Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पदिय दुरुपयागलाई बन्द गर

प्रभातफेरी अनलाइन ६१०१ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र २६, मंगलबार (६ साल अघि)
पदिय दुरुपयागलाई बन्द गर

मुलुकमा संविधान जारी भई अति हत्वपुर्ण नीति नियम निर्माणको चरणमा केही ढिला भएको मौका छोप्दै जिम्वारी तहमा रहनेहरुले पदीय दुरुपयोग गर्दै कानुन विपरित गर्ने कार्यले गर्दा जनताहरु पिल्सिएका छन् । आर्थीक चलखेल साथै शक्तिको दुरुपयोग गर्दै कानुन विपरित कार्य गर्दै मनोमानी ढंगको निर्णयले गर्दा सर्वसाधारण जनताहरु मारमा परेका छन् । शक्ति र पैसा भएकाहरुलाई कुनै कानुन नलाग्ने तर सर्वसाधारण जनताहरुलाई मात्र कानुन लाग्ने ढंगको कार्यको पक्षधर सक्रियता हुुँदा समेत सम्बन्धित निकायको ध्यान पुग्न सकेको अवस्था छैन । स्थानिय तहमा होस यात जिल्लामा रहेका अन्य महत्वपुर्ण कार्यलयनै किन नहोस आर्थीक चलखेलले व्याप्त भएको छ । जुन कार्यले गर्दा कानुनमा समानता नभई सर्वसाधारण सोझा सिदा जनतालाई मात्र कानुन लाग्ने जस्तो देखिन आएको छ ।

स्थानिय तहमा बिशेष गरेर बिकास निर्माणको कार्यमा शक्तिको भरमा चुहावट हुने गरेको छ । त्यस्ता चुहावटको कार्यलाई संरक्षण दिने कार्य प्राबिधिकहरुले भुमिका निर्वाह गर्दै गरेको जनगुनासो आई रहंदा समेत कसैको चासो पुग्न सकेन । सर्वसाधारण तर गुणस्तरीय विकास निर्माणको पक्षधरले वनाएको उपभोक्ता समितिले गरेको कार्यमा विभिन्न बहाना बनाई दुःख दिने तर शक्ति साथै आर्थीक चलखेलकै कारण गुणस्तर हिन कार्य गर्दा समेत उसलाई कुनै समस्या नहुने कार्यले गर्दा चुहावट रहित साथै गुणस्तरीय विकास निर्माण कार्य गर्ने पक्षधरहरु ओझेलमा परेका छन् । स्थानिय तहबाट हुने हरेक प्रकारको विकास निर्माणको कार्यमा आवश्यकताको पहिचान गरी विकास निर्माण कार्यमा वजेट व्यवस्था गर्नुभन्दा पहुँचको आधारमा चुहावटको लागि सहज हुने स्थानको पहिचान गर्ने कार्यले विकराल अवस्था निम्त्याएको छ ।

जिल्ला तहबाट हुने कार्यमा समेत शक्ति साथै आर्थीककै आधारमा कार्यहुने गरेको पर्याप्त उदाहरणहरु रहंदा समेत सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । कुनै पनि संघ संस्था दर्ता, नविकरण साथै नागरिकता बितरणमा समेत अनियमिता हुने गरेको छ । सामान्य जनताले यथार्थ विवरणको आधारमा कार्यगर्न धेरै प्रकारका कानुनी समस्याहरु देखाउदै धेरै दिन धाउनु पर्ने अवस्था हुने तर पहुच साथै आर्थीक सम्पन्न हुने पक्षलाई कानुनी प्रक्रिया सहज ढंगबाट मिल्ने कार्यले गर्दा सर्वसाधारण जनतालाई समस्या परेको छ । त्यसैगरी नविकरणको कार्यमा समेत कानुनले रोकेको बिषयलाई समेत शक्तिको आधारमा नविकरण हुने तर सोही प्रकारका कार्य गर्न टोपिका घेरा फाटेका बर्गलाई भने कानुनको ठेलीले रोक्ने यस्ता प्रकारका कार्यलाई बन्द गरी सम्पुर्ण नेपाली नागरीकलाई समान ढंगबाट कार्य गर्न गराउने वातावरण सृजना गर्दै पदिय दुरुपयोगलाई बन्द गर्न जरुरी छ ।

  • पदिय दुरुपयागलाई बन्द गर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0