Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पर्वतराजमा “आनन्द” लोकार्पण,राजदरवारमा जागीर नखाएकै कारण मान्छे बने-दुवाल

प्रभातफेरी अनलाइन ६३६९ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र १२, मंगलबार (६ साल अघि)
पर्वतराजमा “आनन्द” लोकार्पण,राजदरवारमा जागीर नखाएकै कारण मान्छे बने-दुवाल

पनौती-साहित्यकार तुयुकाजी ताम्राकारले समाजमा हुने विकृति विसंगती साथै सुख दुःखको बिषयलाई मध्यनजर राख्दै तयार पारेको “पर्वतराजमा आनन्द” नामाक कृति एक कार्यक्रमका बिच लोकार्पण भएको छ ।

आफुसंग भएको शक्तिको दुरुपयोग गर्दै समाजमा रहेका कमजोर बर्गको उठिवास लगाएर कमाएको अकुत सम्पत्तिको आडमा बिभिन्न खाले धर्म गरेर धर्म नहुने, साथै आफ्नो मनलाई शान्ति नभई अरुलाई देखाउने ढंगको ढोंगि कार्यले समाजलाई सकारात्मक शंदेश प्रदान नगर्ने भन्ने बिषयमा लक्षीत गर्दै तयार पारेको पुस्तकले समाजको आँखा खोल्ने कार्यमा सघाउने छ ।

कृति लोकार्पण कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ शाहित्यकार मोहन दुवालले राजनीतिमा भएको बिकृतिले सवै क्षेत्रलाई असर पु¥याएको बताउनु भयो । सकारात्मक बिषयहरु ओझेलमा पर्नु र नकारात्मक बिषयलाई बढी प्राथमिकता दिदा समस्या आएको बताउनु भयो । मुलुकमा ठुलाठुला राजनीति पविर्तन भए तर राजनीतिक कृयाकलापमा परिवर्तन आउन नसक्दा समस्या जटिल बन्दै गएको बताउनु भयो । मुलुकमा इतिहास सम्झनेहरु साथै समाजमा सकारात्मक सोच बोक्नेहरु थोरै भएको समयमा साहित्यकारहरुले तयार पारेको कृतिको ठुलो महत्व हुने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि दुवालले भन्नु भयो “मेरा भिनाजुहरु साथै भान्जा भान्जिहरु दरवारमा जागिर खानु हुन्थ्यो, २०२३ सालमा मलाई दरबारमा जागिर खानको लागि कालो कार लिएर घरमा आउनु भयो, मैले जान्न भनिदिए ” । सानै कलिलो उमेरबाटै मलाई दरवारको कार्य मन नपर्ने साथै आमुल परिवर्तनको पक्षमा आफु अगाडी बढेकै कारण दरवारमा जागिर खाईन ।

दरबारमा जागिरे भएको भए धेरै कमाईन्थ्यो तर म मानव भएर बाच्न सक्दिन थिए । आफु परिवर्तनको पक्षधर भएकै कारण ३० बर्ष सम्म शिक्षण पेसा गर्दापनि पेन्सन भएन । अहिले श्रीमतिको पेन्सन आउंछ सोही कमाईले व्यवहार टरेको छ, दुवालले भन्नुभयो । उहाँले थप्नुभयो पैसा कमाउने नाउमा दौडिएर दरवार पसेको भए आज म कताकता हराउंथे जागिर नखाएकै कारण मान्छे भएर आनन्दका साथ बाँच्न पाएको छु ।

कार्यक्रमका बिशेष अतिथि वरिष्ठ साहित्यकार ठाकुरप्रसाद भण्डारीले तुयुकाजि ताम्राकार द्वारा लिखित कितावले समाजको आँखा खोल्ने काम मात्र नभएर सकारात्मक मार्गमा डोहो¥याउने कार्य गरेको बताउनु भयो । सामाजिक प्राणिले गर्नुपर्ने कर्म र गर्नु नहुने कार्य के कस्ता रहेछन् साथै के कस्ता कार्यले मनमा शान्ति मिल्दो रहेछ भन्ने बिषयलाई पुस्तकमा समेटिएको बताउनु भयो ।

त्यसैगरी पुस्तकको बारेमा टिप्पणी गर्दै शिक्षासेवि रामप्रसाद अधिकारीले देश र जनताको माया गर्ने साथै अशल समाज निर्माणको बारेमा विगत देखि लम्कंदै आउनु भएका ताम्राकार कुनै पनि बिषयलाई मसिनो ढंगबाट अध्ययन गर्ने स्वभाव रहेको बताउनु भयो । लामो समय सम्म शिक्षण पेसा गरेर रिटायर हुनु भएका ताम्राकारले समाजको विकृति विसंगतिको अन्त्यको लागि प्रयास गर्दै पुस्तक तयार पारेको बताउनु भयो ।

कार्यक्रममा पुस्तक लेखक ताम्राकारले पनौती नगरलाई धार्मिकको साथै साहित्यीक क्षेत्रबाट समेत परिचित गराउने लक्षका साथ अगाडी बढेको बताउनु भयो । उहाँले थप्नुभयो नजताहरु भनेको इतिहासको भण्डारण हो, त्यस्तो महत्वपुर्ण जनतालाई शक्ति प्रयोग गर्दैै शोषण र अत्याचार गर्नेहरुले केही गर्दा पनि मुक्ति नमिल्ने बताउनु भयो । समाजमा रहेर अत्याचार गर्ने अनि सो पाप पखाल्न भन्दै काशिमा गएर डुबुल्की मार्ने कार्यलाई प्रहार गर्दै जानाजान अपराधिक कार्य गर्नेलाई केही गर्दा नि मुक्ति नमिल्ने बताउनु भयो ।

पनैती साहित्स समाजका अध्यक्ष रामशुन्दर देउजाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमम संस्थापक अध्यक्ष शुर्यप्रसाद लाकोजु समेतको उपस्थितिमा पुस्तक लोकार्पण भएको थियो । कार्यक्रमलाई भरपुर्ण मनोरञ्जन प्रदान गर्न कलाकार (गायक) द्वय सुरेन्द्र श्रेष्ठ र लक्ष्मण मताछे ले “हो नि रेशम ,मायालुको कसम” भाखाको पनौतीलाई समेटिएको गित प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा शिक्षा सेवि ,समाजसेवि, कलाकार, साहित्कारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम आयोजक पनौती साहित्य समाजका उपाध्यक्ष डा.सुमनराज ताम्राकारले स्वागत मन्तव्य द्वारा स्वागत गर्नु भएको थियो ।

  • पर्वतराजमा “आनन्द” लोकार्पण
  • राजदरवारमा जागीर नखाएकै कारण मान्छे बने-दुवाल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0