Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २३, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नरेन्द्रको ’सन्नाटाको लय’ सार्वजनिक

प्रभातफेरी अनलाइन ५६४६ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र ८, आईतबार (६ साल अघि)
नरेन्द्रको ’सन्नाटाको लय’ सार्वजनिक

काठमाडौं-कवि नरेन्द्र कुमार नगरकोटीको पहिलो कवितासंग्रह ‘सन्नाटाको लय’ शुक्रबार सार्वजनिक भएको छ । कवि विप्लव प्रतीक, आख्यानकार विजय सापकोटा र समालोचक ज्ञानु अधिकारीले संग्रहको संयुक्त लोकार्पण गरेका हुन् ।

नगरकोटीका कविताबारे बोल्दै कवि प्रतीकले भने, ‘सिंगो आख्यानले भन्ने कुरा कविताको ६ लाइनले भन्न सक्छ । नरेन्द्रका कविताले यो क्षमता राखेका छन् ।’
संग्रहभित्रका अधिकांश कविताले आम मान्छेको आवाज बोलेको उनले टिप्पणी गरे। समाजका असमानताको विरुद्ध शालीन ढंगले कविताले आवाज उठाएको कवि प्रतीकको भनाइ थियो । आख्यानकार विजय सापकोटाले नगरकोटीसँग करिब २ दशक अघिदेखिको सम्बन्ध र सहयात्राबारे स्मरण गरे ।

‘उनी मेरा नजिकका साथी हुन्। उनले कविता लेख्न सुरुवात गर्दाको समयदेखि उनको कविताको म साक्षी छु ।’नरेन्द्रका कविताले आफूलाई सधैं प्रभावित गरिरहेको उनले बताए । समालोचक ज्ञानु अधिकारीले संग्रहका २८ वटा कविताले कविताको प्यासलाई मेटाएको बताइन् । ‘कविताले मेरो मन हल्लायो, पाठकहरूको पनि हल्लाउँछ । आजको समय र चेतना संग्रहभित्रको कवितामा मैले पाएँ,’ उनले भनिन् । नरेन्द्रका कविताले हरफै पिच्छे तरंग पैदा गर्ने क्षमता राखेको अधिकारीको टिप्पणी थियो ।

कवि नगरकोटीले भने पहिलो कामको अनुभूति सधैं विशेष र फरक हुने बताए । आफूलाई कविताकर्ममा साथ र प्रेरणा प्रदान गर्ने सबैलाई धन्यवाद दिँदै कविले भने, ‘मेरो कवितासँग म भन्दा नजिक हुने व्यक्तित्वहरू हुनुहुन्छ । उहाँहरू सबैलाई नमन गर्न चाहन्छु ।’कार्यक्रममा कवि नगरकोटीले शीर्ष कविता ‘सन्नाटाको लय,’ ‘ढुकढुकीको आवाज’ र ‘मार्च ८ मा बाको सम्झना’ सुनाए । संग्रहलाई शाब्दिक बुकले प्रकाशनमा ल्याएको हो । पुस्तकको मूल्य रु १ सय ९९ रहेको छ ।

  • नरेन्द्रको ’सन्नाटाको लय’ सार्वजनिक
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0