प्रभातफेरी अनलाइन२ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ९, मंगलबार(६ घण्टा अघि)
काठमाडौं, स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला रु १,६०० ले घटेर रु २ लाख ८७ हजार १०० कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु १४० ले घटेर रु ४ हजार ५९० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै पछिल्ला दिनहरूमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ।