प्रल्हाद शर्मा हुमागाई
शिशु कक्षादेखि कक्षा १२ सम्म अध्ययनरत झण्डै आधा करोड बालबालिकालाई साक्षर, शिक्षित र सुयोग्य नागरिक बनाउने दायित्व करिब डेढ लाख शिक्षकहरुको काँधमा भएको अध्ययनले देखाएको छ । शिक्षकहरुले आफ्नो विद्यार्थीलाई जस्तो शिक्षा दिन्छ भोलिको नेपालको शैक्षिक स्तर त्यसैको प्रतिविम्ब मान्नु पर्छ । हो, आजको शिक्षकले कक्षाकोठा र समाजमा जस्तो चरित्र, मर्यादा र योग्यता प्रदर्शन गर्छन् भोलिको नेपालको शैक्षिक मानचित्रको स्वरुप पनि त्यो भन्दा परक हुन सक्दैन । यो शैक्षिक क्षेत्रका धरोहरहरुको ठम्याइ हो । आज जुन अवस्थामा सामुदायिक विद्यालयहरु आई पुगेको छ, त्यो चाहेर वा नचाहेर पनि त्यसको जिम्मा तीनै शिक्षकहरुको काँधमा भन्दा अन्त जाँदैन । यो अत्यन्तै गहनपूर्ण जिम्मेवारीमाथिका खेलाचीको कारण आज प्रत्येकको मनमस्तिष्कमा सामुदायिक विद्यालय विग्रनु वा दर्दनाद अवस्थामा पु¥याउने अरु कोही नभएर शिक्षक नै भएको पुष्टी गरिरहेका छन् । त्यसैले अब पनि यो क्षेत्रसँग सरोकार राख्नु हुने सम्पूर्ण सरोकारवाला निकायहरुमा पर्धा उघार्नको लागि कार्यक्रमका अधिकांश वक्ताहरुको एउटै तर्क छ, अब यस्तो कमजोरी नहोस् ।
शिक्षामा कुनै पनि किसिमको भेदभाव हुन दिन्नौं–प्रमुख न्यौपाने
पनौती÷शिक्षाको उर्वराभूमि भनेर चिनिने काभ्रेको दक्षिण ढोकाको रुपमा अवस्थित ऐतिहासिक धार्मिक स्थल पनौतीमा रहेको पुन्य माध्यमिक विद्यालयको ५० औं स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पनौती नगरका नगरपिता भिम न्यौपानेले उक्त भनाई राख्नु भएको हो । दिप प्रज्जलनका साथ झण्डोत्तलन लगायत ४ वटा प्रक्रियाबाट शुभारम्भ गरिएको स्वर्ण जयन्ती एक वर्ष सम्म मनाइने आयोजकले जनाएको छ । उक्त शुभारम्भ कार्यक्रममा पूर्व विद्यार्थीहरुको बाक्लो उपस्थितिका साथ सहयोगी हातहरुको निकै चाप बढेको कार्यक्रमको तामझामले देखाएको थियो । स्वर्ण जयन्तीमा उपस्थित शुभचिन्तकहरुले के–के भन्नु भयो ? त्यसलाई सारको रुपमा प्रस्तुत गर्ने जमर्काे गरेका छौं ।
कार्यक्रमका प्रमुख आकर्षण प्रमुख अतिथि नगरपिता भिम प्रसाद न्यौपाने–सबै सरोकारवालाहरुको साथ र सहयोग रहने हो भने सामुदायिक विद्यालयहरुको उत्पादन गुणस्तरिय सँगसँगै राष्ट्र सेवामा समर्पित शक्तिका रुपमा अहिले पनि उत्तीकै रहेको स्मरण गराँउदै शिक्षाको क्षेत्रमा भइरहेको दुई खाले शिक्षा अब अन्त्य हुने र शिक्षाबाट कुनै बालबालिका विभेद नहुने उद्घोष गर्नु भयो । अहिले पनि राज्यको ठूलो लगानी यस क्षेत्रमा छ । तर सेवा सुविधा प्राप्त व्यक्तिहरुले लतो छोडेको कारण आज यो अवस्था आएकोमा दुःख व्यक्त गर्दै सामुदायिक विद्यालयहरुमा रहेको जनशक्तिले इमान्दारीपूर्वक काम गर्ने हो भने संस्थागत विद्यालयको उत्पादन भन्दा सामुदायिक विद्यालयको उत्पादन उच्च रहने ठोकुवा समेत प्रमुख अतिथि न्यौपानेले गर्नुभयो ।
