Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अभियानले अकाल मृत्यृवरण हुनबाट उन्मुक्ती दिन्छ–न्यौपाने

प्रभातफेरी अनलाइन ४९४६ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र ५, मंगलबार (७ साल अघि)
अभियानले अकाल मृत्यृवरण हुनबाट उन्मुक्ती दिन्छ–न्यौपाने

पनौती-नेपाल सरकारको स्वास्थ्य वीमा कार्यक्रमलाई स्थायित्व दिने क्रममा पहिलो चरणको अभिमुखिकरण कार्यक्रमलाई गत विहिबार सम्बोधन गर्दै पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले हिजो सिटामोल नपाएर मृत्यृवरण गर्न पुगेका नागरिकहरुको पिडाका बारेमा चर्चा गर्दै राज्यको यो अभियानले अकाल मृत्यृवरण गर्न पुग्ने नागरिकहरुले उन्मुक्ती पाउने छन् भन्नुभएको छ । नेपाल सरकार स्वास्थ्य वीमा बोर्डको कार्यक्रमलाई नगरपालिकाको आफ्नै सभा कक्षमा सम्बोधन गर्दै अब मुलुकका कुनाकन्दरामा रहेका विपन्न नेपालीहरुले स्वाथ्यको क्षेत्रमा सकरात्मक अनुभूतिको स्वास लिने विश्वास व्यक्त गर्नुभयो ।

विहिवारबाट सुरु भएको स्वास्थ्य विमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम नगरपालिकाको नेतृत्व प्राप्त गरेको अवधिबाट तयार पारेको अवधारणाले आज आएर मुर्तरुप लिएको खुलासा प्रमुख न्यौपानेले गर्नुभयो । ४७ औँ जिल्लाको रुपमा काभ्रेपलाञ्चोक जिल्लाले अवसर पाएको छ । यसलाई व्यवहारिक रुपमा ढिलै भएपनि राम्रो कामको सुरुवात सम्झनुपर्छ । नगरवासिहरुले यसलाई सकारात्मक रुपमा लिने विश्वास व्यक्त गर्दै नगर प्रमुख न्यौपाने थप्नु हुन्छ–सबै नगरवासिहरुको स्वास्थ्यमा पहुँच बढाउन उहाँहरुको स्वास्थ्य उपचारका लागि लाग्ने खर्चको सहि सदुपयोग र व्यवसायपनको दायित्व नगरको भएको स्मरण समेत नगर प्रमुख न्यौपानेले गराउनुभयो । सुरुवाती दिनमा केहि कठिनाइ आएतापनि यसले दिर्घकालिन भने सकारात्मक सन्देश प्रभाव गर्नेमा आफू विश्वास भएको प्रमुख न्यौपानेको तर्क थियो ।

उक्त अभिमुखिकरण कार्यक्रमका बारेमा वरिष्ठ कार्यकारी अधिकृत विजयराज पौडेलको तर्क थियो –राज्यले प्रतिवादन गरेका हरेक नितिहरुलाई अक्षरस पालना गरी व्यवहारमा उतार्ने दायित्व कर्मचारीहरुको भएको खुलासागर्दै पौडेलको थप कथन छ–राज्यको यो अभियान जनता समक्ष पु¥याउन र व्यवहारमा उतार्न सकियो भने त्यो अभियानको सार्थकता भएको लिन सकिन्छ । यो नै स्वास्थ्य क्षेत्रका लागि अतुलनिय परिवर्तन मान्न सकिन्छ भन्ने धारणा राख्नुभयो ।
कार्यक्रममा वरिष्ठ प्रशासकिय अधिकृत इन्द्र प्रसाद अधिकारीले भन्नुभयो–यो अभियानलाई स्थापित गर्न त्यति सहजता नभएतापनि आलोचनात्मक टिप्पणीलाई सहन गर्न सकियो भने यस अभियानले सकारात्मक परिणाम ल्याउनेमा आफू आशावादी भने रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा पनौती नगरपालिकाका स्वास्थ्य संयोजक पुरुषोत्तम तिमल्सिनाको तर्क छ–राज्यले जुन निति अख्तियार गरेको छ् । सिटामोल नपाएर मृत्यृवरण गर्ने विवश नेपालीका लागि यो अभियान संञ्जीवनी हुनेछ । तसर्थ पनि हामी स्वास्थ्य कर्मीले आफ्नो स्थानबाट यो अभियानलाई सफल पार्न कुनै कसुर बाँकी राख्ने छैनौँ, भन्दै यस किसिमको क्रियाकलापलाई सफल बनाउने दायित्व हामी कर्मचारी हो । स्वस्थ समाज, सम्वृद्घ समाज निर्माणका लागि आफू मातहतका कर्मचारी मित्रहरुलाई राज्यको यो अभियान सफल पार्न सहयोग गर्न आग्रह समेत संयोजक तिमल्सिनाले गर्नुभयो ।

