Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तामाङ डाजाङ १८ वर्षमा, तीन जना पुरस्कृत र छ जना सम्मानीत

प्रभातफेरी अनलाइन ६८९७ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १, बुधबार (६ साल अघि)
तामाङ डाजाङ १८ वर्षमा, तीन जना पुरस्कृत र छ जना सम्मानीत

तामाङ साहित्यिक संस्था तामाङ डाजाङको १८ औ वार्षिकी कार्यक्रम सम्पन्न भएको छ ।

आज काठमाडौ स्थित नेपाल तामाङ घेदुङको हलमा एक कार्यक्रम गरी आफ्नो वार्षिकी मनाइएको हो । प्रमुख अतिथि जापानका पुर्व राजदुत एवं डाजाङका संरक्षक डा. गणेश योन्जनले दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

सोही अवसरमा डाजाङले २०७५ सालमा तामाङ साहित्यमा योगदान पुर्याए बापत तीन जना लेखक रचना मोक्तान तामाङ, सन्जीब योन्जन तामाङ र याङजी थोकरलाई तामाङ साहित्य (ग्योइकाइ) पुरकार–२०७५ ले नगद जनही ५÷५ हजार सहित प्रमाण पत्रले सम्मान गरेका थिए ।

त्यसैगरी २०७५ मै तामाङ भाषामा पुस्तक प्रकाशन गरे बापत ६ जना लेखकहरुलाई सम्मान गरेका छन् । सम्मान हुनेहरुमा गोसाइकुण्ड गाउँपालिका–५ रसुवाका फुर्पा तामाङ (तामाङ उखानकोश), सुनकोसी गाउँपालिका–४ सिन्धुलीका तेजबहादुर योन्जन (फापारे व्हाइ), बाग्मती गाउँपालिका–८ फापारबारी मकवानपुरका मुक्तान थेबा (काकलिङ), मन्डन देउपुर नगरपालिका–१ काभ्रेकी शान्ति वाइबा (पेङ दोर्जे), चौरीदेउराली गाउँपालिका–५ मादनकुँडारी काभ्रेका निरुभक्त वाइबा (ग्ले तगुर) र सैलुङ गाउँपालिका–१, दुधपोखरी दोलखाका कृतधावा तामाङ घिसिङ (ताम्बा व्हाइ) रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि जापानका पुर्व राजदुत डा. गणेश योन्जनभाषाविद् अमृत योन्जन तामाङ, नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ, तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तान, मगर भाषा साहित्यका अभियन्ता सन्जोक लाफा मगर लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । पुरस्कृत रचना मोक्तान र सम्मानित फुर्पा तामाङले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रम डाजाङको नियमित साहित्य वाचनको १८६ श्रृखंला पनि भएकोले हिरामाया घिसिङ, शित्तल तामाङ, बीना थिङ, सन्जीब योन्जन, तेजबहादर योन्जन, मिलन तामाङ, ढुप्साङ लामा, रन्जना मोक्तान, राजु मोक्तान लगायतले रचना वाचन गुर्नभएको थियो ।

तामाङ डाजाङले २०५९ देखिनै हरेक महिनाको आन्तिम शनिवार तामाङ साहित्यिक कार्यक्रम गर्र्दै आएका छन् । त्यससंगै मासिक पत्रिका तामाङ डाजाङ १५४ अंकसम्म निरन्तर प्रकाशन गरिसकेका छन भने तामाङ काइ नामक रडियो कार्यक्रम समेत २०६१ देखि हालसम्म निरन्तर प्रसारण गरिरहेका छन् ।

  • तामाङ डाजाङ १८ वर्षमा
  • तीन जना पुरस्कृत र छ जना सम्मानीत
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0