मुलुकका लागि आवश्यक जनशक्ति आजसम्म पनि सामुदायिक विद्यालय कै उत्पादनले थेगेको छ । हामीले अन्तरमनदेखि नै चासो राख्ने भए सामुदायिक विद्यालयको गुणस्तर माथि उठ्न धेरै समय नलाग्ने धारणा राख्दै नगरभित्र रहेका ३४ वटा सामुदायिक विद्यालय र १९ वटा संस्थागत विद्यालयको उत्पादनमा कुनै किसिमको भिन्नता महशुस नहुने किसिमले कार्ययोजना बन्दै गरेको र आगामी आ.व. भित्र पनौती नगरभित्रका सबै विद्यालयहरुमा समान किसिमको पठनपाठन हुने भएकोले अब बोर्डिङ र सरकारी विद्यालय भनेर आत्मबल गिराउनु पर्ने अवस्था नरहेको प्रमुख अतिथि न्यौपानेले स्पष्ट पार्दै संस्थागत विद्यालयहरुलाई नगरको योजना भित्र समाहित हुनका लागि गुठी मार्पmत दर्ता भएर नगरको शिक्षाको स्तरलाई माथि उठाउन सहयोग पु¥याउन आग्रह समेत गर्नु भयो । वहाँको थप कथन थियो–हामीले सेवा दिएका छौं, के सुविधा लिएका छौं ? भनिरहेको अवस्थामा संस्थागत विद्यालयहरुले गुठी मार्पmत आफ्नो उपस्थिति दर्ज गर्न सक्नु भयो भने सरकारी विद्यालय सरह नगरले संस्थागत विद्यालयहरुलाई पनि सुविधा दिनेमा कुनै मत मतान्तर नरहेको खुलासा गर्नु भयो । यसै बिच पनौती नगरभित्र रहेका राज्यको सुविधा लिएका कुनै पनि व्यक्ति, निकायले आफ्नो दायित्वलाई भुल्छ भने त्यो पनौती नगरको लागि पाच्य नहुने अभिव्यक्ति दिनु हुँदै प्रमुख न्यौपाने थप्नु हुन्छ–सरोकारवाला निकायले दायित्व विर्सेकै कारण आज यो अवस्था आएको छ । अब यस किसिमका कमी कमजोरीहरु हुन दिने छैनांै । कर्तव्य भुल्ने नै हो भने सो क्षेत्रबाट बाहिरिनुको विकल्प नरहेको र सेवा लिने तर आफ्नो सन्ततीहरुलाई संस्थागत विद्यालयमा पठाउने जुन संस्कार छ त्यसको छिटै अन्त्य हुने प्रमुख न्यौपानेले कार्यक्रममा विश्वा दिलाउनु भयो । आफुले आपूmलाई विश्वास दिलाउनुको परिणाम आजको सामुदायिक विद्यालयहरुले भोग्नु परेको हो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कनुको कारण अरु कोही नभई सोही क्षेत्रका सरोकारवाला व्यक्तिहरु नै हुन् । त्यसैले अब पनौती नगरमा यो अवस्था आउने नदिने प्रण समेत प्रमुख अतिथि न्यौपानेले कार्यक्रममा व्यक्त गर्नु भयो । राज्यले प्रतिपादन गरेको नीति अनुरुप नगर भित्रको शिक्षा स्थानिय सरकारको दायित्व भित्र परेकोले पनि यसलाई समय सापेक्षिक ढंगबाट स्थापित गराउने नगरको दायित्व हो । पनौती नगरपालिका भित्र रहेका सरकारी सेवा सुविधा प्राप्त व्यक्तिहरुले सामुदायिक विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नुुको विकल्प नरहेको उद्घोष गर्दै बालबालिका भित्र विभेदकारी ढंगबाट शिक्षा हासिल गर्न बाध्य पारिको अहिलेको अवस्थामा स्थानिय सरकारले ती सबै विभेदहरु अन्त्य गर्नका लागि कटिबद्ध रहेको खुलासा समेत प्रमुख अतिथि न्यौपानेले कार्यक्रममा व्यक्त गर्नु भयो ।
८ औं शिक्षा ऐनको मस्यौदाले अहिले परिवर्तनका संकेतहरु आएका छन्–सुवेदी
पूर्व संविधान सभा सदस्य रामहरि सुवेदीले आफ्ना विरासतहरुलाई सम्मान गर्न सकिएन भने प्राप्त गरेका उपलब्धिहरु पनि नाश हुन सक्छन् । त्यसैले समय सापेक्षित रुपमा सबै कुराहरुलाई समान रुपमा लिन सक्नु पर्छ । त्यसैले हामी शिक्षाको सवालमा हिजो गम्भिर नभएकै हो । जसको परिणाम शिक्षाको क्षेत्रमा मुलक पछि परेकै हो । अब ति अतितबाट पाठ सिकेर २१ औं शताब्दीलाई उत्कृष्टको सताब्दी, संमृद्धिको शताब्दीका रुपमा नेपाल सरकारले आफ्नो नीति कार्यक्रमहरुमा समायोजन गरिसकेको छ । यो अवस्थामा हामी समामाजिक अभियन्ताहरुले यसको उपयोग बढी भन्दा बढी कसरी हुन सक्छ भनी चासो राख्न आवश्यक छ । हाम्रो शिक्षाको संरचना भनेको बालबिकास केन्द्र देखि विश्वविद्याय, अनौपचारिक देखि औपचारिक, व्यवसायीकदेखि प्राविधिक सम्मको संयोजन हाम्रो शिक्षा हो । आज जुन शिक्षामा परिवर्तका रंगहरु देखिएका छन् त्यसको मुख्य श्रेय हालका शिक्षामन्त्री गिरिराज मणि पोखरेलदेखि आपूm स्वयं भएको स्पष्ट पार्दै ८ औं शिक्षा ऐनको मास्यौदा तयार परी मूर्तरुप दिने सदस्यहरु हांै । भन्दै विद्यालयलाई मियोको खाँचो छ । मियो विना दाइँ हुन सक्दैन ।
त्यसैले सक्षम मियोको संयोजन पुन्य मा.वि.ले पाएको छ । जसको परिणाम यो शैक्षिकसत्रबाट आएको आपूmले महशुस गरेको चर्चा गर्दै शैक्षिक अभियन्ता सुवेदी थप्नु हुन्छ–यदि लागि पर्नु भयो भने पक्कै पुन्य माध्यमिक विद्यालयले काँचुली फेर्नेमा दुई मत छैन । विद्यालय भित्र रहनु भएका व्यक्तित्वहरुले आ–आफ्नो ठाउँबाट यो मेरै दायित्व हो, जिम्मेवारी हो, कर्तव्यहो भनी खट्नु भयो भने उद्देश्य प्राप्त हुनेमा लामो समेय नलाग्ने उहाँको जिकिर थियो । अब बच्चाहरुले फरर अंग्रेजी बोल्दैनन् भने, जापानीज, कोरियन, जर्मनी र चाइनिज भाषा सिक्दैनन् भने ल्यापटप चलाउन सक्दैनन् भने, ड्राइभिङ गर्दैनन् भने विषय वस्तुमा दक्षता हासिल गर्दैनन् भने त्यो शिक्षा आजको आवश्यकता भित्र पर्दैन । त्यसैले सरोकारवालाहरुले त्यस तर्पm ध्यान दिनु आवश्यक छ । सामुदायिक विद्यालयमा दक्ष जनशक्ति छ । भौतिक पूर्वाधार छ, राज्यले क्षमता अनुसारको सेवा सुविधा र श्रमको सम्मान गरेको छ तर विद्यार्थी छैनन्, किन ? किनकी अभिभावकको मन जित्न सक्ने व्यवहारको खाँचो शिक्षकमा देखिन्छ । जसको परिणाम सामुदायिक विद्यालयले भोग्दै आएको छ । सामुदायिक विद्यालयका शिक्षकहरुले आपूmलाई रुपान्तरण गर्न आवश्यक छ । त्यसका लागि आपूmहरुको खाँचो जहाँ पर्छ त्यहाँ उपस्थित हुन तयार रहेको नेता सुवेदीको उद्घोष थियो ।
पनौतीलाई शैक्षिक हबको रुपमा स्थापित गरौं–डा. कार्की
आफ्ना अभिव्यक्तिहरुलाई राख्ने क्रममा शुरु मै राष्ट्रकवि माधव प्रसाद घिमिरेको श्लोकहरुबाट आफ्ना अभिव्यक्तिहरु शुरु गर्नु भएका तेजगंगा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीले “ढुंगाको काप फोरेर पनि उम्रिन्छ पिपल…………” नेपालसँगै स्वतन्त्र भएका विश्वका कैयौं मुलुकहरुले अहिले उच्च स्तरको पड्को मारिसकेको अवस्थामा नेपाल भने पुरातनवादी रुढीवादी संस्कारमै अलमलिएको चर्चा गर्दै पनौतीलाई शैक्षिक हबको रुपमा स्थापित गर्न सकिने विभिन्न आधारहरु हुँदा हुँदै पनि पछि परेकोमा चिन्ता जाहेर गर्नु भयो । प्राज्ञ कार्कीले पनौतीको आवश्यकतालाई मनन गर्दै प्राविधिक शिक्षा अनिवार्य गर्न ढिला भैसकेको र जुन शिक्षा सजिलै विक्न सक्नु पर्छ । जसले बेरोजगारको अन्त्य गर्न सक्नु पर्छ । यस तर्पm सरोकारवाला निकाय चनोखो हुनु पर्ने प्रा.