Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सहकारीसंग समन्वय गरेर अगाडी बढ्न तैयार छौं – खरेल

प्रभातफेरी अनलाइन ६८५७ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र २६, मंगलबार (६ साल अघि)
सहकारीसंग समन्वय गरेर अगाडी बढ्न तैयार छौं – खरेल

पाँँचखाल-पाँचखाल नगरपालिकामा रहेको सहकारीहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “दिगो विकास लक्ष्य प्रप्तिका लागि सहकारी” भन्ने मुल नाराका साथमा अगाडी बढेको पाँचखाल उपत्यका सहकारी संञ्जालको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पाँचखाल बजार क्षेत्रको सफाई पश्चात अन्तरक्रिया कार्यक्रममा जुटेको हो ।

६० औं राष्ट्रिय सहकारी दिवसको अवसरमा, सहकारीमा स्थानिय सरकारको भुमिका बिषयक उक्त कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगरका प्रमुख महेश खरेल रहनु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख खरेलले नगरमा संञ्चालन भएका सहकारीहरुलाई व्यवस्थित ढंगबाट अगाडी बढाउने उद्देश्यले सहकारी ऐनको व्यवस्था गर्दै गरेको बताउनु भयो । संविधानले दिएको अधिकारको आधारमा केन्द्र र प्रदेशले वनाएको ऐनलाई आधार मान्दै ऐन बनाएको बताउनु भयो । निष्कृय रुपमा रहेको सहकारीहरुलाई सकृय ढंगबाट अगाडी बढाउने प्रयास गर्ने बताउंदै कानुन नियम नमानेमा त्यस्ता सहकारीलाई बन्द गर्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि खरेलले थप्नुभयो स्थानिय तह साथै स्थानिय तहमा संञ्चालन भएका सहकारीहरु यी दुवै पक्षले जनताको लागी कार्य गर्ने भएकोले नगर र सहकारी समन्वय गरेर अगाडी बढ्ने बताउनु भयो । पाँचखालको जनताको सवैभन्दा ठुलो समस्या पिउने पानीको भएकोले सो समस्या समाधानको लागी नगर अगाडी बढी सकेकोले त्यसलाई सहकारीहरुले साथ र सहयोग गर्नुपर्ने बताउनु भयो । पाँचखालमा पानीको अभाव हुंदै जाँदा पुर्खाले जोगाएर राखेको जमिनमुनीको पानीलाई प्वाल खोपेर निकाली खानुपर्ने बाध्यता भएको बताउनु भयो । सो स्रोत समेत घट्दै गएकोले दिर्घकालीन योजनाको लागि सुनकोशिबाट पानी ल्याउने तयारी गरेकोले सहकारीहरुले साथ दिनु पर्ने बताउनु भयो ।

पाँचखाल नगरवासिलाई काकाकुल अवस्थाबाट जोगाउन सहकारीले नगरमा रहेका विपन्न बर्गलाई १० प्रतिशतमा लगानी गरी सहयोग गर्न अनुरोध गनुभएको थियो । उपभोक्ताको तर्फबाट जम्मा गर्नुपर्ने १८ हजार जम्मा नगरेसम्म योजना अगाडी नबढ्ने भएकोले आर्थीक अवस्था कमजोर भएका उपभोक्ताहरुको लागि सहकारीले लगानी गर्दा त्यसको ग्यारेन्टी नगर हुने प्रमुख खरेलले बताउनुभयो । पानीको व्यवस्था गर्न नसके पाँचखालमा नागरीक बस्न नसक्ने र जनता नभए पाँचखालको महत्व घट्ने भएकोले पाँचखालको महत्वलाई अझ अगाडी बडाउन पानीको व्यवस्था गर्नु पर्ने जसको लागि सहकारीले साथ दिनु पर्ने खरेलले बताउनु भएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष विनोद पराजुलीले सहकारीहरु संञ्चालनको क्रममा सामान्य त्रुटी भएमा दण्ड होईन शैक्षिक बिधिबाट अगाडी बढाउनु पर्ने बताउनु भयो । सहकारी अभियन्ताहरु भनेको सरकारको अंग हो, त्यसैले हामी सहकारी कर्मीहरुलाई सरकारले चलाउनु पर्छ । पछिल्लो समएमा “आएर पैसा किन्ने र बेच्ने कार्य मात्र गर्ने , कसैले केही जिम्मा दिएमा भाग्ने गरेको” भन्ने आरोप लाग्ने गरेको पराजुलीले बताउनु भयो । उहाँले थप्नुभयो जे जस्तै आरोप लागेता पनि सहकारीहरु राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिने उदेश्यले अगाडी बढेको बताउनु भयो । नेपाल र नेपालीको हित साथै विकासको लागि सहकारी अपरिहार्य भएकोले सहकारीलाई सहज ढंगबाट सञ्चालन गर्ने वातावरण वनाउजने जिम्मा स्थानिय तहमा आएको बताउनु भयो । सहकारी संञ्चालनको लागि नीति नियम बनाउदा सोही नीतिको परिधिमा सहकारीहरु चल्ने जस्ले गर्दा विगतको तुलनामा सहकारीहरुले ठुलो फड्को मार्ने बताउनु भयो ।

पाँचखाल उपत्यका सहकारी समन्वय संयोजक विद्यालक्ष्मी देउजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा काभे्रपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरी केसी, पाँचखाल नगर सहकारी विभागका संयोजक एवं वडा अध्यक्ष पुष्कर ढकाल, पाँचखाल नगरका सकहरी तथा कृषि प्रमुख इश्वर प्रसाद अधिकारी लगायतले आ—आफ्नो धारणा राख्नुभएको थियो भने स्वागत मन्तव्य उपत्यका सहकारी समन्वय समितिका उपाध्यक्ष कान्छामान तमाङले गर्नु भएको थियो ।

  • सहकारीसंग समन्वय गरेर अगाडी बढ्न तैयार छौं - खरेल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0