Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शैक्षिक अभिमुखीकरण र ध्यान दिनुपर्ने केही सवाल

प्रभातफेरी अनलाइन ७५९० पटक पढिएको प्रकाशित मिति: २०७६ श्रावण १५, बुधबार (६ साल अघि)
शैक्षिक अभिमुखीकरण र ध्यान दिनुपर्ने केही सवाल

–केशव थापा

देशभरका एसईई परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरु झै काभ्रेली विद्यार्थीहरु पनि उज्जवल भविष्य निर्माणको लागि आ–आफ्नो रुची वा परिवारको चाहना र दवाब अनुरुपको सङ्काय रोजी कक्षा एघारमा भर्ना भै अध्ययनमा जुटी सकेका छन् । नयाँ विद्यार्थी भर्ना गर्ने उच्च माध्यमिक विद्यालय वा कलेजहरु धमाधम अभिमुखीकरण कार्यक्रममा जुटी रहेका छन् । विद्यालयतहको अध्ययन समाप्त गरेर उच्च शिक्षामा पहिलो पाइला राखेका विद्यार्थीहरुको निमित्त उनीहरुले अध्ययन गर्ने सङकाय र विषयको अध्ययनको क्षेत्र (स्कोप), राष्ट्रिय÷अन्तराष्ट्रिय रोजगारी बजारमा यसको उपादेयता, कुन विषय कसरी पढ्ने, त्यसका सकारात्मक र नकारात्मक पाटाहरु के के हुन, अग्रजहरुले विगतमा झेलेका कठिनाई र सिकेका पाठहरु, बोर्डपरीक्षामा के कति प्रतिशतमा नजिता हासिल गरे थाहा पाउँन, एकलाई धेरैको र धेरैलाइै एककोे बारेमा थोरै समयमा एउटै कार्यक्रममार्फत जानकारी दिन यस्ता कार्यक्रम विशेष फलदायी हुन्छन् । अभिमुखीकरणकै सिलसिलामा संबन्धित संस्थाले जानकारी गराउने विद्यार्थीहरुले पालना गर्नुपर्ने आचारसंहिता, विषय शिक्षकहरुको विशेषज्ञतासहितको परिचय, विभिन्न आकर्षक मनोरञ्जनात्मक कार्यक्रम र गच्छे अनुसारको खाना–खाजाले नवागन्तुक विद्यार्थीहरुलाई औपचारिक कक्षा शुरु हुनु अगावै एकअर्कामा घुलमिल हुन, साथीहरु चिन्दै मित्रतता प्रगाढ तुल्याउन र नयाँ शैक्षिक संस्थालाई सहज आत्मसात गर्न सहज हुने देखिन्छ । अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने संस्थाले पनि कम खर्च र छोटो समयमा विद्यार्थीहरुलाई संस्थाका नीतिनियम र जानकारी गराउने अवसर प्राप्त गर्दछ । कार्यक्रममा विद्यार्थीहरुको सहभागिता, सक्रियता र प्रस्तुतीबाट विद्यार्थीहरुमा अन्तर्निहीत प्रतिभालाई धेरथोर आङ्कलन गरी सोही अनुरुप शैक्षिकयोजना तर्जुमा गर्दै संस्थाको कामकार्वाहीलाई आावश्यकता आधारित तुल्याउन आवश्यक पृष्ठपोषण प्राप्त गर्दछन् । अतः संस्था र विद्यार्थी दुवैका लागि उपयोगी हुन्छ यस्ता अभिमुखीकरण कार्यक्रम ।

एसईई तहसम्मको शिक्षाले तोकिएको पाठ्यक्रम अनुसारको ज्ञान प्रदान गरे पनि सङ्कायगत विशिष्ठ ज्ञान भने प्रदान गर्दैन । आजसम्मको दशजोड दुई कक्षाको शिक्षापद्धति भने सङ्कायगत विशिष्ठ ज्ञान प्रदान गर्ने भ¥याङ्गको पहिलो खु्ड्किलो हो । भ¥याङ्गको पहिलो खुड्किलो नै कमजोर भयो भने माथिल्लो तलामा जान संभव हुँदैन । यसप्रकार कक्षा एघार बा¥हको शिक्षा नै आफूले रोजेको सङ्कायको जग भएकोले यस तहमा नै विद्यार्थीहरुले मिहिनेतपूर्वक अध्ययन गरी उत्कृष्ट नतिजा हासिल गर्ने कोशिस गर्नुपर्छ । उत्कृष्ट नतिजा संबन्धित विद्यार्थी वा संस्थाले चाहना गर्दैमा सहजै हासिल हुने विषय होइन । यसका लागि त संबन्धित संस्था, विद्याथी, विद्यार्थीका अभिभावक, वरपरको परिवेश र तालुकवाला निकायको सकारात्मक र नियमित प्रयत्नको आवश्यकता पर्दछ । उच्च शिक्षाले त अझ आलोचनात्मक चेतसहितको सिर्जनशीलताको अपेक्षा गर्ने भएकोले यस तहमा अध्ययन गर्ने विद्यार्थीहरुले पाठ्यपुस्तकमा भएको जानकारी र शिक्षकले उपलब्ध गराएको नोटलाई आँखा चिम्लेर विश्वास नगरी त्यसलाई अभ्यास÷प्रयोग गरेर हेरेर मात्र विश्वास गर्नुपर्छ । थप स्पष्टता र दीर्घकालीन स्मरणको लागि विद्यार्थीहरुमा नियमित प्रश्न सोध्ने आदत अनिवार्य मानिन्छ ।

देशका नागरिकहरुको सर्वाङ्गीण व्यक्तित्व विकाससँग संबन्धित शिक्षा जस्तो संवेदनशील विषय पञ्चायती व्यवस्था कमजोर बन्न थालेको पछिल्लो दिनबाट प्रारम्भ भएर वहुदलीय व्यवस्थाको उदयसँगै झनै फस्टाउँदै अद्यावधि धनार्जन गर्ने नितान्त व्यापारिक विषय बन्न पुगेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको चरणमा आइपुग्दा समेत शिक्षा त्यही पूरानै नियति व्यहोर्न वाध्य छ । राज्यको अकर्मण्यता यथावत रह्यो र ठूला घरानाका शैक्षिक व्यापारीहरुको नीति निर्माण तहमा साविकै जस्तो प्रभाव यथावत कायम रहने हो भने दशजोड दुई तहमा पनि एसईई तहसम्म झै धनीका र गरिबका बच्चाले पढ्ने बेग्लाबेग्लै दुई प्रकृतिका शिक्षा प्रणाली यथावत कायम रहने देखिन्छ । यस्तो पद्धतिले देशका नागरिकलाई पनि दुई वर्गमा विभाजन गर्ने आधारभूमि प्रदान गर्छ । तसर्थ, शिक्षालाई वर्ग विभाजनको दोषबाट टाढा राख्न न्यून लागतमा गुणस्तरीय शिक्षा प्रदान गर्न कम्मर कसेर अगाडि बढेका शैक्षिक अभियन्ताहरुले अझ थप मिहिनेत र प्रयत्न गरेर पैसाले गुणस्तर खरिद गर्ने दूस्साहस गर्नेहरुलाई परास्त्र गर्न कोशिस गर्नुपर्छ । स्रोतसाधनविहीन अवस्थामा पनि एकलव्यनिष्ठाले लक्ष्य प्राप्तिमा सहयोग पु¥याउँछ । विद्यार्थीहरुले पनि प्रतिभा अलिकति प्रकृतिप्रदत र अलिकति अथक मिहिनेत र लगनशीलताले मात्र परिस्कृत हुने विशेष मानवीय गुण भएको र पैसाले प्रतिभा हासिल गर्न नसकिने तथ्य प्रमाणित गरेर देखाई दिनुपर्छ ।

अभिमुखीकरण कार्यक्रममा सहभागी हुने विद्यार्थीहरुलाई गुरुवर्ग तथा परामर्शदाताहरुले महाकवि लक्ष्मीप्रसाद देवकोटाको भनाई ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ बारम्बार सम्झाएका हुन्छन् । संझाउने र संझिनेले कल्पेर मात्र चन्द्रमा नपुगिने र त्यसका लागि रकेट वा पुष्पविमान आवश्यक पर्ने र देवकोटाज्यूले उपर्युक्त पद्यांशमार्फत यसका निमित्त सङ्केत गर्नु भएको तथ्यलाई भने स्मरण गरेको पाँइदैन । अतः विद्यार्थीहरुले अहिले आर्जन गर्ने भनेको गुणस्तरीय र समयसापेक्ष शिक्षा त्यस्तो रकेट हो जसमा चढेरमात्र भावी दिनमा चन्द्रलोक (सुखी, समृद्ध र शान्त जीवन) मा पुग्न सकिने तथ्यलाई पाइलापाइलामा हेक्का राख्दै अध्ययन र अध्यापनमा जुट्नु पर्छ । राम्रोसँग अध्ययन गरेर गुणस्तरीय मानवीयपुँजी नबनी भविष्यमा उच्च वेतनभोगी सम्मानित नागरिक नबनिने तथ्यका संबन्धमा विद्यार्थी स्वयम् गम्भीर र सजग बन्नुपर्छ । सूचना र प्रविधिले वर्तमान समयलाई विशेष युगको उपमा दिलाएको छ । सूचना र प्रविधि सम्बन्धित अनेकानेक सामाग्री गच्छे अनुसार हरेक मानिसका जीवनका अनिवार्य आवश्यकताका वस्तु बन्न पुगेका छन् । प्रविधिमा सकारात्मक र उपयोगी पक्षकै हाराहारीमा नकारात्मक, अनुपयोगी र हानिकारक पक्ष पनि उत्तिकै अन्तनिर्हित भएको तथ्य सबैलाई अवगत भएको नै विषय हो । किशोरावस्थामा मानिसहरुलाई नकारात्मकताले बढी आकर्षित गर्ने खतरा हुने तथ्यलाई संबन्धित विद्यार्थी, विद्यालय र अभिभावक सबैले हेक्का राखी प्रविधिलाई वरदान हुने चरणसम्म मात्र प्रयोग गर्ने र अभिशाप बन्न नदिनेतर्फ पर्याप्त ध्यान दिनुपर्छ ।