डा. कार्कीको सुझाव थियो । पनौतीलाई शैक्षिक आकर्षणको केन्द्रको रुपमा पहिमचान गराउन जरुरी छ । क्याम्पसहरुले पनि गुणस्तरिय शिक्षा दिनका लागि आ–आफ्नो स्थानबाट त्याग गर्न आवश्यक छ भन्नु भयो ।
नैतिक र प्राविधिक शिक्षा आजको आश्यकता–प्रा.सुवाल
इन्द्रेश्वर क्याम्पका क्याम्पस प्रमुख श्रीकुमार सुवालको ठम्याई छ नैतिक र प्राविधिक शिक्षा विनाको शिक्षा अर्थहीन हुदै गएको स्मरण गराउँदै पुण्य माध्यमिक विद्यलयले ५० औं स्वर्ण जयन्ती मनाइ रहँदा सामुदायिक विद्यालय प्रति जनचासो कम हुनुमा यससँग सरोकार राख्नेहरु नै जिम्मेवार भएको उहाँको तर्क थियो । त्यसैले सजक रहौं भन्दै सुवालको थप कथन छ “व्यवहारमुखी शिक्षा जीवनोपयोगी शिक्षा अहिलेको आवश्यकता हो । आवाधिक शैक्षिक योजना सहित अगाडि बढ्न सके केही परिवर्तन हुने संकेतहरु पाएको स्मरण गराउँदै शिक्षासँग सरोकार राख्ने निकायले त्यसतर्पm आपूmलाई अलि चनाखो राख्न पनि सुवालको सुझाव थियो ।
सामुदायिक विद्यालयको गुणस्तर खस्कनुमा शिक्षक नै जिम्मेवार छन्–भोला थापा
आपूm संस्थागत विद्यालयसँग नजिक भएतापनि आपूmलाई यहाँसम्म ल्याउन सामुदायिक विद्यालयको ठूलो भूमिका रहेको आसय व्यक्त गर्दै व्यवसायिक भोला थापाको कथन थियो “पचासौं स्वर्ण जयन्ती मनाइरहँदा सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको उपस्थिति न्यून देख्दा आपूmलाई कता कता नमिठो लागेको अभिव्यक्ति राख्दै यो सबैको पछाडि सम्बन्धित विद्यालय र त्योसँग सरोकार राख्ने शिक्षकहरु नै जिम्मेवार भएको आपूmले पाएको व्यवसायिक थापाले ठोकुवा समेत गर्नुभयो । संथागत विद्यालयमा भन्दा सबै हिसाबले सामुदायिक विद्यालयहरु अब्बल छन् । तरपनि किन विद्यार्थी छैनन् । गुणस्तर किन खस्केको छ ? त्यस तर्फ शिक्षकहरु बहानाबाजी मात्रै गरेर उम्कन खोज्छन् । जसको परिणाम दिन प्रतिदिन अभिभावकहरुको नजरबाट गिर्दै गएका छन् ।
विद्यार्थीहरुको मन जित्न सकिरहेको छैनन् । यो गम्भिर प्रश्न सबैसँग छ । तर कसैले पनि समाधान खोज्ने प्रयत्न गरेनन् जसको परिणाम आज सयौं विद्यालय मर्जको अवस्थामा पुगेका छन् । यो गर्नु भनेको आफ्नो खुट्टामा आपैmले बन्चरो हान्नुको विकल्प अर्काे रहेन । अब यी सबै जिम्मेवारी स्थानिय सरकारको मातहतमा आएको छ । त्यसलाई के गर्दा समायोजन गर्न सकिन्छ ? त्यहि अनुसारको नीति नियम, ऐन कानुनहरु बनाएर अगाडि बढ्न थापाको नगर नेतृत्वलाई सुझाव राखेका थिए ।
गुणस्तरियता खस्कनुमा सरोकारवालाहरुको कमजोरी हो–लायन्स सैंजु
