धुलिखेल-“एक घर एक शौचालय काभ्रेको शान, खुल्ला दिशा मुक्त जिल्ला हाम्रो अभियान” भन्ने मुल नारा सहित भएको खुल्ला दिशामुक्त जिल्ला घोषणा समारोहलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि प्रतिजिनधि सभा सदस्य गंगाबहादुर दोङ (बमध्वज) ले उक्त भनाई राख्नु भएको हो ।
तत्कालिन ठूलोपर्सेल गा.वि.स.बाट शुरु भएको यो अभियान १३ बर्ष पार गर्दै बिट मार्न पुगेको छ । सो अवसरलाई सम्बोधन गर्दै संघीय सांसद तथा कार्यक्रमका प्रमुख अतिथि दोङले हामीले खुल्ला दिशामुक्त क्षेत्र त घोषणा त ग¥यौं तर यसलाई कार्यान्वयन गर्न चुनौतीहरु बर्गेल्ती छन् । जसरी घोषणा गर्न जति चुनौतिहरुका साथ यहाँ आइपुग्यौं यो भन्दा धेरै गुणा कार्यान्वयनमा लाग्नेछ । त्यसैले सरोकारवालाहरुले ख्याल राख्न जरुरी छ, कि यो कर्मकाण्डी नबनोस् । यो अभियान सार्थकरुपमा सफल होस् भन्नु हुँदै सांसद दोङ थप्नु हुन्छ “आज कै मितिबाट शुभारम्भ गरिएको पूर्ण सरसफाइ अभियानलाई मूर्तरुप दिन आ–आप्mनो स्थानबाट लागि पर्न सरोकारवालाहरुलाई निर्देशित समेत गर्नु भयो” ।
कार्यक्रमका अर्का वक्ता नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु–पूर्व वक्ताहरु प्रति लक्षित गर्दै जति आलोचना गर्नुहोस् नेपालको एक मात्र नगरपालिका हो जहाँ सबै भन्दा बढि ट्रिपमेन्टप्लान्ट भएको नगरपालिका हो । ढल प्रशोधन केन्द्र भन्नुहोस् या फोहोरपानी प्रशोधन केन्द्र श्रीखण्डपुरमा निर्माणाधिन ग्यास उत्पादन गर्ने प्रशोधन केन्द्र र एक वर्ष भित्र एक अर्व रुपियाँको लागतमा अर्काे ट्रिपमेन्ट केन्द्र बन्दैछ । यावत कुराहरु हुँदाहुँदै एउटा सानो इस्युलाई लिएर आलोचनात्मक चर्चा गरेर तिललाई पहाड बनाउने काम गर्नु भएकोमा वक्ताहरुप्रति धन्यवाद दिँदै धुलिखेलवासीका लागि मात्र नभई संभवत काभ्रे उपत्यकावासीका लागि खुशीको खबर धुलिखेल नगरपालिका दिन चाहान्छ ।
कार्यक्रममा व्याञ्जुले थप्नुभयो अब छिटै सेप्mिट ट्याङ्कीको लेदो किन्न घरघरमा नगरपालिका आउनेछ । त्यसैले हिजो पैसा तिरेर सफा गर्न लागाउनु पथ्र्यो आज पैसा दिएर लेदो व्यवस्थापन गर्न नगर लागिपरेको छ । तसर्थ नेपालका कुनैपनि नगरपालिकामा धुलिखेलमा जति प्लान्टहरु छैनन् । यो मेरो तपाईहरुका लागि चुनौति हो । अज्ञानताले कहिलेकाही गलत बाटो डोहो¥याउन बाध्य पार्दछ । साँघुरो विश्लेषण गर्न पु¥याउछ भन्नु हुँदै नगर प्रमुख व्याञ्जु थप्नु हुन्छ–धुलिखेल पर्यटकीय नगरी पनि हो । पर्यटकको आकर्षक केन्द्र बनाउन के के आवश्यक पर्छ ती सबै कार्यहरु गर्न नगर तयार छ । जसको शुरुवात पनि गरिसकेको छ । छिटै सबै वडामा पार्कहरु सम्पन्न भएर आउने छन् । जसले धुलिखेल नगरलाई पहिलो सरसफाइ युक्त नगरको उपाधि दिनेछ भन्नु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धव के.सी., उप—प्रमुख मञ्जु गौतम, इन्द्र बहादुर थिङ, महेश पौडेल, जितराम लामा, देवेन्द्र झा, लोकबहादुर चौलागाई, मोतिराम तिमल्सिना, सोनु श्रेष्ठ लगायतका वक्ताहरुले खुल्ला दिशामुक्त जिल्ला घोषणा भएकोमा आ–आप्mनो तर्पmबाट आलोचनात्मक शुभकामना राख्नु भएको थियो । उक्त समारोहमा नगरप्रमुख टोक बहादुर वाइबा, गाउँपालिका अध्यक्षहरु, गुमानध्वज कुँवर, सलामसिं तामाङ लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देबेन्द्र कुमार झाले जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव के.सी.लाई खुल्ला दिशामुक्त भएको प्रमाणपत्र प्रदान गरेका थिए ।
२०६३ साल मंसिरमा पहिलो पटक साविक ठूलोपर्सेल गा.वि.स. लाई पहिलो खुल्ला दिशामुक्त गा.वि.स. घोषणा गरेको थियो भने २०६६ साल फागुन ११ गते जिल्ला खानेपानी तथा सरसफाई समितिको बैठकले २०७२ भित्र जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ रण्ढानीति तयार पारी अगाडि बढेको थियो । २०७२ साल बैसाक १२ र २९ गते तथा विभिन्न समयको पराकम्पनका कारण घर सहित शौचालयहरुमा क्षती पुगेको भए पनि आर्थिकवर्ष २०७३÷०७४मा ८३ प्रतिशत घरधुरीमा शौचालयको पहुँच पुगी ४० वटा गा.वि.स. खुल्ला दिशामुक्त भइसकेको थिए भने २०७४÷२०७५ मा तेमाल गाउँपालिका हुँदै गत पुष ८ गते सम्ममा काभ्रे जिल्लाका १३ वटै स्थानिय तहका १३४ वटै वडा खुल्ला दिशामुक्त घोषणा भइसकेका कारणले आज काभ्रेजिल्लालाई खुल्ला दिशामुक्त जिल्लाकोरुपमा मान्यता दिएको उद्घोष गर्नु भयो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धपाल्चोकका प्रमुख लोकबहादुर चौलागाईले आप्mनो प्रतिवेदनमा काभ्रेजिल्लाका शतप्रतिशत नागरिक शौचालयको पहुँचमा भएकोले काभ्रे जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको बताउनु भएको थियो ।कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव के.सि.ले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला खानेपानी तथा सरसफाई समन्वय समितिका प्रमुख रामकाजी सापकोटाले गर्नु भएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |