प्रभातफेरी अनलाइन६४६२ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १५, बुधबार(७ साल अघि)
राज्यलक्ष्मी श्रेष्ठ, खुबनाथ दुलाल
बनेपा-बनेपामा शनिबार आयोजना गरिएको डाडाँपारी सन्देश साप्ताहिकको दोस्रो वाार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मिडिया बिध्येयकका बारेमा चौतर्फी आलोचना आइरहेको परिवेशप्रति लक्षित गर्दै ति आलोचनाका बारेमा प्रतिवाद गर्ने क्रममा उक्त भनाई राख्नु भएको हो ।
“पत्रकारहरुको श्रमको मूल्य देऊ” भन्नु अपराध हो ? भन्दै स्याल हुँइया चलाएर सरकारलाई कमजोर बनाउन खोज्नेहरुले सोचे हुन्छ, त्यो दिवा स्वप्न मात्र हुनेछ, यो धेरै दिन टिक्न सक्दैन । जनता सम्वृद्ध भयो भने मात्र मुलुक सम्वृद्ध हुन्छ । त्यसैले जसले जे भने पनि सरकार पछि नहट्ने मन्त्री बास्कोटाको उद्घोष थियो । शोषण रहित समाजको परिकल्पना पूरा गर्न यो सरकार कुनै पनि कसरत बाँकी नराख्ने स्पष्ट पार्दै मन्त्री बास्कोटा थप्नु हुन्छ–सरकारका विरुद्ध खनिएका अभिव्यक्तिप्रति आफ्नो सम्वोधनको ३५ मिनेट मध्ये अधिकांश समय प्रतिवाद मै खर्चिनु हुँदै सरकारका सकारात्मक कामका बारेमा सञ्चार मिडियाले नै ओझेलमा राखेकोप्रति मन्त्री बास्कोटाले तिखो टिप्पणी गर्दै “कुकुर भुकिरहन्छ, हात्तीलम्की रहन्छ ।” त्यसैले आलोचनाले काम गर्न केही फरक नपार्ने मन्त्री बास्कोटाको तर्क थियो ।
पत्रकार डामेर छोडेका साँढे हुन् ?–दोङ
कार्यक्रममा संघीय सांसद गंगाबहादुरको कथन थियो–वार्षिकत्वको आयोजनाले डाडाँपारीलाई बनेपासम्म जोड्ने काम भएको छ । यो प्रसंशनीय कामको थालनि हो । त्यसैले पनि डाडाँपारी सन्देश धन्यवादको पात्र बनेको छ । विकासको सूचाङ्कमा पछि परेको डाडाँपारीलाई यहाँ सम्म उभ्याउन सफल भएकोमा अनुशरण गर्न करै लाग्छ भन्नु हँुदै सांसद दोङको थप कथन थियो, अब बन्न लागेको आम सञ्चारको नीति नियमका बारेमा संसदमा विचाराधिन छ । संसदमा पनि बहसको विषय बनेको छ । प्रस्तुत विधेयक संसदमा पेश भए पश्चात् पारित गरी दफावार छलफलमा पुगेका छौं । यो विषयले छलफलमा निकै महत्व राखेको छ । विशेषतः पत्रिका र पत्रकारका विषयमा घनिभुत रुपमा बहस भएको छ । तर नियमन हुनुपर्ने सवालमा बहस चल्छ ? “पत्रकार सडकमा डामेर छाडेको साँढे होइन ।”
सबैलाई कानुन लाग्छ । यहाँ कुनै व्यक्ति संघ–सस्था डामेर छोडिएको साँढे हुन नसक्ने जिकिर गर्दै सांसद दोङको थप धारणा थियो “व्यवहारीक बनाउन खोज्दा नीति नियममा बाँध्न खोज्दा हामी कसरी निरंकुशतावादी भयौं ? भनी प्रति प्रश्न गर्दै समाचार आएकै कारण कसैले अनायसमा मृत्यु बरण गर्नु नपर्ने उद्घोष गर्दै यस्ता निन्दनीय घटना दिनको घाम जस्तै छर्लङग हुँदाहुदै किन यस विषयमा यस्ता किसिमका आलोचनाको खेती हुन्छ ? यसको आशय के हो ? तसर्थ अब निर्दोष व्यक्ति अपराधको भागिदारी हुनपर्ने छैन । यि कुराहरुलाई सम्बोधन हुने गरी कानुन आउने खुलसा सांसद दोङले गर्नुभयो ।
