प्रभातफेरी अनलाइन७५७० पटक पढिएको | २०७५ फागुन २८, मंगलबार
–केशव थापा
बा–आमा मभन्दा पनि प्यारो किन हो त्यो मोबाइल
म चाहि होइन र हजुरहरुको कोखको प्यारो सन्तान ?
म पढूँ वा नपढूँ तपाँईहरु ठ्याम्मै हेर्न भ्याउनु हुन्न
मुन्टो उठाई हेर्छु मोबाइल बाहेक अन्त कतै पाउँन्न ।।
कृपया राम्रा पुस्तक एकछिन् साथ दिनु होस्न मलाई
मलाई नराम्रो गर्ने त्यसले राम्रो गर्ला र हजुरहरुलाई ।।
म बिग्रदा म मात्र हो कि बिग्रेलान पूर शाखा सन्तान
सर्वश्व पछि मोबाइलले आएर गर्ला त हाम्रो कल्याण ।।
फुच्चे बबुरो म ठूला हजुरहरुलाई सम्झाउ के गरी
बा–आमाको त्यती प्यारो मोबाइल म नखेलौं कसोरी ।।
हनहन ज्वरो आउँदा नि मलाई सामान्य रुघाको भन्ने
चर्पी जाँदा पनि छाड्न नहुने त्यो मातापिता धन्यधन्य ।।