Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालमा मेरो वर्ष,मेरो रेश अभियान, वातावरणको कारणले नगरवासिहरुलाई रोग लाग्न दिदैनौं- खरेल

प्रभातफेरी अनलाइन ४८७७ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ २९, बुधबार (६ साल अघि)
पाँचखालमा मेरो वर्ष,मेरो रेश अभियान, वातावरणको कारणले नगरवासिहरुलाई रोग लाग्न दिदैनौं- खरेल

धुलिखेल-पाँचखाल नगरपालिकाले नगरपालिकामा मेरो वर्ष, मेरो रेस, मेरो नगर अभियान २०७६ शुरु भएको छ ।

म स्वस्थः मेरो नगरपालिका स्वस्थ भन्ने अभियानका साथ मेरो वर्ष अभियानका आठ प्रतिवद्धता पुरा गर्न नगरवासिहरुलाई नगर प्रमुख महेश खरेलले अनुरोध गर्नुभयो । स्वास्थ्यप्रति जिम्मेवार, समृद्धीको आधार भन्ने मूल नाराका साथ नगरबासिहरुलाई नगर प्रमुख खरेलले तनाव रहित जीवनशैलीलाई आत्मसाथ गर्न, रक्सी, चुरोट र सुर्तीजन्य पदार्थबाट टाढा रहन, स्वास्थ्य र पोषिलो खाना खान, नियमित स्वास्थ्य जाँच गराउन, प्रदुषण नियन्त्रणमा सजक रहँदै आफ्नो घर समुदाय सफा राख्न, ट्राफिक नियमको पालना गर्न, परिवार र समुदायको स्वास्थ्य प्रति सजग रहन अनुरोध गर्नुभयो ।
अन्तक्र्रिया कार्यक्रममा नगर प्रमुख खरेलले थप्नुभयो पछिल्लो समयमा आएर प्रशोधित खानेकुरामा जोड दिएको पाईन्छ जस्ले गर्दा रोग लाग्ने सम्भावना बढी रहन्छ, त्यसैले घारमै उत्पादन हुने स्थानिय खानेकुराहरुलाई प्राथमिकता दिन आवश्यक रहेको वताउनु भयो । रोग कसरी निम्तन्छ त्यको निधानको लागि के कस्ता उपायहरु अपनाउने भन्ने बिषयमा चेतना फैलाउदै सकेसम्म उपचारको लागि डाक्टरकोमा जानु नपर्ने वातावरण तयार गर्ने बिषयमा नगर अगाडी बढेको बताउनु भयो ।


बिष्णु गौतमबाट संञ्चालित उक्त कार्यक्रममा पाँचखाल नगरका प्रमुख प्रशासकिय अधिकृत लोकवहादुर भण्डारीले पाँचखालका नगवासिहरुको स्वास्थ्यमा सुधार गर्नाको साथै रोग लाग्नै नदिने वातावरण तयार गर्ने बताउनु भयो । नगरको प्रमुख प्राथमिकतानै नगरवासिहरुलाई स्वस्थ राख्ने भएकोले स्वास्थ्यको क्षेत्रमा व्यवस्थित गर्ने बताउनु भयो । बिषेश गरेर नगरमा रहेका जेष्ठ नागरीक साथै गर्भवति महिलाहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै स्वास्थ्य सेवालाई मजवुत पारेको बताउनु भयो । लामखुट्टै, पिउने पानी तथा वातावरण प्रदुषणको कारण नगरवासिहरुलाई रोग लाग्न नदिनको लागि स्वास्थ्य कार्यालयसंग समन्वय गरेर अगाडी बढेको बताउनु भयो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका निरिक्षक कमलेस मिश्रले कार्यक्रमको उद्देश्य माथि प्रकास पार्नु भएको थियो । सर्ने रोगलाई नियन्त्रणमा लिएपनि नसर्ने रोगले गर्दा रोगको कारणले मृत्यु हुनेहरुको ८० प्रतिशत रहेको बताउनु भयो । मेरोबर्ष अभियानको प्रमुख उद्देश्यभ नेकै नसर्ने रोगलाई नियन्त्रण गर्ने भएकोले यस्तो कार्यमा सवैबाट साथ र सहयोग हुनुपर्ने बताउनु भयो । उहाँले थप्नुभयो स्वास्थ्य कार्यालयको तर्फबाट चेतना दिने कार्यमा कुनै कमी गर्दैनौ तर त्यसलाई व्यवहारमा उतार्ने बिषयमा सवै लाग्न सके नसर्ने रोग नियन्त्रण हुने ठोकुवा गर्नुभयो ।
कार्यक्रममा लामखुट्टेबाट हुने डेंगु रोग र पानी शुद्धिकरणको बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा पाँचखाल नगरका स्वास्थ्य प्रमुख उज्जल अधिकारीले पाँचखालमा रहेको पानीको मुलहरुलाई शुद्धिकरण गर्ने साथै लामखुट्टैलाई नियन्त्रण गरी डेंगु रोग लाग्नबाट वचाउने कार्यको लागि साथै नसर्ने रोगलाई नियन्त्रण गर्ने बिषयमा नगरपालिकासंग समन्वय गरी अगाडी बढेको बताउनु भयो ।

  • पाँचखालमा मेरो वर्ष
  • मेरो रेश अभियान
  • वातावरणको कारणले नगरवासिहरुलाई रोग लाग्न दिदैनौं- खरेल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0