सच्चा सिपाही बनेर आपूmलाई पत्रकारीता फाँटमा उभ्याउने छ –लालध्वज
कार्यक्रममा नेकपाका नेता पूर्वश्रम राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज) को कथन थियो–पत्रिकाको धर्म निभायो कि निभाएन ? त्यस तर्पm ख्याल रहनु महत्वपूर्ण पक्ष हो । जनमुखी भएर अगाडि जान सक्यो भने मात्र पत्रकारिताले सही अर्थ राख्छ । सत्य र तथ्यको आधारमा आपूmलाई अगाडि बढाउने प्रण डाँडापारी सन्देशले गर्नेछ भन्ने आशय दोङले व्यक्त गर्दै जनताका भावनालाई पनि कदर हुने गरी राजनीतिक सन्तुलनमा डाँडापारी सन्देश रहने विश्वास आपूmलाई लागेको बताउनु भयो । जागरणको सशक्त हतियार भनेकै पत्रकारीता हो । त्यो धर्म डाँडापारी सन्देशले स्थापित गर्नेछ । विचार र राजनीतिको हिसाबले र सामाजिक, साँस्कृति दृष्टिकोणले पनि यो अहिलेको अपरिहार्य आवश्यकता हो । त्यसैले ने.क.पा.को सच्चा सिपाही बनेर आपूmलाई पत्रकारीता फाँटमा उभ्याउने विश्वास आपूmले लिएको नेता दोङको धारणा थियो ।
संघर्षबाट भाग्ने छैन–सांसद ढकाल
कार्यक्रममा प्रदेश सभासद रत्न ढकाल भन्नु हुन्छ “वार्षिकोत्सवमा सरिक हुन पाएकोमा आभार व्यक्त गरिरहँदा अतीतलाई एक पटक कोट्याउन मन लाग्छ । त्यो अनकन्टार बस्तीलाई कार्य थलो बनाएर उदाएको यो ज्योतिले कुना कन्दरामा प्रकाश छर्न सकोस् भन्दै डाँडापारीमा पत्रकारीता त्यति सहज छैन । अत्यन्तै कठीन विषय हुन सक्छ । त्यसैले संघर्षका पाइलाहरु निरन्तर अगाडि बढ्न आवश्यक छ । नवयुवाहरुले ती यात्राहरु पार गर्ने छन् भन्ने विश्वास लिँदै जति राजनीतक जटिलता छ डाँडापारीमा त्यति नै पत्रकारितामा पनि हुन्छ । समाज र राजनीतिक पार्टीहरुले नदेखेको दृष्टिकोणहरु जनतासम्म पु¥याउने एउटा सशक्त माध्यम पत्रकारिता हो । राज्यको आँखा नपुगेको स्थान पत्रकारिताले छुट्याउन सक्छ । जसले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तर पछिल्लो समयमा पत्रकार भित्र भित्रिएको विकृतिका बारेमा पत्रकारहरु आपैm घण्टौंसम्म बहस गर्न पछि पर्नु हुन्न । यस्ता अनगिन्ति समस्यासँग संघर्ष गर्न सक्नु पर्छ डाँडापारी सन्देशले । तब मात्र लक्ष्य प्राप्त गर्न सक्छ, बाँच्न सक्छ, अन्यथा यसको पनि हातल उस्तै हुने हो भन्दै चोटिलो तर्क नेता ढकालले राख्नु भएको थियो ।