पुण्य मा.वि.को ५० औं स्वर्ण जयन्ती मनाइरहँदा आफ्ना अतितका पलहरुलाई नियाल्दै जुन समय विद्यालयमा खचाखच विद्यार्थीहरु सुकलमा ठाउँ नहुँदा भ्mयालको कोटलमा बसेर दिन बिताएर पठ्न प्रति चासो जागेको देख्दा र आजको पढ्नु पर्छ भन्ने भावना शून्यतातीर ढल्केको देख्दा यो मुलुकमा शिक्षा आवश्यकता भित्र पर्दैन कि जस्तो लागेर आउँछ । एउटै कक्षामा सयौं विद्यार्थीहरु राखेर पढाउने यो विद्यालय अहिले सिँगो विद्यालय नै सयौंको संख्या नपुगेका थुपै भेटिन्छन् । त्यसैले पनि स्वर्ण जयन्ती मनाउनु ठूलो कुरो होइन । गुणस्तरियता खस्किनु चिन्ताको विषय हो । हामी सरोकारवाला कहाँ चुक्यौं ? त्यसको खोजि हुनु आवश्यक छ । त्यो सबैको जड भनेको शिक्षा भित्र राजनीतिक दाउपेच हो । यदि शैक्षिक धरोहरहरु राजनीति भन्दा माथि बसेर शिक्षालाई हेर्ने हो भने अहिले पनि सामुदायिक विद्यालयको गुणस्तरियतामा प्रश्न चिन्ह उठाउनु मिल्दैन ।
प्रत्यक शिक्षकले यो मेरो दायित्व हो । म जागृत हुन जरुरी छ भन्ने भावना देखिएन । जबसम्म दायित्व बोध हुँदैन । तबसम्म शिक्षा क्षेत्र यस्तै खाले अवसरको शिकार भइराख्छ । पढाई भन्दा पार्टीको कार्यक्रमलाई महत्व दिन्छौं । एक पटक नियुक्ती लिएपछि संसार जितेको अहंता शिक्षकमा जागे जसको परिणाम सामुदायिक विद्यालय बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा स्थापित भयो । यी सबै खाले चुनौतीको समाधान विद्यालय प्रशासकले गर्न सक्नु पर्छ । यदि निडर भएर विद्यालय प्रशासक अगाडि बढ्ने हो भने गुमेको विरासत नफर्केला भन्न सकिदैन । परिवर्त टाढा छैन । तसर्थ हामी सरोकारवाला निकायहरु गम्भिर हुन पु¥यो । दुःखको कुरा त्यस्तो प्रशासक नेपाली आमाले जन्माउनै सक्नुभएको छैन की ? भन्ने आभाष आपूmले पाएको सामाजिक अभियन्ता लायन्स सैंजुको कथन थियो । शिक्षकमा जिम्मेवारी बोध हुनु प¥यो मेरो विषयमा विद्यार्थी कमजोर हुनु भनेको म कमजोर हुनु हो भन्ने चेतना प्रवाह हुनु प¥यो । तबमात्र सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार हुन सक्छ । गरे के हुँदैन ? भन्ने उदाहरण दिँदै केही त गरौं । आपैmबाट शुरु गरौं । सफल हुन्छौं । पनौती नगरले डाइनामिक नेतृत्व पाएको छ । उसका प्रत्येक क्रियाकलापले विपक्षीले समेत सम्मान गर्ने लायक नेतृत्वको रुपमा स्थापित भएको छ । त्यसैले पनि पनौती शैक्षिक गन्तव्यका रुपमा स्थापित हुने छ । यसको लागि लायन्स क्लब कुनै पनि मूल्य चुकाउन तयार रहेको लायन्स सैजुको तर्क थियो ।
विद्यालयका शिक्षकहरुमा लुट्न सके लुट भन्ने भावना जागृत भएको छ–पूर्व शिक्षक कर्माचार्य
पूर्व शिक्षकहरुको प्रतिनिधित्व गर्दै आफ्नो अभिव्यक्ति राख्ने क्रममा विजयराम कर्माचार्यले ३०÷३५ सालका शिक्षक र अहिलेका शिक्षकहरुमा ठूलो अन्तराल रहेको आपूmले पाएको स्मरण गराँउदै जिम्मेवारीबाट शिक्षकहरु पलायन हुँदै गएको यथार्थ चित्रण गर्दै सामुदायिक विद्यालयका शिक्षकहरुमा कर्तव्य, दायित्व र जिम्मवारी विमुख भएको हुँदा सामुदायिक विद्यालयहरुले यो अवस्था झेल्नु परेको खुलासा गर्नु भयो ।