विज्ञान र प्रविधिले अनेकानेक चिज र वस्तुको सट्टामा अर्काे वैकल्पिक वस्तुको विकास र कतिपय हिजोका असंभवलाई आज संभव तुल्याए पनि मिहिनेतको विकल्प भने पहिल्याउन सकेको छैन । सायद, कहिल्यै नसक्ला पनि । सामान्यतया मिहिनेत एउटाले गरेर प्रतिफल अर्काेले पाउँने पनि हुँदैन । तसर्थ, शिक्षामार्फत उज्जवल भविष्यको कामना गर्ने असल विद्यार्थीहरुले भोक, निद्रा, ऐश आरामलाई तत्काललाई तिलाञ्जली दिएर मिहिनेतपूर्वक अध्ययन गर्नुपर्छ । अध्ययनको काम भोलिलाई साँचियो भने त्यो भोलि कहिल्यै नआउने र जिन्दगी नै वर्वादीको गर्तमा भासिने संभावना रहन्छ । शिक्षा आर्जनको सिलसिलामा विद्यार्थीहरुले खलिल जिब्रानको भनाई (असल शिक्षकले तिमीलाई राम्रोसँग पाठ बुझाउने कोशिस त गर्न सक्छ तर तिमीलाई उसको दिमाग नै भने दिन सक्दैन) विशेष मनन गर्नुपर्छ । आलष्यता, वहानाबाजी, भोलिभोलि भनेर टार्ने बानी खराब विद्यार्थीका लक्षण हुन । यिनीहरुले अहिले नै तुरुन्त त्याग्नु पर्छ । आफ्नो उज्जवल भविष्यको लागि आफै नै अग्रसर नभएसम्म अरु कसैले केही गर्न नसक्ने तथ्यलाई विद्यार्थीहरुले ध्यान दिनुपर्छ । आर्जन गरेको शिक्षा हाम्रा पितापुर्खाले भनेझै राज्यले पनि हर्न नसक्ने, दाजुभाइलाई भागबण्डा गर्नु नपर्ने, चोरले पनि चोर्न नसक्ने र श्रीखण्डको झै सारा वस्तीभर सुकीर्ति नै सुकीर्ति छर्ने अद्भूतको विषय भएको तथ्यलाई आत्मसात गरी शिक्षा आर्जनको निमित्त स्वप्रेरित हुनुपर्छ । जिन्दगीको एउटा कालखण्डमा पुगेपछि मातापिताको स्वर्गबास हुने, दाजुभाइ छुट्टीभिन्न भएर पर जाने, दिदीबहिनी पनि विवाह गरेर हिड्ने र यदाकदा श्रीमान वा श्रीमतीसँग पनि असमयमा नै बिछोड हुनसक्ने र विदेशमोहले ग्रस्त छोराछोरी त सायदै आफूसँग बस्ने तथ्यलाई मनन गर्दै आफूले आर्जन गरेकोे शिक्षाले मात्र ब्रम्हनालसम्म नछाड्ने सत्यलाई सदैव स्मरण गर्नुपर्छ । अन्तमा, विद्यार्थी कालमा सुखसयलको खोजी गर्नेले बाँकी लामो जीवन दुःखमा जिउनुपर्ने र पढुन्जेलको केही समय दुःख गर्ने विद्यार्थीको मात्र होइन उसको भावी सन्तानले समेत सुख पाउँने (अर्थात अहिले दुःख पछि सुख, अहिले सुख पछि सदा दुःख) तथ्यलाई विद्यार्थीले कहिल्यै बिर्सनु हुँदैन ।
(पनौती –८ मल्पी निबासी श्री थापा अर्थशास्त्र विषयका अध्यापक एवं हाल काभ्रे सेवा समाजका अध्यक्ष हुन ।)

  • शैक्षिक अभिमुखीकरण र ध्यान दिनुपर्ने केही सवाल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    विचार सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

    एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

  • प्रचण्डलाई जनमुक्ति सेनाका कमाण्डरको पत्र

    प्रचण्डलाई जनमुक्ति सेनाका कमाण्डरको पत्र

  • Post Thumbnail

    धनतेरस: धार्मिक, पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0