डाँडापारीले डोकादेखि ढोका सम्मको शक्तिउत्पादन गरेको छ–सांसद लामा
सोही कार्यक्रममा प्रदेश सांसद चन्द्र लामाको कथन छ–डाँडापारीका बारेमा आपूm निकट रहेको स्मरण गराउनु हुँदै जुन जोखिमपूर्ण यात्रा डाँडापारी सन्देशले तय गर्न पुगेको छ । त्यसका लागि हृदयदेखि धन्यवाद ज्ञापन गर्दै कमलको पूmल हिलो मै फुल्छ । यो यथार्थलाई डाँडापारी सन्देशले समाउने छ भन्ने विश्वास राख्दै नेता लामा थप्नु हुन्छ, यो हलभित्र डोकादेखि ढोकासम्म पाइला टेक्ने हुनुहुन्छ । यसले पनि डाँडापारीको महत्व कति छ भन्ने दर्शाउँछ । तसर्थ सत्य तथ्य विष्पक्षको नमूना हो डाँडापारी सन्देश । यसले पक्कै पनि डाँडापारीको आवाज बुलन्द गर्ने विश्वास आपूmले लिएको सांसद लामाले खुलासा गर्नुभयो ।
पत्रकारले धर्म बिर्सेका छन्–नेता इन्द्रबहादुर थिङ
ने.क.पा.का नेता एवं प्रखर वक्ता इन्द्रबहादुर थिङ (छिन्ताङ) ले पछिल्लो समय काभ्रेली पत्रकारहरुमा देखिएको विचलनको टिप्पणी गर्दै पत्रकारले पत्रकारिताको धर्म विर्सिएकै आपूmलाई महशुस भएको अभिव्यक्ति दिनु हुँदै विना सुविधा पत्रकारहरुले समाचार संकलन नगर्ने र गरिहाले पनि संप्रेशण नगर्ने डरलाग्दो रोग सल्किएको प्रति दुःख व्यक्त गर्नुभयो । पत्रकारले त समाजलाई सुसुचित गराउने आमनागरिकलाई यथार्थ खोजमूलक ढंगबाट खुराकहरु पस्किनु पर्नेमा त्यस्तो नपाएको गुनासो राख्दै अहिले पत्रकार भन्ने वित्तीकै आम नागरिकमा नाक खुम्च्याउने संस्कारले विकराल रुप लिएको छ । यो गलत संस्कारका विरुद्ध पत्रकारहरुले आपूmलाई सच्याउन जरुरी छ भन्नु हुँदै नेता थिङ थप्नु हुन्छ–अहिले विचाराधिन रहेको मिडिया विधेयकको विरोध हुनु नौलो नभएको तर्क राख्दै पत्रकार भनेका महान सहित कृष्णसेन इच्छुक जिउँदो धरोहर किशोर नेपाल लगायतका हस्तीहरुले स्थापित गरेको मूल्य मान्यतालाई प्रश्न चिन्ह नलाग्ने किसिमले पत्रकारहरु सुदृढिकरण हुन आवश्क छ ।तसर्थ राज्यले पत्रकारिताको आचार संहितालाई गम्भिर रुपमा कार्यान्वयनमा ल्याउन पहल गरोस् भन्नु भयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझा, नेपाल पत्रकार महासंघ प्रदेश नं. ३ का उपाध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, प्रेस युनियकाभ्रेका अध्यक्ष कपिल कोइराला, ने.क.पा.का नेताहरु शिखर लामा, रुपबहादुर योञ्जन, अविरल जिम्बा, मोतीलाल योञ्जन लगायतले सञ्चार क्षेत्रले समाज रुपान्तरणमा खेलको भूमिकाको बारेमा आ–आपूmले चर्चा गरेका थिए । कार्यक्रमको अध्यक्षता पत्रिकाका सम्पादक बुद्ध लोप्चनले गरेको थिए भने कार्यक्रमको सञ्चालन इकमान तामाङले गर्नुभएको थियो ।