आफ्नै घरको बैठकबाट यस विद्यालयको स्थापना हुन पुगेकोमा गर्व गर्दै विद्यालयको नाम जुराउन अग्रजहरुले सोधनी गर्दा खेरीको परिदृश्य आजपनि झल्झली आँखा अगाडि घुमिरहेको चर्चा गर्दै आफ्नो जीवनको गोरेटो कोर्ने पथप्रदर्शकका रुपमा पुुण्य माध्यमिक विद्यालय रहेको स्मरण गर्न पुग्नु भयो । पुण्य भूमिमा स्थापित भएको पुण्य प्राथमिक विद्यालय हुदैँ आज माध्यमिक विद्यालयसम्म आइपुग्दाको आरोह अवरोहलाई मध्य नजर गर्ने हो भने धेरै उतार चढावहरुको सामना गरेको छ । अझ ५० औं स्वर्ण जयन्ती मनाउन आइपुग्दा आपूm गौरवान्भित समेत भएको बताउनु भयो । यो दौरानमा आफ्नो कार्यक्षेत्रको पूर्व विद्यालयको अवस्थालाई मनन गर्दै जुन किसिमका सहयोगी हातहरु जोड्ने प्रयास गरेको छु त्यसलाई निरन्तरता गर्ने समेत वचनवद्धता व्यक्त गर्दछु भन्दै सामुदायिक विद्यालयहरुलाई निगरानीमा राख्न आवश्यक छ । आपूmले एस.एल.सी. दिएर सोही विद्यालयमा अध्यापन गराउँदाको स्मरण गराउँदै आजका उत्पादनले त्यो स्थान लिन नसक्नुको पछाडि सम्बन्धित विषय शिक्षक नै जिम्मेवार भएको पूर्व शिक्षक एवं सहयोग दाता कर्माचार्यको जिकिर थियो ।
सामुदायिक विद्यालयका शिक्षक आफ्ना सन्ततिहरुलाई संस्थागत विद्यालयमा पढाउने तर गरिब निमुखाहरुका बालबालिकाहरुका भविष्यमाथि खेलवाड गर्ने संस्कार बढेको कारण यो अवस्था आएको हो । राज्यले कडा नीति अख्तियार गरेर यस किसिमको संस्कारको अन्त्य गर्न जरुरी छ । अन्यथा कुनै पनि सुधारका भाषण गरेर सामुदायिक विद्यालयको गुणस्तरियतामा परिवर्तन हुन नसक्ने प्राज्ञ कर्माचार्यको उद्घोष थियो ।
मुलुक कै लागि उदाहरणीय कार्य पनौतीले गरेको छ–जंगम
पनौती नगरपालिकाका शिक्षा शाखा प्रमुख महेश्वर जंगमले सामुदायिक विद्यालयको गुणस्तरियता वृद्धिका लागि पनौती नगरपालिकाले मुलुककै लागि उदाहरणीय कार्यको थालनी गरेको स्मरण गराउदै सामुदायिक विद्यालयको गुणस्तर खस्किनुमा केही मात्रा समुदायको पनि हात रहेको चर्चा गर्दै आपूmहरुले पनौतीलाई शिक्षाको क्षेत्रमा नमूनायोग्य परिक्षा प्रणालीको विकास गरेको बताउनु भयो । जसको कारण पनौती शैक्षिक हवको रुपमा परिचित हुने अवसरमा रहेको शैक्षिक धरोहर शाखा प्रमुख जंगमको कथन थियो । सामाजिक परिवर्तन गर्न अचुक अश्त्र भनेकै शिक्षा हो । शिक्षा जीवनोपयोगी हुनु आवश्यक छ । श्रमको निम्ती विक्न सक्ने साधन बन्न आवश्यक छ । तसर्थ पनि पनौती नगर यो विषयमा निश्चिन्त छ ।
त्यसैले आफ्नो टोल वस्तीमा स्तरिय शिक्षा वालवालिकाले कसरी प्राप्त गर्न सक्लान् भन्ने चिन्ताका साथ नगर अगाडि बढिरहेको छ । यो परिवेशमा पछिल्ला समयमा सेवाका नाममा खुलेका विद्यालयहरु कमाउमुखी भएको जनगुनासोलाई मध्य नजर गर्दै नगरले स्पष्ट नीति तयार पारेको छ । त्यस तर्पm नगर सचेत छ । प्रत्येक विषयमा समीक्षा हुनु पर्छ । तब मात्र शिक्षा भित्रका नकारात्मक तत्वका बारेमा चिराफारा गर्न सकिन्छ । त्यसले नै सकारात्मक तत्वको विकास गर्दछ भन्नु हुँदै ५० स्वर्ण जयन्तीको शुभकामना व्यक्त गर्नु भएको थियो ।
पुरातात्विक ढाँचामा विद्यालय भवनहरु सिँगारिने छन्–राजेन्द्र कर्माचार्य
