Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तेमालमा खाना पकाउन बिद्युतिय चुल्हो, ग्यासमा हुने आधा खर्चमा विद्युत भुक्तानि

प्रभातफेरी अनलाइन ५४२४ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र १०, मंगलबार (६ साल अघि)
तेमालमा खाना पकाउन बिद्युतिय चुल्हो, ग्यासमा हुने आधा खर्चमा विद्युत भुक्तानि

आर.एल.श्रेष्ठ

तेमाल-दुई बर्ष अगाडी सम्म १८ घण्टा लोडसेडिङ्ग व्यहोरेर बत्ति समेत बल्न नपाएका तेमाल वासिले विद्युतिय चुलो बाट खाना पकाउन पाउने भएका छन् । दाउराबाट खाना पकाउने चलन हट्दै गएको अवस्थामा ग्यासबाट खाना बनाउंदै आएका तेमाल गाउपालिकाका स्थानियले अव ग्यास भन्दा आधा सस्तोमा खाना पकाउन पाउने भएका छन् ।

१८ सय तिरेर ग्यास खरिद गरी त्यसमा घरसम्म लानको लागि थप ढुवानी खर्च समेत लगाएर खाना पकाउदै आएका तेमाल वासिले अव ग्यास प्रयोग गर्न नपर्ने भएको छ । हाल पुराना काठका कुहिएका पोल साथै जंगल हुदै आएको विद्युत लाईनको मार्गमा झाडि सुधार नगर्दा घण्टा घण्टामा झ्याप झ्याप वत्ति जाने कार्यबाट समेत तेमालवासि मुक्त हुने भएका छन् । विद्युतिय क्षेत्रमा आमुल परिवर्तन गर्न सफल रहनु भएका कुलमान घिसिंङ्गको तेमाल आगमनले गर्दा उक्त क्षेत्रमा विद्युतमा देखिएको समस्या समाधान हुने भएको छ । तेमाललाई उज्यालो पार्न तेमाल सामुदायिक विद्युत सहकारी संस्थाले पहल गर्दा तेमालमा उज्यालोको साथमा विद्युतकै माध्यमबाट खाना पकाउन पाउने भएका छन् ।

तेमाल सामुदायिकको अगुवाईमा भएको विद्युत कार्यप्रति खुसि हुदै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतिय चुल्हो वितरण गर्नुभयो । वितरणसंगै उहाँले चुल्होको प्रयोगमा कुनैपनि समस्या आउन नदिने घोषणा गर्नुभयो । पाँचखाल देखि तेमाल सम्मको लामो दुरी साथै झाडी सुधार नहुंदा समस्या आउने गरेकोमा कुलमानको आश्वासनले गर्दा तेमाल वासि ढुक्क भएका छन् ।
सहकारीले पहिलो चरणमा आफ्ना ग्राहक रहेका ५ सयभन्दा बढी परिवार ६हजार ७ सय रुपैयाँमा इन्डक्सन चुल्होसहित त्यसमा प्रयोग हुने कुकर, कराई, पानी तताउने ताप्के समेत उपलब्ध गराएको थियो । उक्त चुलो सहितको भान्छामा प्रयोग गर्ने सामाग्री जीआईजेड र समादायिक विद्युत उपभोक्ता महासंघको सहयोगमा बितरण गरेको थियो । तेमाल सामुदायिक विद्युत सहकारीले आफ्ना ५हजार ५ सय परिवार विद्युतका ग्राहकलाई एलपी ग्यासको सट्टा इन्डक्सन चुल्हो प्रयोग गर्नको लागि सहयोग गर्ने जानकार िगराएको थियो ।
तेमाल क्षेत्रमा एक सिलिन्डर ग्यासको मूल्य १८ सयभन्दा बढी पर्ने तर विद्युतिय चुलो मार्फत खाना बनाउदा दिनमा १ देखि २ युनिट विजुली खपत गर्दा खानाखाजा बनाउन सकिने जानकार िगराईएको थियो । ग्यास भन्दा इन्डक्सन चुल्होको खर्च कम पर्ने भएपछि तेमालवासिले ग्यासको बदलामा विद्युतिय चुलो प्रयोग गर्ने भएका छन् ।

कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले यस्तो अभियानले देशभित्रै अधिकतम् विजुली खपत गर्ने सरकारी लक्ष्य भेट्न सघाउन पुग्ने बताए । तीन वर्षअघि लोडसेडिङ रहेको भएपनि अहिले विद्युतीय चुल्होको प्रयोग बढोस् भन्ने अवस्थामा प्राधिकरण आइपुगेको उनले बताए । इन्डक्सन चुल्हो प्रयोगका लागि तेमालबाट सुरु भएको सामुदायिक प्रयासले अन्य ग्रामीण क्षेत्रका उपभोक्तालाई पनि प्रोत्साहित गर्ने र यसमा प्राधिकरणको साथ रहने उनले बताए ।

‘हिजोको जस्तो अवस्था आज छैन, अब गाडी पनि विद्युतबाटै चल्छ, खाना पनि विद्युतबाटै पाक्छ, पानी पनि विद्युतीय चुल्होमै तात्छ,’ उनले भने, ‘यो भनेको हामी आत्मर्भिरता हुने संकेत हो । समृद्धिका लागि चालिएको एउटा फड्को हो ।’ यसका लागि नियमित विद्युत आपूर्ति गराउन प्राधिरकणले उत्पादन बढाउने, आपूर्ति सहज गर्ने, सबस्टेन र ट्रान्सर्फमरको क्षमता बढाउने, प्रशारण तथा वितरण लाइनलाई सुधार गर्ने काम द्रुत गतिमा अघि बढाएको उनले बताए ।

कार्यक्रममा तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तमाङले गाउँपालिकाले पनि यस्तो अभियानमा सघाउ पुग्ने बताए । उनले गाउँमा करिब ५ हजार विद्युतका पोल काठको भएको भन्दै त्यसले दुर्घटनाको जोखिम बढेको उल्लेख गरे । विद्युत प्राधिकरणले ९० प्रतिशत लगानी गरे बाँकी १० प्रतिशत गाउँपालिकाले लगानी गरेर काठका पोलहरु फेर्ने बताए ।

  • ग्यासमा हुने आधा खर्चमा विद्युत भुक्तानि
  • तेमालमा खाना पकाउन बिद्युतिय चुल्हो
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0