आयोजना गरेको ‘माघ्या सकराटी’ पर्वलाई सम्बोधन गर्ने क्रममा धुलिखेल नगर प्रमुख अशोज व्याञ्जूले इतिहासमा कस्ले के ग¥यो कति ज्यादती भए भनेर इख लिने समय नभएको भन्दै अब जनजातीहरुले इतिहास कोर्नु पर्ने बताएका छन् ।

आफ्ना धर्म संस्कृतिको संरक्षण गर्नु जनजातीको दायित्व हो भन्दै उनले यदी जनजाती अतितका गलत क्रियाकलापलाई लिएर अल्झिए भने समृद्धि प्राप्त गर्न नसकिने बताए । उनले भनेः परिवर्तनलाई आत्मसात् गर्ने हो भने धर्म, सँस्कृति र सँस्कार तथा भाषा, भेषभूषाका बारेमा पश्चिमा सँस्कृतिले आक्रान्त पारेको छ त्यसतर्फ सचेत हुन आवश्यक छ ।

धुलिखेल नगर साझा फूलबारी भएको बताउँदै प्रमुख व्याञ्जूले भनेः नगर भित्र सबै जातजाती धर्म, सँस्कृति र भाषाले समान स्थान पाउँछन, त्यसैको एउटा उदाहारण हो मगर संघले आयोजना गरेको कार्यक्रम । कुनै पनि भाषा धर्म, सँस्कृतिलाई संरक्षण गर्नका लागि नगरपालिका कटिबद्ध छ ।

नेपालको एकिकरणमा पृथ्वीनारायाण शाहले जति भूमिका निर्वाह गर्नुभयो त्यतिनै मगर समूदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रमुख व्यञ्जूले भनेः यदि मगरहरु पृथ्वी नारायाण शाहको सेनामा दस्ताको रुपमा थिएनन भने आजको विशाल नेपाल देख्न सकिदैनथ्यो । त्यसैले इतिहासलाई सकारात्मक रुपमा लिन आग्रह गर्दै नेपालको पहिलो सहिद लखन थापा जसको ज्वलत्न उदाहरण भएको बताए ।

मगरजातीहरु भित्र यदि कोही बेरोजगार, सुकुम्बासी छन भने नगरपालिका ती बेरोजगारहरुका लागि शिक्षा, रोजगारी, सँस्कृति र सँस्कार, भाषा र भेषभूषा प्रवद्र्धन गर्न कटिबद्ध रहेका पनि प्रमुख व्याञ्जूले बताए । स्वरोजगार लगायतका पक्षमा नगरपालिका सदैव समर्पित भएको उदघोष गरे । केवल एक दिनको उत्सव गर्दैमा सबै अधिकारहरु प्राप्त हुन्छन भन्ने छैन त्यसका लागि निरन्तर लागिराख्नु पर्छ भन्दै उनले त्यसबाट मात्रै जनजातिहरुको समृद्धि हुने बताए ।

विविध साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदानको सो कार्यक्रममा उपप्रमुख विमला शर्मा, उद्योग वाणिज्य संघ घुलिखेलका अध्यक्ष मञ्जूकुमार कोजू, बौद्ध समाजका उपाध्यक्ष बिबी मगर, जिल्ला इञ्चार्ज लेखराम मगर, गायिका सावित्री रानामगर, ओ श्रेष्ठलगायतका वक्ताहरुले माघे संक्रान्तिको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा मगर समुदाय भित्र उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता नेपाल मगर संघ धुलिखेल नगर समिति अध्यक्ष कृष्ण कुमार थापा मगरले गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0