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कर्माचार्यले जतिपनि संरचनाहरु बनेका छन् ती सबैको पछाडि सबैको उती नै योगदान छ । जतिपनि संरचनाहरु बनेका छन् । त्यसमा नगरको तर्पmबाट सुर्की लगाउने जिम्मेवार लिएको छ । त्यसका लागि विद्यालय परिवारको तर्फबाट नगर नेतृत्वलाई आधार व्यक्त गर्दछौं । प्रत्येक बालबालिकाको भविष्यको जिम्मा हामी सरोकारवाला संघ संस्था, व्यक्तिले लिनु पर्दछ । प्रत्येक शिक्षकहरुको अन्तर आत्माबाट मैले यि कुराहरु बोलेको हुँ । हामीले आजैबाट केही शुरु गर्नु पर्छ भन्ने भावना जागृत जगाउनु आवश्यक छ । तब मात्र सफलता मिल्द छ । त्यो भावना पुन्य मा.वि. परिवारमा भएको आपूmले पाएको खुलाषा गर्दै अध्यक्ष कर्माचार्य थप्नु हुन्छ–ऐतिहासिक धार्मिक स्थलमा अवस्थित यो पुण्य मा.वि. पुरातात्विक हिसाबले पनि महत्व राख्द छ । त्यसैले यहाँ पढाई मात्र नभई प्रस्तुत हुने प्रत्येक क्रियाकलापका बारेमा गाम्भिर्यता देखाउन आवश्यक छ । आपूmलाई कुनै पनि लोभलालचा नभए कै कारण आपूmले चालेका प्रत्यक पाइलाहरुमा सन्तुष्टी मिलेको छ । यसका पछाडि सम्पूर्ण विद्यालय परिवारको शुभेच्छा रहेको हुँदा आगामी दिनमा पनि यस्तै किसिमको सहयोगको अपेक्षा सहित पुनः एक पटक सम्पूर्ण सहयोगी हातहरुप्रति आभार प्रकट गर्दछु भन्नु भयो ।
पनौतीको माटो सुहाउँदो बीउ रोपी दिन आग्रह–के.सी.
काभ्रे सेवा समाजका पूर्व अध्यक्ष सामाजिक व्यक्तित्व प्रल्हाद के.सी.को कथन थियो–सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किनुमा शिक्षकहरु नै मुख्य जिम्मेवार रहेको धारणा राख्नु हुँदै नगरलाई कस्तो बनाउने भन्ने निर्णण गर्ने अधिकार नगरको भएकोले पनौतीको माटो सुहाउँदो बीउ रोपी दिन अभियन्ता के.सी.को नगर नेतृत्वप्रति आग्रह थियो । बालमनोविज्ञानका बारेमा शिक्षकहरुले महत्व नदिएकै कारण आज यो अवस्था आएको के.सी.को कथन थियो । बालबालिकाहरुको मनोभावना बुझेर अगाडि जाने हो भने सामुदायिक विद्यालयहरुमा परिवर्तन खोज्न टाढा जानु नपर्ने के.सी.को तर्क थियो ।
नेतृत्वले सही नेतृत्व गर्छ भने हाम्रो सहयोग निरन्तर रहन्छ–पण्डित आचार्य भट्टराई
सामुदायिक विद्यालयहरुमा सहयोगी हातहरु एक पछि अर्को गर्दै बढिरहेकै आवस्थामा पुण्य माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको तर्पmबाट कक्षा ६ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको पुरैखर्च व्यहोर्ने गरी विद्यालय पुगेका पण्डित आचार्य अच्युत प्रसाद भट्टराईको समुहले विद्यालय नेतृत्वले सही नेतृत्व लिन्छ भने कक्षा ६ मात्र नभई अन्य कक्षामा अध्ययनरत बालबालिकाहरुका लागि पनि यो सहयोग निरन्तर रहने उद्घोष गर्नु भएको थियो । यदि विद्यालयलाई राम्रो देख्न चाहानु हुन्छ भने यस विद्यालयमा अध्यापन गराउनु हुने शिक्षकहरुको मानसिकता परिवर्तन हुन आवश्यक छ । त्यही शिक्षक संस्थागत विद्यालयमा पढाउँदा त्यही विषयमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल हुन्छ । तर सोही शिक्षकले सामुदायिक विद्यालयमा पढाउँदा त्यही विषयमा परिणाम शून्यतातीर धकेल्दछ भने यसमा कसको दोष छ ? खोजी गरौ भन्नु हुँदै पण्डित आचार्य थप्नु हुन्छ –विद्यालयमा कुशल प्रशासक आवश्यक छ भन्ने अनुभूति यसले गराएको चर्चा गर्दै पुण्य मा.