कार्यक्रममा नेपाल सरकार स्वास्थ्य वीमा बोर्ड प्रदेश नं. ३ का संयोजक सृजना पौडेल–यो कार्यक्रम निम्नस्तर आय भएका नेपालीका लागि अत्यन्तै प्रभावकारी हुने धारणा राख्दै राज्यले जुन उद्देश्य लिएको छ, त्यो अत्यन्तै सरहनिय छ, भन्दै अभिमुखिकरण कार्यक्रम गर्नुको आशय र प्रभावकारी बारेमा प्रस्ट्याउनु भएको थियो । नेपाल सरकार स्वास्थ्य वीमा बोर्ड टेकु काठमाडौँ बाट खटि आउनुभएका हेल्थ असिष्टेन एंव प्रशिक्षक उषा थापाको कथन छ–सहजिकरण र वीमाको महत्व सम्बन्धी वृत्तचित्र प्रस्तुत गर्दै काभ्रे जिल्लाका १३ वटै स्थानिय निकायमा चैत्र ५ गतेभित्रै पहिलो चरणको अभिमुखिकरण कार्यक्रम सम्पन्न हुने र “स्वास्थ्य वीमा दिवस” को अवसर पारेर चैत्र २५ गते प्रधानमन्त्री केपी ओलीको बाहुलीबाट काभ्रे जिल्लामा वीमा सम्बन्धी कार्यक्रम शुभारम्भ गरिने बताउनु हुदै प्रदेश नं. ३ मा छैठौँ जिल्लाका रुपमा काभ्रेमा अभियान शुभारम्भ हुने जानकारी समेत दिनुभयो । यस अघि भक्तपुर, मकवानपुर, चितवन। सिन्धुली रामेछाप शुभारम्ब भइसकेको छ । साथै विमित्हरुले जेठ १ गतेबाट वीमा सम्बन्धी सेवा सुविधा वीमा लागू भएका स्वास्थ्य संस्थबाट लिन सकिने व्यहोरा हेल्थ असिष्टेसन थापाले उक्त अवसरमा जानकारी गराउनु भएको थियो उहाँका अनुसार–स्वास्थ्य वीमा कार्यक्रमको उद्देश्य यस्तो रहेको खुलासा गर्नुभयो । जस अनुसार राष्ट्रिय स्वास्थ्य वीमा निति २०७१ ले नेपाली जनताको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्ने दिर्घकालिन लक्ष्य लिएको छ । गुणस्तरिय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य वीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने यस नितिको प्रमुख उद्देश्य रहेको बताउदै स्वास्थ्य सेवाका लागि पूर्व भुक्तानी प्राप्त गरी जोखिन न्युनीकरणको व्यबस्था गरेर सर्वसाधारणका लागि थप वित्तिय संरक्षण प्रदान गर्ने र स्वास्थ्य सेवा प्रवाहका क्रममा सेवाको गुणस्तर प्रभावकारीता दक्षता र जवाफदेहितामा सुधार ल्याउनु नै यस कार्यक्रमको उद्देश्य रहेको छ । तर कार्यक्रमबाट उपलब्ध नहुने सेवा सुविधाहरु तोकिएको मुल्य भन्दा बढी रकमका चस्मा श्रवण यन्त्र लगायतका स्वास्थ्य सम्बन्धी सहायक यन्त्र प्लाष्टिक सर्जरी ( उपचरात्मक अवस्था बाहेक) कृतिम गर्भधारण सेवा तोकिएको बमोजिमका अन्य सेवा, विमित्ले स्वास्थ्य सेवा लिने प्रक्रिया स्वास्थ्य वीमाको सेवा लिन अनिवार्य रुपमा विमित् सदस्यले स्वास्थ्य वीमा कार्ड लैजानुपर्दछ ।

उपचार सेवा प्रथम सेवा विन्दु राखिएको स्वास्थ्य संस्थाबाट नै लिनुपर्दछ । ( आकास्मिक उपचार बाहेक) आकास्मिक उपचार सेवा सुचिकृत जुनसुकै स्वास्थ्य संस्थाबाट लिन सकिन्छ साथै आकास्मिकको हकमा प्रेषण पुर्जाको जरुरी पर्दैन विमित् सदस्यले स्वास्थ्य सेवा उपयोग गर्दा सम्बन्धीत स्वास्थ्य संस्थामा उपलब्ध सेवाहरु मात्र प्राप्त गर्नेछन् उक्त संस्थामा नभएका सेवा लिन प्रेषण पुर्जा अनिवार्य लिई सो सेवा उपलब्ध हुने संस्थामा जानुपर्दछ । सेवा क्रियाशिल भएतापनि सुविधा थैलिमा रकम नभएको अवस्थामा उपचार सेवा लिन पाइने छैन ।

सदस्य आफैले रोजेको पहिलो स्वास्थ्य संस्थामा उपचार संभव नभएमा वा चिकित्सकले प्रेषण गरेमा माथिल्लो तहको सुचिकृत अस्पताल वा विशिष्टकृत वा अति विशिष्ट कृत अस्पतालहरुबाट पनि स्वास्थ्य सेवा पाउने व्यबस्था छ । त्यसरी सेवा लिन पहिलो स्वास्थ्य संस्थाबाट प्रेषण पुर्जा सहित प्रेषण भई जानुपर्नेछ स्वास्थ्य कार्यक्रमका सदस्यहरुलाई सेवा प्रदान गर्दा सेवा प्रदायक संस्थाको नियम अनुुसार सेवा प्रदान गरिने कुरा थापाले बताउनुभएको छ ।उक्त कार्यक्रममा नगर भित्रका वडा अध्यक्षहरु संचारकर्मी नागरिक अगुवा र स्वास्थ्य कर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता नगरपालिकाका स्वास्थ्य प्रमुख पुर्षाेत्तम तिमल्सिनाले गर्नुभएको थियो ।

  • अभियानले अकाल मृत्यृवरण हुनबाट उन्मुक्ती दिन्छ–न्यौपाने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0