वि.ले पनि काँचुली फेर्नेमा आपूm आशावादी रहेको बताउँदै राजनीतिक रंग भन्दा माथि रहेर सेवा दिन सके मात्र विद्यालयले परिवर्तनको आभाषा महशुस गर्ने भट्टराईको धारणा थियो ।
पनौती क्षेत्र कै स्थापित नमूना विद्यालयको रुपमा अगाडि बढ्छौं–प्रधानाध्यापक कर्णेल
आपूmले नेतृत्व गरेको छोटै अवधिमा केही नयाँ अंकुरणहरु देखिन थालेकोमा विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै आज ५० औं स्वर्ण जयन्ती मनाइ रहँदा आवधिक योजना खाँचो महशुस भइरहेको चर्चा गर्दै पुण्य मा.वि.को गुमेको विरासत फिर्ता मात्र हुँदैन काभ्रेको दक्षिण ढोका भनेर चिनिने पनौती नमूनाको शैक्षिक धरोहरको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नु भयो । विद्यालयका लागि नयाँ योजना सहित आपूmले पदभार ग्रहण गरेको खुलाषा गर्दै प्रधानाध्यापक कर्णेलको थप कथन थियो–बालमैत्री सिकाई, आधुनिक शिक्षण विधि, वालमैत्री सिकाइ अनुरुप कक्षा काठाको सजावट सिकाई वातावरणको विकास आधुनिक प्रविधिको प्रयोगका साथ समय सापेक्षित रुपमा विभिन्न शैक्षिक क्षेत्रहरुको भ्रमण अवलोकन र छिमेकी विद्यालयहरुको अनुभव साटासाट गर्ने र त्यसलाई प्रेरणाको रुपमा अनुशरण गरी प्रविधिको शक्दो प्रयोग गरी प्राविधिक शिक्षालाई स्तरिय बनाउने योजना अगाडि रहेको विद्यालयको स्तरोन्नतिको लागि सहयोगी हातहरु एक पछि अर्काे गर्दै बढी रहेकोले आशाका किरणहरु पलाएको प्राध्यापक कर्णेलको उद्घोष थियो । परिणामलाई भन्दा पनि गुणस्तरियतालाई जोड दिँदै जाने छौं । आगामि शैक्षिकसत्र सम्ममा अभिभावकहरुको आँखामा लागेको कसिँगर हटाउने प्रणका साथ आएका छौं कर्णेलले भन्नु भयो । उहाँकोे थप कथन थियो केही कमी कमजोरीकार कारण सामुदायिक विद्यालयप्रति देखिएका नकारात्मक कथनहरुलाई पुण्य मा.वि.ले चिर्ने विश्वास पनि प्रधानाध्यापक कर्णेलले कार्यक्रममा दिलाउनु भयो ।
कार्यक्रममा राधिका कँडेल बाट कक्षा ४ मा अध्ययनरत अनिश वाईवा, रामकृष्ण बञ्जारा बाट कक्षा ८ मा अध्ययनरत मिनाकुमारी गोले र सन्तोष राउत बाट कक्षा ९ का अध्ययनरत सम्झना श्रेष्ठकोे अभिभावकत्व ग्रहण गरेका थिए । विद्यालयका भाइबहिनीहरुले अतिरिक्त क्रियाकलापहरु प्रस्तुत गरेका थिए । कार्यमक्रमको सञ्चालन शिक्षकद्वय प्रताप ताम्राकार र बालकृष्ण श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कर्माचार्यले गर्नुभएको थियो । कार्यक्रममा अतिथिहरुलाई सम्मान प्रदान गरिएको थियो । ५०औं स्वर्ण जयन्ती कार्यक्रम वर्षभरि नै सञ्चालन हुने जानकारी गराइएको थियो । विद्यालयबाट निवृत्त हुनुभएका गुरुहरुलाई समेत उक्त अवसरमा सम्मान गरिएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |